करण जोहरको ‘सेल्फी’मा अक्षय र इमरान

काठमाडौं, १ माघ । बलिउड अभिनेता अक्षय कुमार र इमरान हासमीको मुख्य भूमिका रहने चलचित्र ‘सेल्फी’को घोषणा भएको छ । करण जोहरले निर्माण गर्ने यो चलचित्रमा अक्षय र इमरान एकसाथ देखिने भएका हुन् ।

कोरोना महामारीका बीच पनि मास्क र हेल्मेटविना मोटरसाइकलमा चढेर अक्षय र इमरानले सेल्फी लिएको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै करणले ‘सेल्फी’को घोषणा गरेका हुन् । यो तस्वीरलाई अक्षय र इमरानले पनि शेयर गरेका छन् । अक्षयले इमरानसँगको तस्वीर पोस्ट गर्दै लेखेका छन्, ‘मलाई पर्फेक्ट सेल्फी पार्टनर मिल्यो ।’

इमरानले पनि अर्को एक तस्वीर पोस्ट गर्दै लेखेका छन्, ‘नयाँ लुक, नयाँ भाइव, अक्षय कुमारसँग प्रेरित हुँदै आफ्नो दिन सेल्फीका साथ शुरु गर्दैछु ।’

यसैगरी करण जोहरले फस्ट लुक भन्दै अक्षय र इमरानको तस्वीर सार्वजनिक गरेका छन् । चलचित्र ‘सेल्फी’को निर्देशन राज मेहताले गर्ने पनि उनले जानकारी दिएका छन् । चलचित्रको छायांकन चाँडै शुरु गर्ने पनि करणले बताएका छन् ।

‘सेल्फी’ मलयालम चलचित्र ‘ड्राइभिङ लाइसेन्स’को हिन्दी रिमेक हुनेछ ।

Loading...