भगवान भरोसामा प्रियंकाको सन्तान चाहना

काठमाडौं, १ माघ । अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनस बलिउडको लोकप्रिय जोडीमा पर्दछन् । हालैमात्र यो जोडीले वेनिटी फेयरसँग परिवार योजनाबारे खुलेर कुराकानी गरेका छन् ।

फिल्म ‘द मेट्रिक्स’ अभिनेत्री प्रियंकाले सन्तान योजना आफ्नो भविष्यको योजनाको ठूलो हिस्सा भएको बताइन् । उनका अनुसार सन्तान जन्माउन उनलाई अहिले हतारो छैन । ‘भगवानको कृपाले जहिल्यै हुन्छ, त्यहीबेला हुन्छ । सन्तान जन्मदैमा फिल्ममा काम नगर्ने भन्ने होइन । त्यो त्यही समयमा निर्णय हुन्छ । तर एउटा सत्य के हो भने बच्चा जन्मिएपछि जीवन पक्कै कम गतिमा बढ्छ’, उनले भनेकी छन् ।

प्रियंकाले व्यस्तताको बाबजुद पनि सन् २०२२ मा घरसँग दुरी नबढाउने प्रण गरेकी छन् । यहीकारण उनी अहिले जीवनलाई सन्तुलन बनाउने प्रयास गरिरहेकी छन् । ‘मैले अहिलेसम्म नगरेको काम गर्न चाहिरहेको छु, त्यही काम गर्न अहिले म व्यस्त छु’, उनी भन्छिन् ।

Loading...