धादिङमा पहिरो : एक जनाको शव भेटियो, दुई जनाको अवस्था अज्ञात

काठमाडौं,२ माघ । धादिङको रुबी भ्याली गाउँपालिका–१ मा गत बिहीबार गएको पहिरोमा पुरिएकामध्ये एक जनाको शव फेला परेको छ । अन्य दुई जनाको अवस्था अझै अज्ञात छ । जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी एवम् प्रवक्ता जागेश्वर भण्डारीका अनुसार शनिबार अपराह्न डोजरका सहचालक काभ्रेका राजु तामाङको शव फेला परेको हो । राजुको शवलाई आज आफन्तको जिम्मा […]

पोखरा उडेको गुण एयरको जहाजमा प्राविधिक समस्या, पुनः काठमाडौं फर्काइयो

काठमाडौं, २ माघ । काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाई जहाजमा ‘प्राविधिक गडबडी’ भएपछि पुनः काठमाडौंमै फर्काइएको छ । अहिले प्राविधिक टोलीले जहाज जाँच गरिरहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले प्राविधिक गडबडी आएपछि जहाज फर्किएको र प्राविधिक टोलीले जाँच गरिरहेको जानकारी दिए । उनले भने, ‘कस्तो खालको प्राविधिक गडबडी […]

उपेन्द्र र बाबुरामबीच खटपट

काठमाडौं, २ माघ । विभाजन भएको ६ महिनामै जनता समाजवादी पार्टी ९जसपा० मा गम्भीर विवाद देखिएको छ। जसपा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवबीचको मतभेदले पार्टीमा स्पष्ट रूपमा दुई गुट देखिएको छ। भट्टराई पक्षधर नेताले उनलाई कार्यकारी अधिकार सहित कार्यकारिणी समितिको अध्यक्ष र अशोक राईलाई संघीय परिषद्को अध्यक्ष बनाउनुपर्ने माग […]

बेलायतसँग ऐतिहासिक श्रम सम्झौता हुँदै, श्रमिकले शुल्क बुझाउनु नपर्ने

काठमाडौं, २ माघ । सरकारले बेलायतसँग श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्स पठाउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले काम, पारिश्रमिक तथा सेवासुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुक खोजी गर्ने क्रममा बेलायतसँग गरेको अनौपचारिक छलफल र शुक्रबार दुई पक्षबीच भएको औपचारिक छलफलबाट बेलायतसँग श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली […]

सुर्खेतमा एकै परिवारका ४ जना मृत भेटिए

सुर्खेत, २ माघ । सुर्खेतको वीरेन्द्रनगरमा एकै पारिवारका चारजना मृत अवस्थामा भेटिएका छन् । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेमा एकै परिवारका चार जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा शिवालय गाउँपालिका ४, जाजरकोटकी ३५ वर्षीया कल्पा बुढासँगै उनका ९ […]

टेस्ट कप्तानबाट विराट कोहलीले दिए राजीनामा

काठमाडौँ– भारतीय टेस्ट टिमको कप्तानबाट विराट कोहलीले राजीनामा दिएका छन्। दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टेस्ट सिरिज गुमाएसँगै कोहलीले टेस्टको कप्तानबाट राजीनामा दिएका हुन्। कोहलीले राजीनामा दिँदै भने‚ ‘टिमलाई सही दिशा दिन मैले ७ वर्ष देखि दैनिक कडा मेहनत गरेको थिएँ। मैले आफ्नो काम इमान्दारीपूर्वक पूरा गर्न कुनै कसर बाँकी राखिनँ तर जुनसुकै चिजको कुनै न […]

जेनिस बने भ्वाइस अफ किड्सका पहिलो विजेता

काठमाडौं । हिमालयन टेलिभिजनद्वारा सञ्चालित द भ्वइस अफ किड्समा जेनिस उप्रेती विजयी भएका छन् । काेच प्रमोद खरेलको टिमबाट फाइनलमा पुगेका उनले उपाधि चुमेका हुन्। अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट टिम प्रमोदबाट अन्तिम प्रतिस्पर्धामा पुगेका जेनिशले जितेका हुन् । ससाना बालबालिकाको प्रतिभालाई उजागर गर्ने उद्देश्यले द भ्वाइस अफ् किड्स सञ्चालन गरिएको थियो ।  विजयीले नगद […]

सीमा विवाद सुल्झाउन वार्ता र संवाद नै उपयुक्त माध्यम : भारत

काठमाण्डौं । नेपालको भूमि लिपुलेकमा भारतले एकपक्षीय रूपमा सडक निर्माण गरेपछि त्यसबारे चौतर्फी विरोध भइरहेको छ । नेपालका प्रमुख राजनीतिक दलहरूले औपचारिकरुपमा यसबारे आपत्ति जनाइसकेका छन् । विरोधका स्वरहरू बढ्न थालेपछि नेपाल भारतको सीमा समस्याबारे भारतीय दूतावासले प्रस्टीकरण दिएको छ । दूतावासका प्रवक्ताले दिएको प्रतिक्रियामा भारत नेपाल सीमाका सम्बन्धमा भारत सरकारको धारणा सार्वजनिक रूपमा यथावत् […]

प्रचण्ड र माधवले घात गरेर काँग्रेसलाई सत्ता चढाए : प्रदीप ज्ञवाली

रौतहट, १ माघ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले घात गरेर काँग्रेसको पाउमा सत्ता चढाएको आरोप लगाएका छन् । उनीहरुले सत्ता स्वार्थका लागि एमालेलाई घात गरी काँग्रेसको पाउमा सत्ता चढाएको बताए । शनिबार रौतहटको मौलापुर नगरपालिकाको मर्यादपुर आयोजित दलित वस्ती उद्घाटन समारोहमा बोल्दै ज्ञवालीले दुई […]

चेलिबेटी बेचबिखनको कथामा हरिवंश र स्वस्तिमाको ‘कर्कलो कोक्याउला’

काठमाडौं, १ माघ । अभिनेता, गायक तथा निर्देशक हरिवंश आचार्यले पछिल्लो समय सार्वजनिक गरेका अधिकांश गीतमा सामाजिक कथा समेटिएका छन् । हरिवंशले मानिसको जीवनसँग जोडिएका गीतदेखि समाजमा चेतना जगाउने गीतलाई प्राथमिकतामा राखेको देख्न सकिन्छ । यसैबीच, हरिवंशको नयाँ गीत ‘कर्कलो कोक्याउला’को भिडियो बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । यो गीतले चेलिबेटी बेचबिखनको […]