कर्णाली प्रदेशले गर्यो मन्त्री-कर्मचारीको अतिथि सत्कार, सञ्चार, बैठक भत्ता र खाजा खर्चमा कटौती

सुर्खेत, १ असार । आर्थिक वर्ष २०७७÷७८ का लागि ३३ अर्ब ७४ करोडको बजेट ल्याएकाे कर्णाली प्रदेश सरकारले मन्त्री, राजनीतिक पदाधिकारी र कर्मचारीको सुविधामा कटौती गरेको छ । कर्णाली प्रदेश सरकारका अार्थिक मामिला मन्त्री प्रकाश ज्वालाले प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि ३३ अर्ब ७४ करोडको बजेट पेश गर्दै मन्त्री, राजनीतिक पदाधिकारी र […]

राणाहरु विरुद्ध यसरी भएको थियो नेपालको पहिलो विद्यार्थी आन्दोलनः जयतु संस्कृतम्

काठमाडौँ । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् इतिहासमा विशिष्ठ महत्व राखेको छ । विसं २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोललगायत पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकका विरुद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ । सोमबार (असार १ गते) ७४ औँ स्मृति […]

नेपाललाइ टुक्राइदिने धम्की दिने सरिता गिरीको सांसद पद निलम्बन हुने

काठमाडौं, १ असार । लिम्पियाधुरा-कालापानी-लिपुलेकसहितको भूगोल समेटेर नेपालको नक्सा संशोधन गर्ने विधेयकमा पार्टीको ह्वीपसमेत नमानेर त्यस विरुद्ध लागेको भन्दै सांसद सरिता गिरीमाथि उनको पार्टीले कडा कारवाही गर्ने भएको छ । जनता समाजवादी पार्टीले उनलाइ पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्काषण गर्ने र उनको सांसद पद समेत निलम्बन गर्ने तयारी गरेको छ । समाजवादी […]

अब बैंक तथा वित्तीय संस्थाहरु पूर्ण रुपमा खुल्ने

काठमाडौं, ३२ जेठ । असार १ अर्थात् भोलिदेखि बैंक तथा वित्तीय क्षेत्र लकडाउनअगाडिकै अवस्थामा खुल्ने भएका छन्। नेपाल राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै साबिककै अवस्थामा कार्यालय सञ्चालन गर्न भनेको हो। सेवाग्राहीको चाप मूल्याङ्कन गरी बढी भीडभाड हुने स्थानहरुमा आवश्यकताअनुसार सिफ्टअनुसार काम गर्न भनेको हो। त्यसको लागि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सेवा प्रदान […]

पछिल्लो २४ घन्टामा कर्णालीमा भेटिए थप ५२ जना कोरोना संक्रमित

सुर्खेत, ३२ जेठ । पछिल्लो २४ घण्टामा थप ५२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि कर्णाली प्रदेशमा कोरोनाको त्रास अझ बढेको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालमा भएको परीक्षणबाट आइतबार थप ५२ जनामा कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये दैलेखका ३७ र सुर्खेतका […]

जनसंघर्ष र दवावबाट सरकार एक कदम अघि बढेको विप्लवको भनाई

काठमाडौं, ३२ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिम्पियाधुरासहितको भूगोललाई नेपालको नक्सामा राख्ने प्रस्ताव सदनबाट पारित गर्नु देशको हितमा एक कदम भएको बताएको छ । सरकारका विरुद्ध निरन्तर संघर्षमा उत्रिएको सो पार्टीले जेठ ३१ गते प्रतिनिधि सभामा एकमतका साथ आफ्नो गुमेको भूगोल समेट्न संविधान संशोधन गर्ने कार्यलाई एक कदम सकारात्मक बताएको हो […]

बर्दघाटमा गाडी दुर्घटनामा परी गाउँपालिकाका अध्यक्षको मृत्यु

काठमाडौं । विपत व्यवस्थापन समितिको बैठकका लागि भनेर गएका एक गाउँपालिकाका अध्यक्षको दुर्घटनामा परेर निधन भएको छ । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा निधन भएको हो। अध्यक्ष शर्माको आइतबार बिहान नवलपरासीको बर्दघाटमा भएको लु १ झ ३७० नम्बरको सवारी दुर्घटनामा निधन भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलरासीका प्रमुख एसपी अजय केसीले […]

प्रहरीको गोलीले फेरि एक अश्वेत नागरिकको ज्यान गएपछि प्रहरी प्रमुखले दिए राजिनामा

एजेन्सी । अमेरिकामा प्रहरीको गोली लागेर फेरि एक अश्वेत नागरिकको ज्यान गएको छ । अमेरिकाको एट्लान्टाका प्रहरी प्रमुखले राजीनामा दिएका छन् । आफ्नै कारमा निदाएका एक अफ्रिकन–अमेरिकनको प्रहरीको गोली लागेर मृत्यु भएपछि प्रहरी प्रमुखले राजीनामा दिएकी हुन् । २७ वर्षका रेशर्ड ब्रूक्सको शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएको हो । तनाव नियन्त्रणमा लिने क्रममा प्रहरीले […]

रंगभेद विरोधी आन्दोलनमा फ्रान्समा प्रहरी र प्रदर्शनकारीबिच झडप

एजेन्सी । फ्रान्समा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ । रंगभेद विरोधी आन्दोलनमा सहभागी भएका प्रदर्शनकारी र प्रहरीबिच पेरिसमा प्रदर्शन भएको हो । प्रहरीले अश्रु ग्यासको प्रयोग गरेको हो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । फ्रेन्च प्रहरी हाल कोरोना भाइरसको महामारीका कारण प्रतिबन्धित आन्दोलन नियन्त्रणमा लिने प्रयासमा थियो । अमेरिकामा जर्ज फ्लोइडको निधनपछि […]