जेनिस बने भ्वाइस अफ किड्सका पहिलो विजेता

काठमाडौं । हिमालयन टेलिभिजनद्वारा सञ्चालित द भ्वइस अफ किड्समा जेनिस उप्रेती विजयी भएका छन् । काेच प्रमोद खरेलको टिमबाट फाइनलमा पुगेका उनले उपाधि चुमेका हुन्।

अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट टिम प्रमोदबाट अन्तिम प्रतिस्पर्धामा पुगेका जेनिशले जितेका हुन् । ससाना बालबालिकाको प्रतिभालाई उजागर गर्ने उद्देश्यले द भ्वाइस अफ् किड्स सञ्चालन गरिएको थियो । 

विजयीले नगद १५ लाख प्राप्त गरेका छन् । यो कन्सर्टले बालबालिकाको गाएकीलाई थप मलजल गरेको छ । आगामी दिनमा पनि यस्ता कन्सर्ट गराउनका निम्ति अभिभावकले आह्वान गरेका छन् ।

हरेक शुक्रबार र शनिबार राति ८ बजेदेखि योे शोे हिमालय टिभीमा प्रशारण भइरहेको थियो । 

 

Loading...