रुसी विपक्षी नेता नाभाल्नीको अपिल अदालतद्वारा खारेज

मस्को । रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीले जेल सजायविरुद्ध गरेको अपिललाई रुसको एक अदालतले शनिबार खारेज गरिदिएको छ। नाभाल्नीलाई सन् २०१४ मा जेल सजायको क्रममा नियम उल्लङ्घन गरेको आरोप लागेको छ। नाभाल्नी रुसी नेता भ्लादिमिर पुटिनका कट्टर आलोचक हुन्। उनीमाथि पुटिन सरकारले राजनीतिक प्रतिशोधका कारण पटकपटक दुःख दिने गरेको नाभाल्नी पक्षधर समूहको दावी रहँदै आएको […]

सेटिङमा सर्वोच्चले संसद पुनर्स्थापना गरे आन्दोलन गर्ने ओलीको धम्की

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरे आन्दोलन गर्ने धम्की दिएका छन् । शनिवार विराटनगरमा नेकपाको ओली समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रम ओलीले सो धम्की दिएका हुन् । यसअघि नेकपाका प्रचण्ड–माधव समूहलाई अदालतलाई धम्की नदिन र स्वतन्त्र निर्णय गर्न दिन भन्दै तर्क दिने गरेका प्रम ओलीले शनिवार भने आफै यस्तो […]

केही दिनदेखि अब मौसम सफा हुने

काठमाडौँ । आगामी तीन दिन देशको अधिकांश भू–भागमा मौसम सफा हुने भएको छ । मौसमविद् वरुण पौडेलका अनुसार तापक्रम बढ्न थालेसँगै केही दिन निरन्तर मौसम प्रभावित हुने तथा केही दिन सफा हुनेक्रम चलिरहने गर्दछ । उनले भने, “आगामी तीन दिन देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने छ ।” पछिल्लो केही दिनयता अपराह्न तथा साँझपख […]

अब बुटिक र डिलक्स होटललाई पनि तारे होटलको मान्यता

काठमाडौँ । सरकारले बुटिक र डिलक्स होटललाई समेत तारे ‘स्टार’ होटलको मान्यता दिने भएको छ । सस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागले बुटिक र डिलक्स होटलको वर्गीकरण गरी तारे स्तरको होटलका लागि सङ्केत चिन्ह निर्धारण गरेको हो । यसअघि विभागले सुविधासम्पन्न तारे होटललाई मात्र स्टारमा वर्गीकरण गरेको थियो । साथै डिलक्स र बुटिक […]

‘पीके’को स्वीक्वेलमा रणविर कपुरले खेल्ने

एजेन्सी । सन् २०१४ मा रिलिज फिल्म ‘पीके’लाई दर्शकले अत्याधिक मनपराए । अभिनेता आमिर खान र अभिनेत्री अनुष्का शर्मा अभिनित फिल्ममा विशेषतः आमिरको भूमिकालाई दर्शकले रुचाए । अहिले भने यो फिल्मको सिक्वेल बन्ने नयाँ खबर बलिउडमा छ । समाचारअनुसार फिल्मको सिक्वेलमा आमिरको स्थानमा रणवीर कपूर देखिनेछन् । यो फिल्म सकिँदाको अन्तिम दृश्यमा रणवीर कपुर देखिएका […]

६ लाख घुससहित मालपोत कार्यालय बाराका निमित्त प्रमुख पक्राउ

वीरगञ्ज, ८ फागुन । बाराको सिमरास्थित मालपोत कार्यालयका निमित्त प्रमुख नायब सुब्बा मनोजकुमार खनाल र लेखापढी कानुन व्यवसायी बद्रीप्रसाद बडाल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले मालपोत प्रमुख अमलेखगञ्जस्थित जग्गा होटलबाट ६ लाख घुस रकमसहित दुवैजनालाई पक्राउ गरेको हो । ‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ’ भनी सर्जमिन […]

यस्तो छ टुँडिखेलबाट जारी गरिएको नागरिक आन्दोलनको घोषणा पत्र

बृहत नागरिक आन्दोलनले घोषणा पत्र जारी गरेको छ। शुक्रबार आन्दोलन अन्तर्गतको ‘टुँडिखेल मार्च पास’मा भएको नागरिक घोषणा सभामा घोषणा पत्र जारी गरिएको हो। अधिकारकर्मी जेबी विश्वकर्माले सो घोषणा पत्र वाचन गरी जारी गरेका थिए। घोषणापत्रमा लोकतन्त्रलाई अग्रगामी गति दिन संविधानलाई अध्यावधिक गर्ने, जननिर्वाचित संस्थाहरूलाई उत्तरदायी बनाउने र राज्य संयन्त्रलाई जवाफदेही बनाउने कार्यमा हातेमालो गर्ने उल्लेख गरिएको […]

प्रदेश २ को प्रमुखमा परियारको पदमुक्ति लगत्तै राजेश झा नियुक्त

काठमाडौं, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रमुख तिलक परियारलाई बर्खास्त गरेर अर्का प्रमुख नियुक्त गरेकी छन् । शुक्रबार मन्त्रिपरिषदको सिफारिसमा प्रदेश २ का प्रदेश प्रमुख परियारलाई हटाएर राजेश झालाई नियुक्त गरेकी हुन्। मन्त्रिपरिषदले परियारको बर्खास्तगी र झाको नियुक्तिका लागि कहिले सिफारिस गरेको थियो भन्ने यकिन छैन। राष्ट्रपति भण्डारीले संविधानको धारा १६५ […]

राष्ट्रपति भण्डारीले गरिन प्रदेश २ का प्रमुख परियारलाई पदमुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रमुखलाई पदमुक्त गरेकी छन्। प्रदेश २ को प्रमुखमा तिलक परियार रहेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। संविधानको उक्त धारामा प्रदेश प्रमुखको पद रिक्त हुने अवस्थाबारे उल्लेख गरिएको […]

संसद विघटनविरुद्धको मुद्दामा बहस सकियो, निर्णय सुनाउने मिति अझै तोकिएन

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बहस सकिएको छ । शुक्रबार एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठकले राय दिएपछि बहस सकिएको हो । एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली तथा सर्वोच्च बार एसोसिएसनका तर्फबाट अध्यक्ष पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले १० फागुनसम्म […]