काठमाडाैं, १९ चैत । साउदी अरेबियाले तेल उत्पादन बढाएसँगै एसियाली बजारमा बुधबार तेलको मूल्यमा कमी आएको छ। कोरोनाभाइरसको महामारीका कारण विश्वभर अहिले तेलको मागमा कमी आएको छ। गत सोमबार पनि तेलको मूल्यमा १८ वर्षकै न्यून विन्दुमा झरेको थियो तर भाइरसबाट सिर्जित आर्थिक क्षतिलाई न्यूनीकरण गर्न विश्वका नीति निर्माताहरुले अघि सारेका नयाँ नीतिहरुका कारण बजारमा केही […]
Author: Nonstop Khabar
दिल्लीको धार्मिक कार्यक्रममा अधिकांश रौतहटका, धर्मसभामा सहभागी ३३ नेपाली दिल्लीको क्वारेन्टाइनमा
काठमाडौं, १९ चैत । भारतकाे राजधानी नयाँ दिल्लीकाे एक धार्मिक कार्यक्रममा सहभागी भएका २० जना नेपाली मध्ये अधिकांश नेपालकाे राैतहटका रहेकाे खुलेकाे छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार १६ जना रौतहट र ४ जना निजगढ र जीतपुर बाराका नेपाली रहेकाे बुझिएकाे छ । उनीहरु नयाँ दिल्लीकाे निजामुद्दीनस्थित मर्कज बिल्डिङमा तबलीगी समुदायको धार्मिक सभा मरकजमा […]
चीनमा भन्दा अमेरिकामा धेरै मानिसको कोरोनाबाट मृत्यु
काठमाडौं, १९ चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट चीनमा भन्दा अमेरिकामा धेरै मानिसको ज्यान गएको छ । बीबीसीका अनुसार, अमेरिकामा हालसम्म ३ हजार ६ सय मानिसको ज्यान गएको छ । यो कोरोनाको उद्गमस्थल चीनको भन्दा बढी हो । चीनमा हालसम्म ३ हजार ३ सय ५ मानिसको ज्यान गएको छ । चीन र युरोपपछि कोरोनाको […]
दिल्लीको एक धार्मिक कार्यक्रममा भेटिए सबैभन्दा बढी कोरोना संक्रमित, १९ जना नेपाली पनि भेटिए
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको एक धार्मिक कार्यक्रमबाट ठूलो संख्यामा कोरोना फैलिएको थाहा भएको छ । दिल्लीको निजामुद्दीनस्थित तब्लीगी जमातको मरकजमा सहभागी भएका २४ जनामा कोरोना पोजिटिभ देखिएको छ । त्यसमध्ये अहिलेसम्म ९ जनाको मृत्यु भइसकेको छ । उक्त धार्मिक कार्यक्रमा विभिन्न देशबाट धेरै ठूलो संख्यामा मानिसहरु सहभागी भएका थिए । त्यसमध्ये १९ जना […]
ऋण लिने–दिने दुवैका लागि राष्ट्र बैंकले जारी गर्यो १९ बुँदे यस्तो राहत
काठमाडौं, १८ चैत । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारीका कारण उत्पन्न असहज परिस्थितिबाट मुलुकको पर्यटन, उद्योग, व्यापार, व्यवसाय तथा वित्तीय क्षेत्र प्रभावित हुने देखिएकाले नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुवित्तलाई १९ बुँदे निर्देशन जारी गरेको छ । वित्तीय क्षेत्रमा तरलता बढाउन अनिवार्य नगद मौज्दात घटाउने, पुनर्कर्जा सीमा ५० अर्बबाट ६० […]
स्वास्थ्यमन्त्रालयले किन खरिद गर्यो ४८ गुणासम्म महँगोमा सामान खरिद
काठमाडौं, १८ चैत । कोरोना रोकथाम तथा न्यूनीकरणका स्वास्थ्य सामग्री व्यवसायीले बुझाएको कोटेसन भन्दा ४८ गुणासम्म महँगोमा खरिद गरेको भेटिएको छ । स्वास्थ्य मन्त्रालयले व्यवसायीको कोटेसन बेवास्ता गर्दै ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि (ओबिसिआई)मार्फत स्वास्थ्य सामग्री खरिद गरेको हो । सुजकभर डिस्पोजेबल प्रतिगोटा न्यूनतम पाँच रुपैयाँमा खरिद गर्न सक्ने भन्दै व्यवसायीले कोटेसन बुझाएका थिए । तर, ओबिसिआईलाई दुई […]
कोरोनाबाट इटाली र स्पेनमा सबैभन्दा धेरै मृत्यु, विश्वभर मृत्यु हुनेमध्ये आधा भन्दा बढी संख्या यी २ देशमा
काठमाडाैं । नोवेल कोरोना भाइरसको विश्वव्यापी महामारी अहिले इटाली, स्पेन र अमेरिका इपिसेन्टर बनेर तीव्र रुपमा फैलिरहेको छ । विश्वभर संक्रमितको संख्या झण्डै ८ लाख पुगेको छ । अहिलेसम्म विश्वभर संक्रमितको संख्या सात लाख ८४ हजार ३८१ रहेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा १९ हजार ९८८, स्पेनमा ७ हजार ८४६, जर्मनीमा चार […]
एकै परिवारका ८ जनामा कोरोना भाइरस भएको पुष्टि
काठमाडाैं । भारतको राजस्थानमा एकै परिवारका आठजना कोरोना भाइरसबाट संक्रमित भएका छन्। राजस्थानको अलवरमा एकै परिवारका आठजनामा कोरोना भाइरसको संक्रमण पाइएको हो । प्रदेश स्वास्थ्य विभागका अनुसार हालै फिलिपिन्सबाट फर्केका उक्त परिवारका एक व्यक्तिमा सुरुमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यसपछि उनको सम्पर्कमा रहेका परिवारका अन्य सदस्यलाई पनि संक्रमण भएको हो । भारतमा अहिलेसम्म […]
टोकियो ओलम्पिक गेम्सको नयाँ मिति सार्वजनिक
काठमाडाैं । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण यो वर्ष जापानको टोकियोमा हुने ओलम्पिक गेम्स अर्को वर्षका लागि सारियो । ओलम्पिक कमिटिले आउँदो वर्षका लागि ओलम्पिकको मिति तोकेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइसोसी) को सोमबार बसेको कार्यकारी बोर्डको बेठकले सन् २०२१ को जुलाई २३ देखि ओलम्पिक गेम्स सुरु हुने निर्णय गरेको हो । ओलम्पिक २०२१ […]
खेलाडीको पारिश्रमिक ७० प्रतिशत कटौती गर्ने बार्सिलोनाकाे तयारी
काठमाडाैं । स्पेनिस ला लिगा क्लब बार्सिलोनाका खेलाडीको पारिश्रमिक ७० प्रतिशत कटौति हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण खेलहरु रोकिएका छन् । यसका कारण क्लबलाई पर्न गएको आर्थिक समस्या समाधानको प्रयास स्वरुप खेलाडीहरु खेलाडीहरु ७० प्रतिशत पारिश्रमिक कटौति गर्न सहमत भएका हुन् । खेलाडीबाट कटौति भएको पारिश्रमिकको रकम क्लबका अरु (नन–स्पोर्टिङ्ग) कर्मचारीलाई तलब […]










