सरकारले विप्लव नेकपा माथिको प्रतिबन्ध फुकुवा आजै गर्ने

काठमाडौँ। सरकारले विप्लव नेकपा माथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने भएको छ। परराष्ट्र मन्त्रि प्रदिप ज्ञवालीले विप्लवको विगय्प्तिलाई सरकारले सकारात्मक रुपमा लिएको भन्दै वार्ताको लागी आवश्यक तयारि भैरहेको संचारमाध्यामहरुलाइ बताई सकेका छन्। उनले वार्ताका लागि आवश्यक पर्ने कार्येहरु कराकराले अगाडी बधाई सकेको बताए। एक मन्त्रीका अनुशार आज सोमबार बस्ने मन्त्रि परिषद बैठकले नेकपा माथिको प्रतिबन्ध फिर्ता लिने निर्णय गर्ने जानकारी दिएका छन्।
यसै गरि विप्लव नेकपाले पनि वार्ताबारे छलफल अगाडी बढाएको छ। शनिवार विप्लव पार्टीले गतिविधि सहज हुने वातावरण भए सरकारसंग वार्ताको लागि सकारात्मक भएको बताएका थिए।

पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले शनिवार एक विज्ञप्ति जारी गर्दै सहज वातावरण बने वार्ता गर्न तयार रहेको बताएका हुन् ।

विप्लवले विज्ञप्तिमा सहज वातावरण र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्था भएमा सरकारसँग सम्वाद र वार्ताको लागि सकारात्मक रहेको बताएका छन् ।

महासचिव विप्लवले विज्ञप्तिमा क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि सम्बाद र बार्ताको लागि तयार रहेको उल्लेख गरेका छन् ।

नेकपाको विभाजन संगै सरकारले जनयुद्दका बाकी काम गर्ने बताउदै आएको छ। जनमुक्ति सेना , बहिर्गर्मित जनमुक्ति सेनाक बिषय , घाइते तथा अपाङ्ग लगाएतका विषयमा पनि सरकारको कार्येदल नै बनाएर हाल गर्न छलफल गरेको छ।

Loading...