‘पीके’को स्वीक्वेलमा रणविर कपुरले खेल्ने

एजेन्सी । सन् २०१४ मा रिलिज फिल्म ‘पीके’लाई दर्शकले अत्याधिक मनपराए । अभिनेता आमिर खान र अभिनेत्री अनुष्का शर्मा अभिनित फिल्ममा विशेषतः आमिरको भूमिकालाई दर्शकले रुचाए । अहिले भने यो फिल्मको सिक्वेल बन्ने नयाँ खबर बलिउडमा छ ।

समाचारअनुसार फिल्मको सिक्वेलमा आमिरको स्थानमा रणवीर कपूर देखिनेछन् । यो फिल्म सकिँदाको अन्तिम दृश्यमा रणवीर कपुर देखिएका थिए । त्यहीकारण फिल्मको सिक्वेलमा रणवीरले नै बाँकी कथालाई अगाडि बढाउनेछन् ।

फिल्मका निर्माता विधु विनोद चोपडाले सिक्वेलको तयारी शुरु गरेका छन् । ‘हामी सिक्वेल बनाउनेछौं । हामीले पहिलो संस्करणको अन्त्यमा रणवीर कपूरलाई देखाएका थियौं । यो फिल्मको अगाडिको कथा लुकेको छ । यद्यपि हालसम्म अभिजात जोशी(फिल्मका लेखक)ले कथा लेखिसकेका छैनन् । जुन दिन उनले कथा लेखिसक्छन्, त्यसपछि सिक्वेलको तयारी शुरु हुन्छ ।’

यो फिल्म हिरानी–चोपडा प्रोडक्सनका फिल्महरुको हिट फिल्मको सूचीमा पर्दछ । यो जोडीले ‘मुन्नाभाई’ जस्तो हिट फिल्म दिएको थियो । फिल्म ‘पीके’मा सुशान्त सिंह राजपुत, सौरभ शुक्ला जस्ता कलाकारको अभिनय थियो । फिल्मले अन्धविश्वासमाथि प्रहार गरेको थियो ।

Loading...