यस्तो छ ओलीविरुद्ध संसदभित्रको समिकरण

काठमाडौं, २५ फागुन । पुनस्र्थापित संसदको पहिलो बैठकमै सरकारले अध्यादेश ल्याएपछि झस्किएको नेपाली कांग्रेस अब ओलीलाई प्रधानमन्त्रीबाट हटाउने मूडमा पुगेको छ । यसअघि कांग्रेसभित्र सरकारमा जाने र नजाने अथवा ओलीसँग समिकरण बनाउने वा प्रचण्ड माधवसँग समिकरण बनाउने भन्नेमा अलमल देखिएको थियो । तर, ओलीले निरन्तर संविधान विपरित कदम चालेको भन्दै कांग्रेस ओली वाहेकका दलहरुको गठबन्धन […]

यस्तो छ ब्यूतिएको एमालेमा ओली र नेपालको संख्या

काठमाडौं । सर्वोच्च अदालतले एकीकरण खारेज गरिदिएपछि पूर्वएमाले र माओवादी केन्द्रले अब पूरानै पार्टी ब्युँताउने भएका छन्। ब्यूतिएको एमालेभित्र ओली र माधव पक्षको अवस्था के छ भन्नेबारेमा धेरैको चासो छ । सो पार्टीका संसदहरुको संख्यामा माधव नेपाल कमजोर रहेको भए पनि पार्टी केन्द्रीय समितिमा भने उनी कमजोर नरहेको देखिन्छ । पूर्ववत् एमालेको केन्द्रीय समितिमा केपी […]

प्रचण्ड र माधव समूह पनि भयो अलग

काठमाडौं । प्रचण्ड–माधव समूहले सर्वोच्च अदालतको निर्णयपछि अलग अलग पूर्वपार्टीमै रहने निर्णय गरेको छ । सर्वोच्चको फैसलालाई अध्ययन गर्दै जाने र तत्कालका लागि पूर्व दुई पार्टीमा रहेका नेताहरु यथाअवस्थामै रहने उनीहरुले निर्णय गरेका हुन् । जसअनुसार अब एमाले र माओवादी केन्द्रको समूह अलग अलग रहने तर सहकार्यमै रहने देखिएको छ ।  प्रचण्ड माधव समूहको स्थायी […]

बारामा १९ वर्षीय युवकको धारिलो हतियार प्रयोग गरी हत्या

काठमाडौं । बाराको निजगढ नगरपालिका–९ बुद्धचोकमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । मंगलबार बिहान १९ वर्षीय रोहित शर्माको घरभित्रै हत्या भएको हो । उनी पेन्टरको काम गर्दथे । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुर झिकाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटनास्थलमा रहेका […]

दैलेखमा चार छोराछोरीसहित एक महिलाले कर्णाली नदीमा हाम फालिन

सुर्खेत, २५ फागुन । दैलेखमा एक हृदयविदारक घटना घटेको छ । दैलेखको आठबीस नगरपालिका वार्ड नं. ३ की ३५ वर्षीय एक महिलाले आफ्ना चार सन्तानसहित कर्णाली नदीमा हामफालेको बताइएको छ । दैलेख प्रहरीले प्रारम्भिक अध्ययनबाट दैलेख निमाइलकी सुकी बडुवाल ४ छोराछोरीसहित कर्णाली नदीमा हामफालेको बुझिएको जनाएको छ । तर, यस घटनाका बारेमा अध्ययन भइरहेको पनि […]

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानुन सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार जना उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन् । यही फागुन १७-१९ गतेसम्म स्कूल अफ ल अन्तर्गत सञ्चालित स्नातक तहको शैक्षिक सत्र २०७७/०७८ को नयाँ भर्नाका लागि लिइएको लिखित तथा मौखिक परीक्षाको नतिजा प्रकाशनका सम्बन्धमा उपकुलपति र रजिष्ट्रारबाट मानमर्दन हुनेगरी प्रश्नचिह्न खडा गरिएको भन्दै निर्देशक […]

सखी प्रतिष्ठानको अध्यक्षमा मन्जिला अनिल

काठमाडौं । १११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सखी प्रतिष्ठानले “राष्ट्रियता प्रबर्द्धनमा नारी भूमिका” बिषयक विचार गोष्ठी सम्पन्न गरेको छ ।  सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ माया ठकुरी रहनु भएको थियो । कार्यक्रममा राष्ट्रिय सूचना आयोगकी आयुक्त माननीय कमला ओली, मातृभूमिका लागि नेपालीका संयोजक देवप्रकाश त्रिपाठी, […]

केपी प्रचण्डलाई एमाले र माओवादी केन्द्रमा फर्काइदिने सर्वोच्चको फैसला यस्तो छ

काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ । निर्वाचन आयोगले ऋषिराम कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा निर्वाचन आयोगले तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा दर्ता गरेको थियो । दुई दल एकीकरण भएपछि बनेको […]

सर्वोच्चले केपी प्रचण्डको नेतृत्वमा रहेको नेकपालाई दिएन मान्यता, ऋषि कट्टेलको पक्षमा फैसला

काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको सर्वोच्च अदालत स्रोतले जनाएको छ । सर्वोच्चले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नामलाई मान्यता नदिएको हो । निर्वाचन आयोगमा […]