बैतडीमा बस दुर्घटना, ८ जना घाइते

धनगढी, १३ माघ । बैतडीमा यात्रु बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । ना ७ ख २५७० नम्बरको बस मेलौली नगरपालिका–२ स्थित पाटन–पञ्चेश्वर सडकखण्डमा बिहान करिब ६ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मेलौली नगरपालिका–१ को कमलापति भट्ट, कञ्चनपुरको वेदकोट नगरपालिका बस्ने २१ वर्षीय पुजा भट्ट, मेलौली ९ बस्ने ३९ वर्षीय […]

बालाजु औद्योगिक क्षेत्रभित्र ग्यास बुलेटमा च्यापिएर चालकको मृत्यु

काठमाडौं, १३ माघ । काठमाडौंको बालाजुमा ग्यास बुलेटमा च्याप्दा एकजना चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय दिलिप राजवंशी रहेका छन् । आज बिहान करिब पौने चार बजे बालाजु औद्योगिक क्षेत्र भित्र पार्किङ गरेर सिसा पुछ्दै गर्दा ग्यास बुलेट अचानक गुडेर अगाडि बढेपछि भारतीय नम्बरकै अर्को ग्यास बुलेटमा उनी च्यापिएका थिए […]

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । केन्द्रीय तथ्यांक विभागले एक महिनाअघि सम्पन्न १२औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रारम्भिक विवरण सार्वजनिक गर्दै महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ रहेको र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको […]

एमालेले गुमायो ७ सिट, कांग्रेसलाई ३ सिट फाइदा

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा सत्तागठबन्धनलाई फाइदा पुगेको छ । राष्ट्रियसभाका रिक्त १९ सिटमा भएको निर्वाचनमा सत्ता गठबन्धन हाबी भयो । राष्ट्रियसभाका कांग्रेसको ३ सिट थपिएको छ । माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीलाई एक–एक सिट थपेका छन् । २४ सिट रहेको नेकपा एमाले अब १७ सिटमा खुम्चिएको छ । सत्तागठबन्धनमा रहेका दल नेपाली कांग्रेस, नेकपा […]

मत बराबर भएर गोलाप्रथाबाट पराजित भए एमालेका उम्मेदवार

विराटनगर । प्रदेश १ राष्ट्रियसभा सदस्यमा नेकपा एमाले उम्मेदवार साेनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् । अल्पसंख्यक काेटाबाट उम्मेदवार बनेका उनले ४ हजार ७ सय ५२ मतभार प्राप्त गरे । गठबन्धनका तर्फबाट उम्मेदवार हेमराज राईले ४३६८ मत प्राप्त गरे । राई […]

राष्ट्रियसभा निर्वाचनमा १८ जनप्रतिनिधिले गरेनन् मतदान

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा २००७ मतदाताले मतदान गरेका छन् । बुधबार भएको मतदानमा २०२५ मतदातामध्ये २००७ जनाले मतदान गरेका निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । यस अनुसार १८ जना जनप्रतिनिधि मतदान गर्न अनुपस्थित भए । राष्ट्रियसभाका १९ सदस्य चयनका लागि नौ दलका ४३ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रकाशको चलचित्रको पर्खाइ

काठमाडौं, ११ माघ । कोरोना महामारी हुँदैनथ्यो त लोकप्रिय गायक प्रकाश सपूतलाई दर्शकले सिनेमा हलको पर्दामा हेरिसकेका हुन्थे । उनको पहिलो चलचित्र ‘परदेशी २’ निर्माण सम्पन्न भएको लामो समय भइसक्दा पनि कोरोना महामारीका कारण प्रदर्शन हुन नपाउँदा दर्शकहरुले उनलाई ठूलो पर्दामा हेर्न पाएका छैनन् । ‘परदेशी २’ २०७७ सालको दशैंमा प्रदर्शन गर्ने योजनाका साथ छायांकन […]

दार्चुलामा एक जना मृत फेला, हत्याको आशंका

  दार्चुला, ११ माघ । दार्चुलाको ब्यास गाउँपालिका–४ डोकटमा एक जना मृत फेला परेका छन् । स्थानीय ५३ वर्षीय आनसिंह विष्ट माघ ७ गते बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए । डोकट गाउँमा एक जना मृत फेला परेको जानकारी आएपछि सुन्सेरा प्रहरी चौकीबाट घटनास्थलमा […]

अक्षय कुमारले मुम्बईमा किने नयाँ आलीशान अपार्टमेन्ट

मुम्बई, ११ माघ । बलिउड अभिनेता अक्षय कुमारले हालै मुम्बईमा नयाँ आलीशान अपार्टमेन्ट खरिद गरेका छन्। उनले समुन्द्री किनारमा रहेको जोय लेजेन्ड भवनको १९ औं तलामा १८७८ वर्ग मिटरमा फैलिएको आलीशान फ्लाट खरिद गरेका हुन्। उनका यो अपार्टमेन्ट ‘प्राइम बीच’ बिल्डिङमा छ। जो समुद्र किनारमा रहेको छ। उनको फ्लाटबाट समुद्रको सुन्दरता देख्न पाइन्छ। आफ्नो नयाँ […]

माघ १५ देखि २० गतेसम्म विद्यालय खुल्ने

काठमाडौं, ११ माघ । विद्यार्थीहरूलाई कोरोनाविरूद्ध खोप लगाउन सरकारले माघ १५ देखि २० गतेसम्म विद्यालय खोल्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभरका विद्यालय छ दिन खुल्ने र त्यो बेला सबै विद्यार्थीलाई खोप लगाउनुपर्ने बताएको छ। कोरोना बढेपछि सरकारले विद्यालय बन्द गरेको थियो। मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार स्थानीय तह र स्वास्थ्य चौकीसँग समन्वय […]