एकै दिन ५८६ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमित पुगे ७१७७

काठमाडौं, ३ असार । नेपालमा काेराेना संक्रमितकाे संख्या सात हजार १ सय ७७ पुगेकाे छ । त्यसमध्ये ५८६ जना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका हुन् । संक्रमितमध्ये अहिलेसम्म २० जनाको मृत्यु भएको छ भने एक हजार १ सय ६७ जना निकाे भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको बैजनापुर–६ की ४६ वर्षीया […]

भारतीय सैनिक चीनतर्फ आएका कारण झडप भएको चीनको दावी

काठमाडौं, २ असार । चीनले भारतीय सैनिकहरुले सोमबार दुई पटक सीमा रेखा पार गरेर चीनतर्फ आएका कारण झडप भएको जनाएको छ। गएराति भएको घटनामा प्रतिक्रिया व्यक्त गर्दै चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘भारतीय सेनाले सोमबार दुई पटकसम्म सीमा पार गर्नुका साथै चिनियाँ सैनिकहरुमाथि उत्तेजनात्मक आक्रमण गरेका कारण भौतिक मुठभेड हुन गएको हो।’ चिनियाँ विदेश मन्त्रालयका […]

लद्दाखमा ३४ भारतीय सैनिक बेपत्ता, ३ को मृत्यु

काठमाडौं, २ असार । चिनियाँ सेनासँग पूर्वी लद्दाख क्षेत्रमा गए राति भएको झडपपछि ३४ भारतीय सैनिक बेपत्ता भएका छन्। भारतीय सैनिक स्रोतलाई उद्धृत गर्दै बेलायती सञ्चार माध्यम टेलिग्राफले समाचार प्रकाशित गरेको छ। भारतीय अधिकारीहरुले बेपत्ता रहेका सैनिकहरु मृत्यु भएकाे हुनसक्ने वा चिनियाँ सेनाको नियन्त्रण परेको हुनसक्ने बताएका छन्। तर, भारतले यस विषयमा अहिलेसम्म औपचारिक रुपमा […]

लद्दाखमा भारत–चिनियाँ सैनिकबीच झडप हुँदा तीन भारतीय सैनिकको मृत्यु

काठमाडौं, २ असार । भारत र चीनका सेनाबीच लद्दाखमा झडप हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ। मृत्यु हुनेमा एक अधिकृत र दुई जवान रहेको भारतीय सेनाले जानकारी दिएको छ। पूर्वी लद्दाखको गलवान क्षेत्रमा गएराति दुवै पक्षका सैनिकबीच झडप भएको भारतीय सेनाको भनाइ छ। सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा झडपमा भारतीय सेनाको ज्यान […]

क्वारेन्टिनमै दुलाहा दुलहीले गरे मास्क लगाएर बिवाह

दाङ । भारतबाट आएर क्वारेन्टिनमा बसेका एक जोडीको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टिनबाटै विवाह भएको छ । दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १८ स्थित क्वारेन्टिनमा बसेका जोडीको परिवारको सहमतिमा विवाह गरिएको वडा अध्यक्ष भरत अर्यालले जानकारी दिए । ‘भारतबाट आएर क्वारेन्टिनमा बस्नु भएको थियो । माया–प्रेम र चिनजान भारतमै भएको रहेछ’ उनले भने, ‘क्वारेन्टिनमा बसेको […]

क्वारेन्टिनमा सामूहिक बलात्कार गर्ने ३ स्वयमसेवकलाई ७ दिन थुनामा राख्न अनुमति

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिकाकाे एक क्वारेन्टिनमा राखिएकी महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कैलाली जिल्ला अदालतले करणी सम्बन्धी कसूरमा उनीहरुलाइ अनुसन्धानका लागि ७ दिनको म्याद दिएको हो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा लम्कीचुहा नगरपालिका–१ स्थित शहीद स्मृति माविको क्वारेन्टिनबाट स्थानीय २२ […]

सरकारको भ्याकेटको खारेज गर्दै कर सम्बन्धि सर्वोच्चले गर्यो पुरानै आदेश सदर

काठमाडौं, १ असार । सर्वोच्च अदालतले सरकारकाे भ्याकेट खारेज गरेकाे छ । लकडाउन खुलेको एक महिनासम्म कर तिर्ने व्यवस्था मिलाउनु भन्ने सरकारकाे सर्वाेच्चकाे आदेशविरुद्ध सरकारले दर्ता गराएको पुनरावलोकन निवेदन (भ्याकेट)लाइ सर्वोच्चले खारेज गरिदिएको हाे । सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले तत्काल कर नलिन सर्वोच्चले जारी गरेको अन्तरिम आदेश खारेजीको माग […]

रुकुम सोती घटनाका बारेमा नवराजकी प्रेमिका भनिएकी युवतीले दिइन यस्तो सनसनीपूर्ण बयान

काठमाडौँ । रुकुमकाे चाैरजहारी नगरपालिका साेतीमा भएकाे घटनाले अहिले देश पूरै तातिएकाे छ । त्यसका बारेमा विभिन्न टिकाटिप्पणी भएकाे छ । सामाजिक सञ्जालमा घटनामा मारिएका नवराज बिककी प्रेमिका भनिएकी युवती सुष्मा मल्लका बारेमा अनेक आरोप पनि लगाउने गरेका छन । उनले नवराजलाइ बोलाएर उनीहरु सोती गएको भन्दै सुष्माले नवराजलाइ गरेको भनिएको म्यासेजहरु पनि सामाजिक सञ्जालमा […]