कोरोना सक्रमितको संख्या पुग्यो ९५६१, २४ घन्टामा बढे ५३५ नयाँ संक्रमित

काठमाडौं, ८ असार । नेपालमा काेराेना संक्रमितकाे संख्या ९५०० नाघेकाे छ । पछिल्लो २४ घण्टामा ५३५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएपछि याे संख्या ९५६१ पुगेको हाे । त्यसैगरी नेपालका ७६ वटै जिल्लामा काेराेना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रसुवाबाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको जनाएकाे हाे । पछिल्लो पटक ओखलढुंगाका एक […]

लुकाकु र मार्तिनेजको गोलमा इन्टरमिलान इटालियन सिरीमा विजयी

एजेन्सी । इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा इन्टर मिलान विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा इन्टर मिलानले साम्पडोरियालाई २–१ ले पराजित गरेको हो । इन्टरको जितमा रामेलु लुकाकु र लौतारो मार्तिनेजले गोल गरेका हुन् । साम्पडोरियाका लागि मोर्तेन थोर्स्बीले एक गोल फर्काए । लुकाकुले १० औँ मिनेटमा गोल गर्दै […]

परिक्षण बढी गरेका कारण अमेरिकामा संक्रमित बढी देखिएको भन्दै परिक्षण कम गर्न ट्रम्पको आग्रह

काठमाडाैं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले काेभिड १९ काे परिक्षण बढी गरेका कारण अमेरिकामा संक्रमितहरु धेरै देखिएकाे भन्दै अब परिक्षण कम गर्न आग्रह गरेका छन् । लकडाउन खुकुलाे बनाएर नाेभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि गरिएकाे एक चुनावी सभामा सम्बाेधन गर्दै ट्रम्पले साे आग्रह गरेका हुन् । अमेरिकाकाे ओक्लोहोमामा आयाेजना गरिएकाे चुनावी सभामा झण्डै दुई घण्टा […]

ग्रहणमा भुलेर पनि नगर्नुस् यी ८ काम

कतिपय मानिसहरु ग्रहण हेर्न निकै उत्सुक रहन्छन । आज सूर्यग्रहण लाई लिएर पनि मानिसहरुमा निकै कौतुहलता हुन् सक्छ । तर, सूर्यग्रहणमा भुलेर पनि नगर्नुस् यी ८ काम । १ सूर्य ग्रहणलाई खुला आखाँले हेर्नु हुँदैन सूर्य ग्रहणलाई खुला आँखाले हेर्नु हुँदैन । यो कार्य निकै हानिकारक हुनसक्छ । यो समय सूर्यबाट आउने खराब प्रकाशका कारण […]

यसरी परिवर्तन हुँदैछ एसईईको कानुनी व्यवस्था

काठमाडौँ ६ असार । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपालले सरकार (मन्त्रिपरिषद्) बाट गत जेठ […]

विदेशी बुहारीलाई सात वर्षपछि अंगीकृत नागरिकता दिने पक्षमा नेकपाको निर्णय

काठमाडौं, ६ असार । बालुवाटारमा बसेकाे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे सचिवालय बैठकले विदेशी बुहारीलाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने पक्षमा निर्णय गरेकाे छ । बिदेशी बुहारी र ज्वाइलाइ नेपालकाे नागरिकता दिने बारेमा छलफल भइरहेका बेला सत्तारुढ नेकपाले अंगीकृत नागरिकता दिने प्रस्तावको पक्षमा उत्रिने निर्णय गरेको हाे । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा शनिबार विहान […]

चार जना चिकित्सिकमा कोरोना संक्रमण भेटिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्द

घोराही, ६ असार । चार जना चिकित्सिक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अाकस्मिक बाहेक सबै सेवा बन्द भएकाे छ । अस्पताल परिसरलाई निसंक्रमण गर्नु पर्ने भएकाले दुई दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको कायम मुकायम रजिष्ट्रार कैलाश प्रसाद देवले जानकारी दिए । अस्पताल बन्दा हुँदा बिरामी तथा […]

भारतीय सैनिक आफ्नो कब्जामा नरहेको चीनको प्रष्टोक्ति

काठमाडाैं । चीनले आफ्नो नियन्त्रणमा अब कुनै पनि भारतीय सैनिक नरहेको बताएको छ । यसअघि भारतले पनि आफ्ना कुनै पनि सैनिक अब चीनको कब्जामा नरहेको बताएको थियो । नियमित पत्रकार सम्मेलनको क्रममा चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले शुक्रबार बेलुका भने, ‘जहाँसम्म मलाई जानकारी छ, यो समय चीनको नियन्त्रणमा भारतीय सैनिक छैनन् ।’ सोमबार राति […]

युभेन्टसलाई हराउँदै नापोलीले हात पार्यो कोपा इटालियाको उपाधि

एजेन्सी । युभेन्टसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नापोलीले कोपा इटालियाको उपाधि जितेको छ। बुधबार फाइनल खेलको निर्धारित समयको खेलमा दुवै तर्फबाट गोल नभएपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । घरेलु टोली नापोलीले टाइब्रेकरमा ४–२ को जित निकालेको हो । पछिल्लो ६ सिजनमा नापोलीले पहिलोपटक प्रमुख उपाधि जितेको हो । युभेन्टसका पाउलो डिबालको पेनाल्टी नापोलीका गोलरक्षकले जोगाए […]

छाङरुमा सशस्त्रको गुल्म, खलंगामा गण राखिने

काठमाडौं, ३ असार । लिम्पियाधुरा, लिपुलेक कालापानीका बारेमा भारतसँग विवाद बढेसँगै दार्चुला जिल्लाको सदरमुकाम खलंगामा सशस्त्र प्रहरीकाे संख्या बढाइने भएकाे छ । साथै कालापानी नजिककाे क्षेत्र छाङरुमा पनि एक गुल्मकाे संरचना राखिने भएकाे छ । सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले सदरमुकाम खलंगामा गण र छाङरुमा गुल्म स्थापना गरिने जानकारी गराएका छन्। अाजै सशस्त्र प्रहरीका […]