जब २३१ यात्री लिएर उड्दै गरेको जहाजमा ह्वारह्वार्ती आगो लाग्यो

एजेन्सी । अमेरिकामा उड्दै गरेको एक विमानमा आगो लागेको छ । आगो लागेपछि विमानका केही भाग झरेका थिए । डेनवरबाट होनोलुलुका लागि उडान भरेको विमानमा आगो लागेको हो ।

अमेरिकाको डेनवरनजिक यो घटना भएको हो । उडान भरेपछि आगो लागेको बोइङ ७७७ विमानमा २३१ यात्री र चालक दलका १० जना सदस्य सवार थिए ।

उडान भरेपछि विमानको एक इन्जिन फेल भएको बीबीसीले जनाएको छ । इन्जिनमा आगो लागेपछि विमानलाई डेनवरमा सकुसल अवतरण गरिएको थियो ।

अमेरिकास्थित फेडरल एभिएसन एडमिनिस्ट्रेसनका अनुसार फ्लाइट ३२८ को दाहिने तर्फको इन्जिनमा खराबी भएको थियो ।

Loading...