पूँजीवादी प्रजातन्त्र र समाजवादी प्रजातन्त्र

अमेरिकी प्रजातन्त्र कस्तो प्रजातन्त्र हो ? अमेरिकी प्रजातन्त्र पूँजीवादी प्रजातन्त्र हो । स्वतन्त्र तथा प्रतिष्पर्धात्मक शासन अमेरिकी प्रजातन्त्रको स्वरुप हो । निजि स्वामित्व र वजारमुखी अर्थतन्त्र भएको प्रजातन्त्र नै अमेरिकी प्रजातन्त्र हो । जहाँ समाजको स्वामित्व भन्दा पनि पूजीपतिहरुको स्वामित्व बढी हुन्छ । अमेरिकी प्रजातन्त्रमा पूजी नै सर्वोपरी हुन्छ भन्दा पनि फरक पर्दैन । अर्थतन्त्रको […]

बने देउवा पाँचौँ पटक प्रधानमन्त्री

काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री बनेका छन् । उनले मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नगरी ‘श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम’ देउवालाई प्रधानमन्त्री नियुक्त गरेको भन्ने विज्ञप्ति जारी गरेपछि असन्तुष्टि जनाएका देउवाले उक्त विज्ञप्ति […]

सर्वोच्चले गर्यो दोस्रो पटक पनि प्रतिनिधि सभा पुनः स्थापना

काठमाडौं, २८ असार । सर्वाेच्च अदालतकाे संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनलाई खारेज गर्दै पुनः स्थापना गर्ने निर्णय गरेको छ । संवैधानिक इजलासले तत्काल प्रतिनिधि सभाको बैठक बाेलाउन समेत आदेश दिएको छ । पहिलोपटक संसद विघटन भई अदालतले पुनस्र्थापना गराएको ३ महिना पनि नबित्दै जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक […]

दुई दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश, माधव पक्षलाई कारवाही नहुने सर्वोच्चको फैसला

काठमाडौं, २८ असार । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । संवैधानिक इजलासले कांग्रेस सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई परमादेश जारी गरेको हो । आज बसेको संवैधानिक इजलासले सो आदेश जारी गरेको हो । जेठ ७ मा मध्यराति प्रधानमन्त्री केपी […]

उच्च अदालत इलाम इजलासकी महिला कर्मचारी मृत अवस्थामा फेला

इलाम, २८ असार । उच्च अदालत विराटनगरको इलाम इजलासकी एक जना कर्मचारी कार्यालय परिसरभित्रै मृत भेटिएकी छन् । कार्यालय सहयोगी सोलुखुम्बु घर भएकी ४८ वर्षीया विमला पराजुली मृत अवस्थामा भेटिएकी हुन् । जिल्ला प्रहरी कार्यालय, इलामका प्रमुख एसपी महेन्द्र श्रेष्ठका अनुसार शवमा बाहिरी चोटपटक देखिएको छैन । उनले भने, ‘शव चाहिँ घोप्टो परेको अवस्थामा छ […]

युरोकपको उपाधि इटालीले चुम्यो, ट्राइब्रेकरमा इंग्ल्यान्ड पराजित

काठमाडौँ । घरेलु टोली इंग्ल्यान्डलाई ट्राइब्रेकरमा पराजित गर्दै इटालीले युरोपियन च्याम्पियनसिप २०२० को उपाधि उचालेको छ। लन्डनको वेम्वेली स्टेडियममा आइतबार राति भएको खेलमा इटालीले पेनाल्टी सुटआउटमा ईंग्ल्याण्डलाई ३–२ गोल अन्तरले पराजित गर्दै १६ औँ संस्करणको उपाधि जितेको हो। ५३ वर्षपछि इटाली दोस्रो पटक युरोकपको उपाधि जित्न सफल भएको छ। इटाली यसअघि सन् १९६८ मा घरेलु […]

कुवेतको तापक्रम ५३.३ डिग्री पुग्यो, पृथ्वीकै अत्यधिक गर्मीको रेकर्ड

काठमाडौँ । कुवेतको उत्तरी शहर अल–जहराको तापक्रम ५३.५ डिग्री सेल्सियस पुगेको छ । गत आइतबार मापन गरिएको यो तापक्रमले कुवेत विश्वकै सबैभन्दा बढी गर्मी हुने स्थानमा दरिएको छ । बढ्दो तापक्रमले गर्दा दैनिक जनजीवन प्रभावित भएको छ भने त्यहाँका रेष्टुरेन्ट तथा बजारहरु बन्द गरिएका छन् । बाटोमा पैदल यात्रीको संख्या पनि शून्यमा झरेको छ । […]

अमेरिकाले उपलब्ध गराएको १५ लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ । अमेरिकी खोप उत्पादक कम्पनीको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप लिएर कतार एयरको जहाज बिहान ९ बजेर ४५ मिनेटमा काठमाडौं आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता देव चन्द्रलाल कर्णले जानकारी दिए। त्रिभुवन विमानस्थलमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले पत्रकार […]

अमेरिकाले थप १४ चिनियाँ कम्पनीमाथि लगायो प्रतिबन्ध

काठमाडौँ । अमेरिकी सरकारले शुक्रबार थप १४ चिनियाँ कम्पनीलाई व्यापार प्रतिबन्धको सूचीमा राख्ने निर्णय गरेको छ । सिनच्याङ उइगुर क्षेत्रमा मानवअधिकार उल्लङ्घनमा उनीहरूको संलग्नता हुनुको कारण ती कम्पनीहरूलाई प्रतिबन्धको सूचीमा राखिएको एनएचके वर्ल्डले अमेरिकी वाणिज्य विभागलाई उद्धृत गर्दै सम्प्रेषित समाचारमा उल्लेख छ । धेरै चिनियाँ कम्पनीहरूले उच्च–प्रबिधि निगरानी प्रणाली प्रस्ताव गरेका कम्पनी पनि अमेरिकाको यो […]

ब्राजिललाई हराउँदै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

काठमाडौँ । अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनल खेलमा ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि हात पारेको हो । माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले गरेको एक गोल नै निर्णायक बन्यो । खेलको २२ औं मिनेटमा डी मारियाले निर्णायक गोल गरेका थिए । यससँगै कप्तान […]