प्रहरीको गोलीले फेरि एक अश्वेत नागरिकको ज्यान गएपछि प्रहरी प्रमुखले दिए राजिनामा

एजेन्सी । अमेरिकामा प्रहरीको गोली लागेर फेरि एक अश्वेत नागरिकको ज्यान गएको छ । अमेरिकाको एट्लान्टाका प्रहरी प्रमुखले राजीनामा दिएका छन् । आफ्नै कारमा निदाएका एक अफ्रिकन–अमेरिकनको प्रहरीको गोली लागेर मृत्यु भएपछि प्रहरी प्रमुखले राजीनामा दिएकी हुन् । २७ वर्षका रेशर्ड ब्रूक्सको शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएको हो । तनाव नियन्त्रणमा लिने क्रममा प्रहरीले […]

रंगभेद विरोधी आन्दोलनमा फ्रान्समा प्रहरी र प्रदर्शनकारीबिच झडप

एजेन्सी । फ्रान्समा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ । रंगभेद विरोधी आन्दोलनमा सहभागी भएका प्रदर्शनकारी र प्रहरीबिच पेरिसमा प्रदर्शन भएको हो । प्रहरीले अश्रु ग्यासको प्रयोग गरेको हो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । फ्रेन्च प्रहरी हाल कोरोना भाइरसको महामारीका कारण प्रतिबन्धित आन्दोलन नियन्त्रणमा लिने प्रयासमा थियो । अमेरिकामा जर्ज फ्लोइडको निधनपछि […]

ला लिगामा बार्सिलोनाको ४–० को शानदार जित

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले तीन महिनापछि भएको खेलमा शानदार जित दर्ता गरेको छ । कोरोना भाइरसको महामारीका कारण रोकिएको स्पेनका फुटबल गतिविधि पुनः सुरु भएसँगै ला लिगा अन्तर्गत शनिबार राति बार्सिलोनाले मालोर्कासँग प्रतिस्पर्धा गरेको हो । अवे मैदानमा भएको खेलमा बार्सिलोना ४–० ले विजयी भएको हो । पहिलो हाफमा दुई गोल गरेको बार्सिलोनाले दोस्रो […]

नक्सा बदल्ने प्रस्तावमा मत हाल्न अनुपस्थित हुने १२ सांसद को हुन् ? कहाँ हराए नेकपाकै ४ सांसद

काठमाडौं,३१ जेठ । नयाँ नक्सालाई नेपालको संविधानमा रहेको निशान छापमा समेट्ने संशोधन प्रस्ताव प्रतिनिधि सभामा निर्णायर्थ पेश गर्दा १२ सांसद अनुपस्थित भएका छन्। प्रतिनिधि सभा बैठकले नयाँ नक्सा समेटिएको संविधान संशोधन शनिबार सर्वसम्मतिले पारित गरेको हो। मतविभाजनमा २५८ सांसद सहभागी भएका थिए। प्रतिनिधि सभामा २७५ सांसद छन्। तर मत विभाजनका क्रममा १२ सांसद अनुपस्थित भएका […]

नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो ५३०३५, मृत्युु १८

काठमाडौं, ३१ जेठ । नेपालमा काेेेेेेराेना संक्रमितको संख्या ५३ सय ३५ पुगेको छ । त्यसैगरी मृत्यु हुनेकाे संख्या १८ पुगेको छ । संक्रमित मध्ये ९१३ जना निकाे भएर डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ५३०३५ पुगेको हाे । त्यस्तै २४ घन्टामा थप […]

बैठक छोडेर सांसद गिरीले दिइन आत्महत्या गर्ने धम्की

बैठक छाेडेर सांसद गिरीले दिइन अात्महत्या गर्ने धम्की काठमाडौं,३१ जेठ । लिम्पियाधुरासहितकाे भूगाेल समेटेर नक्सा र निशाना छाप परिवर्तन गर्नका लागि गरिएको छलफल र मतदान प्रक्रियाबाट सांसद सरिता गिरी भागेकी छन । याे प्रस्ताव खारेज गर्न भन्दै अर्को प्रस्ताव दर्ता गराएकी गिरी अाफ्नाे प्रस्ताव छलफल गर्न अस्वीकृत भएपछि संसद भवन नयाँ बानेश्वरमा चलिरहेकाे प्रतिनिधि सभाकाे […]

नक्सा बदल्ने संशोधन प्रस्ताव शत प्रतिशत मतले पारित

 काठमाडौं, ३१ जेठ । नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट शत प्रतिशत मतले पारित गरेको छ। बुधबार प्रतिनिधिसभामा भएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ को पक्षमा २५८ र विपक्षमा शून्य मत परेको छ। मतदान प्रक्रियामा २५८ सांसदले भाग लिएका थिए। उनीहरु सबैले संशोधनको पक्षमा मतदान […]

Dilemmas of Humanitarian Negotiators

Humanitarian negotiators live with dilemmas. They have to make decisions that are not often desirable and are of contentious nature. However, the purpose of the negotiators takes precedence in decision-making. The purpose is to save human lives. To save human lives, humanitarian negotiators have to do everything possible irrespective of the socially constructed ideas and […]

बेवारिसे शवमा पनि भेटियो कोरोना, शव उठाउन खटिएका प्रहरी र कर्मचारी क्वारेन्टिनमा

वीरगञ्ज, ३१ जेठ, । विरगञ्जमा भेटिएकाे वेवारिसे शवमा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जको घण्टाघरमा मृत भेटिएका अन्दाजी २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि नेपालमा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भइसकेको छ । वीरगञ्जको घण्टाघरमा भेटिएका मृतकको नाम, थर, ठेगाना खुलेको छैन । उनको शव पोष्टमार्टमपछि पनि नारायणी अस्पतालमै राखिएको […]

ला लिगामा लिग लिडर बार्सिलोनाको खेलमा मेस्सी र स्वारेज खेल्ने पक्का

काठमाडाैं । तीन महिनापछि बार्सिलोना मैदानमा फर्किँदै छ । कोरोना भाइरसको महामारीका कारण रोकिएका स्पेनका सम्पूर्ण फुटबल गतिविधि सुरु भएका छन् । ला लिगा अन्तर्गत आइतबार राति बार्सिलोनाले मालोर्कासँग प्रतिस्पर्धा गर्दैछ । गएको मार्चपछि बार्सिलोना पहिलोपटक मैदानमा प्रतिस्पर्धात्मक खेलका लागि उपस्थित हुन लागेको हो । अवे मैदानमा हुने खेलमा लियोनल मेस्सी र लुइस स्वारेज पनि […]