वीरगञ्ज । नेपालका विभिन्न ठाउँबाट घर फर्किन लागेका सयौँ भारतीय नागरिकहरु वीरगञ्ज–रक्सौल नाकामा अलपत्र परेका छन्। देशभर लकडाउनको घोषणा भएपछि उनीहरु नेपालका विभिन्न ठाउँबाट भारतस्थित आफनो घर फर्किन लागेका थिए। यतिबेला भारतमा पनि लकडाउन भएका कारण उनीहरु भारत छिर्न नपाएका हुन्। लकडाउनको कारण देखाउँदै भारतीय सुरक्षाकर्मीहरुले भारत छिर्न नदिएपछि उनीहरु सीमा नाकामै अलपत्र परेका छन्। […]
Author: Nonstop Khabar
लकडाउनमा हिडेको भन्दै मान्छे कुट्ने प्रहरी हवल्दार निलम्बित
जनकपुरधाम । लकडाउनको समयमा दैनिक उपभोग्यको सामान किनेर गइरहेका केही व्यक्तिलाई कुटने सशस्त्र प्रहरी कारबाहीमा परेका छन्। सोमबार दुईजनालाई व्यक्तिलाई सशस्त्र प्रहरीले निर्ममतापूर्वक कुटेको भिडियो सार्वजनिक भएपछि नेपाल बिओपी रामनगर सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हबल्दार मनोज चौधरी निलम्बनमा परेका छन्। विश्व नै कोरोना भाइरस (कोभिड १९) को महामारीको समस्यामा रहेको समय नेपाल पनि लकडाउनमा रहेको […]
कर्णाली सरकारले नेपालगञ्जमा अलपत्र परेका हुम्लाका १३० जनालाइ उद्धार गरेर लग्यो
नेपालगञ्ज । कोरोना भाइरसको सम्भावित सक्रमणबाट बच्न देशभर लकडाउन चलिरहेका बेला कर्णाली प्रदेश सरकारले नेपालगंजबाट बालबालिका र महिलासहित हुम्लाका १३० जनाको उद्धार गरेको छ। लकडाउनकै कारण हवाई सेवा बन्द हुँदा बालबालिकासहित अन्य हुम्लाबासी नेपालगंजमा रोकिएको अवस्थामा प्रदेश सरकारले गाडीबाट मुगुसम्म पुर्याउनले व्यवस्था गरेको हो। कर्णाली प्रदेश सरकारले तीन वटा गाडीको व्यवस्था गरी आइतबार राती १० […]
ज्वरो र खोकी लागेर वीर अस्पतालमा भर्ना भएको भोलिपल्टै ३४ वर्षीय महिला र पुरुषको मृत्यु
काठमाडौं, १७ चैत । राजधानीको पुरानो अस्पताल वीर अस्पतालमा कोरोना संक्रमित भएको आशंका गरिएका २ जनाको मृत्यु भएको छ । मृत्यु भएका दुबै जनाको रिपोर्ट परिक्षण भइरहेको तर त्यसको रिपोर्ट आइनसकेको वीर अस्पताल स्रोतले जनाएको छ । मृत्यु हुनेमा ५० वर्षका एक पुरुष र ३४ वर्षकी एक महिला छन् । ३४ वर्षकी महिला काठमाडौंको चन्द्रागिरि […]
निजी कम्पनीलाई कोरोना सामाग्री किन्न लगाएर दस गुणा महङ्गोमा खरिद, एक अर्ब बढी घोटाला भएको अनुमान
काठमाडौं, १७ चैत । सरकारले चीनबाट ल्याएकाे सामानमा एक अर्ब बढी घाेटाला भएकाे आशंका गरिएकाे छ । काेराेनाकाे महामारीले विश्वभर त्रास उत्पन्न भएकाे र नेपालमा पनि पूर्णरुपमा लकडाउन गरी देश बन्दी जस्तै बनाइएका बेला यस्ताे गम्भीर घाेटाला भएकाे खबर बाहिर आएपछि सर्वसाधारण आक्राेशित भएका छन् । चीनमै व्यापार गरेर वर्षौंदेखि बसिरहेका नेपालीले वास्तविक मूल्य सार्वजनिक […]
उडिरहेकै बेला पाइलटले अर्कै गन्ध पाएपछि स्वास्थ्य उपकरण लिएर गएको सेनाको स्काई ट्रक बीचमै फर्कियो
काठमाडौं, १६ चैत । कोरोना रोकथामका लागि सरकारले चीनबाट ल्याएको स्वास्थ्य उपकरण लिएर प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा गएको नेपाली सेनाको स्काई ट्रक सामान नपुर्याई फर्किएको छ । मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर स्काई ट्रक सोमबार बिहान उडेको थियो । तर, बीचबाटो बाटै फर्किएको नेपाली सेनाका एक उच्च अधिकारीले जानकारी दिए […]
कोरोनाको महामारीलाई वेवास्ता गर्दै जहाँ जारी छ फुटबल लिग
काठमाडाैं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वका अधिकांश फुटबल गतिविधि रोकिएका छन् । केही प्रमुख लिगहरु त यो सिजन त्यसै टुंगिने सम्भावना पनि बढेको छ । तर बेलारुसमा भने नियमति रुपमा फुटबल लिग जारी छ । सामान्य अवस्थामा बेलारुस प्रिमियर लिग फुटबलको चर्चा अन्तर्राष्ट्रियस्तरमा अति कम हुन्छ । यस्तै अन्तर्राष्ट्रिय दर्शकको […]
कोरोनाका कारण २ लाख अमेरिकीको मृत्यु हुने चेतावनीपछि ट्रम्प हैरान
काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी फैलिन नदिनका लागि अपनाइएका निषेधात्मक उपायहरु कम्तिमा अप्रिल ३० सम्म लम्बिन सक्ने बताएका छन् । सामाजिक दूरीसहितका निषेधात्मक नियमहरु अमेरिकाभर बढाउने बारे तयारी भएको उनले उल्लेख गरेका हुन् । राष्ट्रपति ट्रम्पले आइतबार भनेका छन्, ‘अबको दुई हप्तामा कोरोना भाइरसका कारण उच्चदरमा मृत्यु हुने सम्भावना छ । […]
कोरोनाले विदेशी मदिरा आयातमा रोक
काठमाडौँ । सरकारले कोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्र संकटमा परेको निष्कर्ष निकाल्दै मदिरा आयातमा रोक लगाएको छ। आइतबार साँझ प्रधानमन्त्री निवासमा बसेको मन्त्रिरिषद् बैठकले अर्को व्यवस्था नभएसम्म मदिरा आयातमा रोक लगाउने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए। छोकडा, सुपारी आयातमा पनि नियन्त्रण गर्ने निर्णय भएको छ। त्यस्तै सरकारले ५० हजार डलरभन्दा बढी मूल्यका […]
एकाबिहानै राजधानीमा २ सय पक्राउ, लकडाउन उल्लंघन गर्नेहरुमाथि कडा बन्दै प्रहरी
काठमाडौ । आइतबार बिहानै राजधानीका विभिन्न ठाउँबाट प्रहरीले दुई सय बढीलाई पक्राउ गरेको छ । कोरोना भाइरसको सम्भावित महामारीलाई रोक्न सरकारले गरेको लकडाउनको उल्लघंन गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा १५५ जना पुरुष र ५५ महिला रहेको नेपाल प्रहरीले जनाएको छ । आइतबार बिहानै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । […]











