नेपाललाइ टुक्राइदिने धम्की दिने सरिता गिरीको सांसद पद निलम्बन हुने

काठमाडौं, १ असार । लिम्पियाधुरा-कालापानी-लिपुलेकसहितको भूगोल समेटेर नेपालको नक्सा संशोधन गर्ने विधेयकमा पार्टीको ह्वीपसमेत नमानेर त्यस विरुद्ध लागेको भन्दै सांसद सरिता गिरीमाथि उनको पार्टीले कडा कारवाही गर्ने भएको छ ।

जनता समाजवादी पार्टीले उनलाइ पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्काषण गर्ने र उनको सांसद पद समेत निलम्बन गर्ने तयारी गरेको छ । समाजवादी पार्टीका एक नेताले गिरीले नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागिएको जानकारी दिए ।

समाजवादी पार्टीका तर्फबाट खस आर्यको कोटामा समानुपातिक सांसद बनेकी गिरी नक्सा र निशाना छापमा सुधार गर्न ल्याइएको संविधान संशोधन विधेयक पारित गर्ने दिन प्रतिनिधि सभाको बैठकमा समय नपाए पनि बोल्ने प्रयत्न समेत गरेकी थिइन । तर, सभामुखले उनलाइ बोल्न समय नदिइएको भनेपछि उनी बैठक नै छाडेर हिडेकी थिइन । बैठकबाट बाहिर आएकी गिरीले नेपाललाइ बंगलादेश जस्तै बनाउने धम्की पनि दिएकी थिइन । पूर्वी पाकिस्तान छुटेर अलग्गै देश भएको घटनालाइ जोड्दै उनले आफू जंगको मैदानमा उत्रने धम्की समेत दिएकी थिइन । उनले आफूसँग कि त आत्महत्या गर्ने कि त लडाइँको मैदानमा उत्रने २ विकल्प रहेको भन्दै आक्रोश पोखेकी थिइन । उनले आफू अब नेपाललाइ बंगलादेश बनाउने लडाइँको मैदानमा होमिएको पनि संकेत गरेकी थिइन ।

समाजवादी पार्टीका नेताले सांसद गिरीलाइ पार्टीले बोलाएर पार्टीको निर्णय मान्न सम्झाएको तर उनले पार्टीको निर्देशन नमानेको बताए । उनले अहिले पार्टी नेताहरु उपेन्द्र यादव बिराटनगरमा र डा. बाबुराम भट्टराई गोरखामा भएकाले दुवै नेता काठमाडौं फर्कनासाथ उनीमाथि कारवाहीको प्रक्रिया अगाडि बढ्ने बताए ।

संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्वन हुने प्रावधान छ । समाजवादी पार्टीकी नेतृ गिरी खस आर्यको कोटाबाट समानुपातिकतर्फकी सांसद हुन् ।

Loading...