अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण

काठमाडौँ, ११ भदौ । चौधरी ग्रुपका मालिक तथा नेपालका अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। नेपाली कांग्रेसका तर्फबाट सांसद समेत रहेका चौधरीले आफ्नो ट्वीटर एकाउन्टमार्फत आफूलाई कोरोना भएको जानकारी दिएका छन् । आफ्नो ट्वीटमा चौधरीले आज बिहान आफूमा कोरोना संक्रमण पुष्टि भएको बताएका छन्। साथै उनले आफूलाई केही लक्षण नभएको र चिकित्सकको सल्लाहमा […]

प्रमुख दलहरु विदेशी जासुस र पञ्चहरुको कब्जामा : नारायणमान बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ ले २२ हजार भन्दा बढी नेपालका सरकारी कर्मचारीहरु भारतको पनि तलब लिएर देशघाती कार्य गरिरहेको आरोप लगाएका छन् । नेपाल मजदुर किसान पार्टीको विद्यार्थी संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा ‘राज्यस्तरबाट रचित भक्तपुर काण्ड’ विषयक प्रवचन कार्यक्रमलाई अनलाइन जुममार्फत सम्बोधन गर्दै उनले उक्त आराेप लगाएका […]

भक्तपुरमा बिहीबार मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि, अस्पताल सिल

भक्तपुरमा बिहीवार मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनमा मृत्युपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । बिहीवार मध्यपुर थिमि–३, गठ्ठाघरकी ६४ वर्षिया महिलाको मृत्यु भएको थियो । गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा राती करिब १० बजे उनले ज्यान गुमाएकी हुन् । अस्पताल श्रोतले भने अस्पताल आइपुग्नु अघि नै उनले ज्यान गुमाएकी जिकिर […]

काठमाडौंमा कोरोना संक्रमणले रेकर्ड ब्रेक गर्यो, थपिए ८८५ संक्रमित

काठमाडौं, १० भदाै । राजधानी उपत्यकामा काेराेना संक्रमणले भयावह रुप लिएकाे छ । बुधवार उपत्यकामा अहिलेसम्मकै धेरै काेराेना संक्रमित थपिएका छन् । देशभर ८८५ संक्रमित थपिएकाेमा उपत्यकामा मात्र ३०१ जना भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपत्यकाका तीन जिल्लामध्ये काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित भेटिएका छन् । त्यस्तै बुधबार ललितपुरमा ४७ र भक्तपुरका […]

किनेको २ वर्ष नबित्दै गाडी मर्मतमा ६३ लाख खर्च गर्ने प्रदेशसभाका सबै फाइल अख्तियारको छानविनमा

बुटवल, १० भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश ५ को प्रदेशसभामा भएको अनियमितताको अनुसन्धान सुरु गरेको छ । गाडी मर्मतका लागि ६० लाख भन्दा बढी खर्च गरेको भेटिएपछि त्यसका बारेमा आयोगमा उजुरी परेको थियो । आयोगले उजुरी आएपछि त्यसको अनुसन्धान थालेको हो । प्रदेश सभा सचिवालयले गाडी मर्मतमा गरेको ६० लाख रुपैयाँ भन्दा बढी […]

विश्वभर कोरोना संक्रमित २ करोड ४० लाखभन्दा बढी नाघे

काठमाडाैं । विश्वभर कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या १ करोड ६६ लाख २० हजार ९४३ पुगेको छ। यस्तै २ करोड ४० लाख ७० हजार ८१२ जना संक्रमित भएका छन् भने ८ लाख २३ हजार ६८७ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ। कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको […]

अनलाइन कक्षामा सहभागी हुन विद्यार्थीलाई त्रिविको आग्रह

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि सहभागी हुन आग्रह गरेको छ। त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले कोरोना भाइरस (कोभिड–१९) का कारणले कक्षा कोठामा गई पठनपाठन गर्न सम्भव नहुँदा भर्चुअल माध्यमबाट पढाइ भइरहेकाले विद्यार्थीले आ–आफ्नो अध्ययनरत विभाग/स्कूल/क्याम्पसमा सम्पर्क राखी पठनपाठनमा सहभागी हुन आग्रह गरेका छन्। उनले आफ्नो सम्पर्कमा त्रिविमा अध्ययनरत कुनै विद्यार्थी […]

५१ नेपाली सेना र ८ जना टेलिकमका कर्मचारीसहित बाँकेमा भेटिए ७३ नयाँ संक्रमित

नेपालगञ्ज, १० भदाै । बाँकेमा काेराेनाकाे बुधवार ७३ जना काेराेना संक्रमित थपिएका छन् । थप हुनेमा ५१ जना नेपाली सेना र ८ जना नेपाल टेलिकमका कर्मचारी छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अनुसार बाँकेकाे काेहाेलपुरमा बढी संक्रमित भेटिएका छन् । कार्यालयका अनुसार काेहाेलपुरमा ५१ जना संक्रमित भेटिएका छन् भने नेपालगञ्जमा २२ जना भेटिएका छन् । […]

गोली हानेर दुईजना लागुऔषध कारोबारी गिरफ्तार

रुकुम । रुकुमपश्चिममा दुई लागुऔषध कारोवारी पक्राउ परेका छन्। जिल्लाको मुसीकोट नगरपालिका–४ ठाराढुङ्गाबाट प्रहरीले गोली प्रहार गरी दुई जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको प्रहरी निरीक्षक दिनेश गुरुङ नेतृत्वको टोलीले पक्राउ गर्न खोज्दा कारोवारी भाग्न खोजेपछि गोली प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ। गोली प्रहारबाट एक घाइते भएका छन् भने उनीसँगै अर्का एक […]

चितवनको अस्पतालबाट भागेका कोरोना संक्रमित नुवाकोटमा पक्राउ

भरतपुर, १० भदौ । नुवाकाेटमा एकजना भगाैडा काेराेना संक्रमित पक्राउ परेका छन् । चितवनको भरतपुर अस्पतालवाट भागेका १९ वर्षीय कोरोना संक्रमित नुवाकाेटमा पक्राउ परेका हुन् ।  बुधबार विहान नुवाकोट बेलकोटगढी-५ स्थित चेकिङका क्रममा उनलाइ पक्राउ गरिएको नुवाकाेट प्रहरीले जनाएकाे छ । साइकलमा जाँदै गर्दा उनलाइ प्रहरीले शंका लागि राेकेकाे र त्यसपछि उनलाइ पक्राउ गरिएकाे बताइएकाे […]