चितवनको अस्पतालबाट भागेका कोरोना संक्रमित नुवाकोटमा पक्राउ

भरतपुर, १० भदौ । नुवाकाेटमा एकजना भगाैडा काेराेना संक्रमित पक्राउ परेका छन् । चितवनको भरतपुर अस्पतालवाट भागेका १९ वर्षीय कोरोना संक्रमित नुवाकाेटमा पक्राउ परेका हुन् । 

बुधबार विहान नुवाकोट बेलकोटगढी-५ स्थित चेकिङका क्रममा उनलाइ पक्राउ गरिएको नुवाकाेट प्रहरीले जनाएकाे छ । साइकलमा जाँदै गर्दा उनलाइ प्रहरीले शंका लागि राेकेकाे र त्यसपछि उनलाइ पक्राउ गरिएकाे बताइएकाे छ । अब अहिलेका लागि उनलाई नुवाकोटमा नै आइसोलेसनमा राख्न समन्वय भइरहको पनि प्रहरीले जनाएकाे छ । 

पक्राउ परेका ती संक्रमित सुरुमा चोरीको आरोपमा चितवनमा पक्राउ परेका थिए । पक्राउ परेपछि उनमा कोरोना संक्रमण थाहा भएकाे थियाे । काेराेना पुष्टि भएपछि उनलाइ भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो । मंगलबार बिहान त्यहाँबाट भागेका थिए ।

Loading...