लिपुलेक–कालापानीको बाटोबारे कूटनीतिक पहल थाल्न राप्रपाको माग

लिपुलेक–कालापानी क्षेत्रमा भारतले एकतर्फी रूपमा सडक बनाएको भन्दै राप्रपाले आपत्ति जनाएको छ।

राप्रपाले लिपुलेक–कालापानी क्षेत्र नेपाली भूमि रहेकाले त्यसको अतिक्रमण र हस्तक्षेपविरूद्ध सरकारले प्रतिवाद गर्नुपर्ने बताएको छ।

शनिबार विज्ञप्ति जारी गर्दै राप्रपा महामन्त्री भुवन पाठकले भारतले सार्वजनिक रूपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिदाँ समेत सरकार र सत्तारूढ गठबन्धन मौन रहेको उल्लेख गरेका छन्।

‘भारतले सार्वजनिक रुपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा नेपाल सरकार र सत्तारूढ गठबन्धनको पनि आश्चर्यजनक मौनता दु:खद् र रहस्यमय छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली भूमिमा भइरहेको हस्तक्षेपका बारे नेपाल सरकारले भारतसँग कूटनीतिक र राजनीतिक तहमा संवाद गरोस्।’

बाटो निर्माण कार्य रोक्न र आफ्नो भूमिको रक्षा हुने गरी समाधान निकाल्न राप्रपाले सरकारसँग माग गरेको छ।

Loading...