संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्चले सुनायो फैसला

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा निर्णय सुनाउँदैछ । स‌ंवैधानिक इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबरा निर्णयको व्यहोरा वाचन गर्दैछन् । अहिलेसम्म निर्णय सदर वा बदर भन्ने सुनुवाई भएको छैन । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराले निर्णयको व्यहोरा वाचन गर्दैछन् । अहिलेसम्म विघटनको निर्णय सदर वा बदर भन्ने सुनाइसकेका छैनन् । फैसलाको अन्त्यमा बदर […]

सर्वोच्चले सही फैसला गर्ने र केपी ओलीले मुद्दा हारिसकेको प्रचण्ड दावी

काठमाडौं, ११ फागुन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले मुद्दा दावी गरेका छन् ।  मंगलबार काठमाडौँमा तिलकराज भण्डारीद्वारा सम्पादित ‘जनयुद्धको हस्ताक्षर’ नामक पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष प्रचण्डले फुट र विसर्जनको बाटो रोजेर प्रधानमन्त्री ओलीले राजनीतिक मुद्दा हारिसकेको बताएका हुन्। उनले आफूहरुले एकताको झण्डा उठाएको र ओलीले […]

सुरक्षा परिषदको बैठक सम्पन्न, विद्रोही नेकपाकाबारेमा छलफल

काठमाडौं, ११ फागुन । प्रधानमन्त्रीले बोलाएको सुरक्षा परिषदको बैठक सकिएको छ । मंगलबार विहान प्रधानमन्त्री निवास बालुुवाटारमा बैठक बसेको हो । प्रधानमन्त्रीले संसद पुनस्र्थापना भए संकटकाल लगाउने चर्चा चलिरहेका बेला मंगलबार बिहानै सुरक्षा परिषदको बैठक बस्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । तर, रक्षामन्त्रालय स्रोतले भने आजको बैठकमा विप्लव नेतृत्वको विद्रोही नेपाल कम्युनिस्ट पार्टीका बारेमा छलफल […]

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी भरेर गरियो परीक्षण, नयाँ वर्षसँगै काठमाडौंमा पानी दिइने

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी भरेर परीक्षण गरिएको छ । साढे २६ किलोमिटर सुरुङमा पानी पठाएर परीक्षण थालिएको हो । सुरुङ सञ्चालन गर्न परीक्षणका लागि सोमबार पहिलोपटक पानी पठाइएको आयोजनाले जनाएको छ । यस्तो परीक्षण करिब दुई महिनासम्म गरिने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले खबरहबलाई जानकारी दिए । ‘अबको १५ […]

एकातिर वार्ताको कार्ड, अर्कोतिर सर्वोच्चको रिहा आदेश वावजुत नेता पक्राउ

काठमाडौं, १० फागुन । सरकारले एकातिर विद्रोही नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्ने भनिरहेका बेला सो पार्टीका उच्च नेतालाई भने पक्राउ गरेको छ । त्यो पनि सर्वोच्च अदालतको रिहा गर्ने आदेशका बाबजुत पार्टीका उच्च तहका नेता धर्मेन्द्र बास्तोलालाई आज सर्वोच्च अदालत परिसरबाटै जवरजस्त पक्राउ गरिएपछि सरकारको वार्ताकार्डमाथि प्रश्न उठेको छ । सर्वोच्च अदालतमा बास्तोलाकी छोरी अनिमा […]

जब २३१ यात्री लिएर उड्दै गरेको जहाजमा ह्वारह्वार्ती आगो लाग्यो

एजेन्सी । अमेरिकामा उड्दै गरेको एक विमानमा आगो लागेको छ । आगो लागेपछि विमानका केही भाग झरेका थिए । डेनवरबाट होनोलुलुका लागि उडान भरेको विमानमा आगो लागेको हो । अमेरिकाको डेनवरनजिक यो घटना भएको हो । उडान भरेपछि आगो लागेको बोइङ ७७७ विमानमा २३१ यात्री र चालक दलका १० जना सदस्य सवार थिए । उडान […]

विप्लवसँग वार्ता हुने भयो भनेर प्रचण्ड छटपटिन थालेको प्रधानमन्त्रीको आरोप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारसँग वार्ता गर्छु भनेपछि केही मानिस छटपटाएको टिप्पणी गरेका छन् । पाँचौ इन्द्रदह पर्यटन महोत्सवलाई आइतवार दहचोकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभाजित नेकपाका अध्यक्ष प्रचण्डतर्फ संकेत गर्दै आफूतिर आउनुपर्नेमा सरकारतिर गयो भनेर केही मान्छे छटपटिएको बताए । ओलीले भने, ‘सरकारसँग वार्ताका लागि तयार छु […]

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश

विराटनगर, ९ फागुन । सत्तारुढ नेकपा ओली समूहको असन्तुष्टिका बीच प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । आइतबार बसेको प्रदेश संसद बैठकमा राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गरिएको हो । उनीविरुद्ध इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताव पेश गरेका हुन् । मुख्यमन्त्री राईविरुद्ध ३७ जना सांसदको हस्ताक्षर रहेको अविश्वासको प्रस्ताव पेश गरिएको […]

यस्तो छ प्रचण्ड र माधव नेपाल बीच भएको ५०–५० को सहमति

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तय गरेको छ । शीर्ष तहमा भएको सहमति अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’मा हस्ताक्षर गरेका छन् । यो मापदण्डअनुसार नेकपाको कमिटीहरुमा अब दुबै पक्षको ५०-५० प्रतिशत […]

सुरक्षाकर्मीको गोली लागेर म्यानमारमा दुई प्रदर्शनकारीको मृत्यु

काठमाडौं । म्यानमारमा सैनिक ‘कू’को विरोध गर्नेहरुमाथि सुरक्षा बलले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ । शनिबार सुरक्षाकर्मीले देशको दोस्रो ठूलो शहर माण्डलेमा गोली चलाउँदा दुई जना प्रदर्शनकारीको मृत्यु भएको हो । यसअघि पनि प्रदर्शनकारीको एक र्‍यालीमा सुरक्षाकर्मीले गोली चलाउँदा एक महिलाको मृत्यु भएको थियो । फ्रिन्टियर म्यानमारको रिपोर्ट अनुसार माण्डलेमा सुरक्षाकर्मीले चलाएको […]