कर्णाली सरकारले नेपालगञ्जमा अलपत्र परेका हुम्लाका १३० जनालाइ उद्धार गरेर लग्यो

नेपालगञ्ज । कोरोना भाइरसको सम्भावित सक्रमणबाट बच्न देशभर लकडाउन चलिरहेका बेला कर्णाली प्रदेश सरकारले नेपालगंजबाट बालबालिका र महिलासहित हुम्लाका १३० जनाको उद्धार गरेको छ।

लकडाउनकै कारण हवाई सेवा बन्द हुँदा बालबालिकासहित अन्य हुम्लाबासी नेपालगंजमा रोकिएको अवस्थामा प्रदेश सरकारले गाडीबाट मुगुसम्म पुर्‍याउनले व्यवस्था गरेको हो।

कर्णाली प्रदेश सरकारले तीन वटा गाडीको व्यवस्था गरी आइतबार राती १० बजे मुगुसम्म पुग्ने व्यवस्था गरेको खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ का हर्कसिंह भण्डारीले जानकारी दिए।

उद्धार गरिएकाहरु सोमबार रातीसम्म मुगुको गमगढी पुग्ने र त्यसपछि पैदल हुम्लामा आउने छन्। बालबालिकाहरुको भने चैत ११ गते हुम्ला आउनका लागि निजि एयरलाइन्सहरुमा टिकट थियो। लकडाउनले हवाई यातायात बन्द भएपछि उनीहरु उतै रोकिएका थिए।

लकडाउनका बेला उद्धार गरिएकोहरुमा हुम्ला जिल्लाका सबै गाउँपालिकाका बासिन्दाहरु रहेका छन् भने हिड्न नसक्ने सानासाना बालबालिकाहरु नेपालगंजमै बसेका छन् ।

नेपालगंजबाट सुर्खेतमा ल्याएर बसाल्ने प्रयास गर्दा यात्रुहरुले नमानेपछि मुगुसम्म गाडीमा पठाइएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले बताए।

मन्त्री रावलले नेपालगंजबाट उद्धार गरिएका सबैलाई सुर्खेतको क्यारेन्टाइनमा राख्ने तयारी गरेपनि उनीहरुले नमानेको बताए।

उद्धार गरिएका सबै यात्रुहरुको बाटोमा स्थापना गरिएका हेल्थ डेक्समा कडा निगरानीसहित चेकजाँच पनि गर्ने गरिएको छ। नेपालगंजबाट दैलेख प्रवेश गर्दासम्म धेरै स्थानमा चेकजाँच गरिएको उद्धार गरिएका यात्रु हरिभक्त शाहीले बताए।

यस्तै उनीहरुलाई हुम्लामा क्यारेनटाइनमा राख्ने तयारी भइरहेको जिल्ला उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईले बताइन्।

Loading...