भारतीय दूतावासले भन्यो : सीमाबारे भारतको धारणा नेपाललाई जानकारी गराइसक्यौं

काठमाडौं, १ माघ । भारतले नेपालसँगको सीमा विवादबारे आफ्नो धारणा नेपाल सरकारलाई जानकारी गराइसकेको बताएको छ । साथै संवादका लागि अन्तर सरकारी संयन्त्र उपयुक्त माध्यम भएको समेत उसले बताएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक विस्तार गरिरहेको बताएपछि नेपालमा आलोचना भएको छ । सत्तारुढ तथा प्रतिपक्षी दलहरुले भारतसँग कूटनीतिक संवाद गर्न र सडक […]

एनआरएनए महाधिवेशन गराउने जिम्मेवारी शेष घलेलाई

काठमाण्डौं । पूर्वअध्यक्ष शेष घलेले गैरआवासीय नेपाली संघ (एनआरएनए) महाधिवेशन गराउने जिम्मेवारी पाएका छन्। महाधिवेशन प्रतिनिधि चयनमा देखिएको विवाद बढ्दै गएको अवस्थामा एनआरएनएले एनआरएनए संरक्षक परिषद् अध्यक्ष घलेलाई उक्त जिम्मेवारी दिइएको हो। एनआरएनएले नयाँ नेतृत्व चयनका लागि हुने दसौँ महाधिवेशन सम्पन्न गर्न घले संयोजक रहेको सात सदस्यीय समिति बनाएको छ। घले नेतृत्वको समितिमा समितिमा पूर्वअध्यक्षहरू […]

किसानको बिजुलीको बिल नगरपालिकाले तिरिदिने

सिराहा, १ माघ । गोलबजार नगरपालिकाले किसानको कृषि बिजुली बिल तिर्ने निर्णय गरेको छ । कृषिमा लागत अनुसार आम्दानी नभएको निष्कर्ष निकाल्दै सो नगरपालिकाले कृषिमा किसानको लागत कम गर्न कृषिका लागि जडान गरिएको मिटरको बिल नगरपालिकाले तिरिदिने निर्णय गरेको मेयर देवनाथ साहले बताए । माघ १ गतेदेखि सो बिल तिरिदिने नगरपालिकाको तयारी रहेको बताउँदै उनले […]

आलोचनापछि योगेशले भने, ‘पत्र वाचन गर्दा खोलेको मास्क लगाउन भुलेछु’

काठमाडौं, १ माघ । नेकपा एमालेका सचिव एवम् स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख योगेश भट्टराईको यति बेला बालुवाटारमा आयोजित कार्यक्रममा मास्क नलगाएको भन्दै आलोचना भइरहेको छ । आलोचना बढेपछि भट्टराईले सो घटनाबारे स्पष्टीकरण दिएका छन् । सरकारलाई कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि ध्यानाकर्षण पत्र बुझाउन एमालेको प्रतिनिधिमण्डल बालुवाटार पुगेको थियो । सो कार्यक्रमको सार्वजनिक […]

लिपुलेक–कालापानीको बाटोबारे कूटनीतिक पहल थाल्न राप्रपाको माग

लिपुलेक–कालापानी क्षेत्रमा भारतले एकतर्फी रूपमा सडक बनाएको भन्दै राप्रपाले आपत्ति जनाएको छ। राप्रपाले लिपुलेक–कालापानी क्षेत्र नेपाली भूमि रहेकाले त्यसको अतिक्रमण र हस्तक्षेपविरूद्ध सरकारले प्रतिवाद गर्नुपर्ने बताएको छ। शनिबार विज्ञप्ति जारी गर्दै राप्रपा महामन्त्री भुवन पाठकले भारतले सार्वजनिक रूपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिदाँ समेत सरकार र सत्तारूढ गठबन्धन मौन रहेको उल्लेख गरेका छन्। ‘भारतले सार्वजनिक […]

थप ४,६३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौं, १ माघ । पछिल्लो २४ घण्टामा ४,६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,४१२ पीसीआर परीक्षणमा ३,७०३ र ४,१४४ एन्टिजेन परीक्षणमा ९३३ जना गरी ४,६३६ जनामा कोरोना संक्रमण भएको हो । मन्त्रायलका अनुसार पछिल्लफो २४ घण्टामा ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ४ जनाको […]

भगवान भरोसामा प्रियंकाको सन्तान चाहना

काठमाडौं, १ माघ । अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनस बलिउडको लोकप्रिय जोडीमा पर्दछन् । हालैमात्र यो जोडीले वेनिटी फेयरसँग परिवार योजनाबारे खुलेर कुराकानी गरेका छन् । फिल्म ‘द मेट्रिक्स’ अभिनेत्री प्रियंकाले सन्तान योजना आफ्नो भविष्यको योजनाको ठूलो हिस्सा भएको बताइन् । उनका अनुसार सन्तान जन्माउन उनलाई अहिले हतारो छैन । ‘भगवानको कृपाले […]

त्रिभुवन विश्वविद्यालयमा माघ १० सम्म पढाइ बन्द, परीक्षा नरोकिने

काठमाडौं, १ माघ । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको संक्रमण बढेको भन्दै माघ १० गतेसम्म विदा दिएको छ । विश्वविद्यालय अन्तर्गतका सबै विभाग र आंगिक क्याम्पसले हिउँदे वा वर्षे विदाबाट कट्टा गर्ने गरी अहिले माघ १० गतेसम्म विदा दिने जनाएको छ । विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गरी हाल चलिरहेको परीक्षा भने यथावत सञ्चालन गर्ने […]

करण जोहरको ‘सेल्फी’मा अक्षय र इमरान

काठमाडौं, १ माघ । बलिउड अभिनेता अक्षय कुमार र इमरान हासमीको मुख्य भूमिका रहने चलचित्र ‘सेल्फी’को घोषणा भएको छ । करण जोहरले निर्माण गर्ने यो चलचित्रमा अक्षय र इमरान एकसाथ देखिने भएका हुन् । कोरोना महामारीका बीच पनि मास्क र हेल्मेटविना मोटरसाइकलमा चढेर अक्षय र इमरानले सेल्फी लिएको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै करणले ‘सेल्फी’को […]

कटरीना–विकीको विवाहमा सलमानलाई थिएन निम्तो

काठमाडौं, १ माघ । बलिउड अभिनेत्री कटरीना कैफले अभिनेता विकी कौशलसँग धुमधामका साथ विवाह गरिन् । विवाहको तस्वीर अहिले सामाजिक सञ्जालमा आइरहेका छन् । उनीहरुको विवाह भइरहँदा त्यो विवाहमा सलमान खान परिवारको उपस्थितिलाई लिएर सबैको चासो थियो । अर्थात् सलमान खानको परिवार जान्छन् या जाँदैनन् भन्ने प्रश्न फ्यान र फिल्मकर्मीमाझ उठेको थियो । यो प्रश्नको […]