जुम्ला, १३ माघ । जुम्लामा संकलन पुर्जी र छुट पुर्जीबिना लैजाँदै गरेको जडिबुटी प्रहरीले नियन्त्रणमा लिएको छ। पातारासी गाउँपालिका–३ उर्थुचौतारामा गढीगाउँदेखि सदरमुकाम खलंगातिर आउँदै गरेको जडिबुटी बोकेका दुई ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो। चेकजाँचका क्रममा संकलन पुर्जी नभेटिएको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । उनले भने, ‘दुवै ट्याक्टरमा ल्याएको जडिबुटी नियन्त्रणमा लिएर डिभिजन वन […]
Author: Nonstop Khabar
७ अभिनेत्री, जो विवाहपछि अभिनयबाट भए टाढा
काठमाडौ, १३ माघ । बलिउडमा केही अभिनेत्री विवाहपछि पनि अभिनयमा सक्रिय छन् । कोही भने विवाहपछि अभिनय टाढा रहेका छन् । विवाहपछि अभिनयमा टाढा रहने बलिउड यी हुन् ७ अभिनेत्री । सायरा बानो ८० को दशककी सबैभन्दा चर्चित अभिनेत्री थिइन् सायरा बानो । अभिनेता दीलिप कुमारसँग विवाह गरेपछि भने उनी अभिनयबाट टाढा रहिन् । भाग्यश्री […]
लता मंगेशकरको स्वास्थ्यमा केही सुधार, अझै आईसीयूमै राख्नुपर्ने
काठमाडौं, १३ माघ । वरिष्ठ भारतीय गायिका लता मंगेशकरको स्वास्थ्य अवस्थामा केही सुधार आएको छ । बिहीबार लता मंगेशकरको अफिसियल ट्वीटर ह्याण्डलमार्फत उनको स्वास्थ्य अवस्थाबारे पछिल्लो जानकारी गराइएको छ । कोरोना संक्रमण भएपछि करिब १५ दिनदेखि उनको मुम्बईको ब्रीच क्याण्डी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । बिहीबार बिहान केहीबेर भेन्टिलेटर हटाएर ट्रायल गर्दा स्वास्थ्यमा सुधारको […]
टेलिभिजनकी नागिनले गरिन् विवाह
काठमाडौं, १३ माघ । बलिउड अभिनेत्री तथा टेलिभिजन स्टार मौनी राय वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले बिहीबार आफ्ना प्रेमी सुरज नाम्बियारसँग गोवामा विवाह गरेकी हुन् । दुवैका परिवारका सदस्य र नजिकका साथीहरुको उपस्थितिमा मलयाली र बंगाली रीतिरिवाजअनुसार उनीहरुको विवाह भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सुरज दक्षिण भारतीय हुन् । टीभी सिरियलकी ‘नागिन’को रुपमा […]
अन्य कम्पनीको भिडियोमा देखिन थाले पल र मलिका
काठमाडौं, १३ माघ । ‘फूलबुट्टे सारी’ बोलको गीत हिट भएपछि केन्द्र मोसन पिक्चर्सले अभिनेता पल शाह र अभिनेत्री मलिका महतसँग नयाँ खालको सम्झौता गर्यो । सम्झौता अनुसार पल र मलिकाले केन्द्र मोसनभन्दा बाहिरको भिडियोमा एकसाथ काम गर्न नपाउने भन्ने थियो । यसपछि पल र मलिकाले केन्द्र मोसनकै भिडियोमा मात्र काम गरे । अब भने यी […]
‘समीक्षाजी पलसँगको वास्तविकता कहिले बाहिर ल्याउने ?’
काठमाडौं, १३ माघ । गायिका समीक्षा अधिकारी र अभिनेता पल शाह यतिबेला मिडियामा चर्चामा छन् । यी दुबै बीचको सम्बन्धको बिषय मिडियामा गसिफ बनिरहेको छ । यी दुईका सम्बन्धको बिषयमा मिडियाको समाचारका बिषय भएको पहिलो भने होइन । केही अगाडि पनि यस्तै समाचार मिडिया छाएका थिए । सो समाचारमा ब्रेक २४ अक्टोबर २०२१ मा गायिका […]
यस्ता छन् बलिउडका ६ विवादित चुम्बन
काठमाडौं, १३ माघ । बलिउडमा बेला बेलामा ‘चुम्बन’ले ठुलै विवाद निम्त्याउने गरेको छ । अभिनेत्री शिल्पा शेट्टीदेखि करिना कपुर खान र बिपाशा बसुसम्म चुम्बन विवादमा परिसकेका छन् । चुम्बन विवादमा फसेका यी हुन् बलिउड अभिनेत्री । शिल्पा शेट्टी– रिचर्ड गेरे सन् २००७ को एक एड्स सचेतना कार्यक्रममा अभिनेत्री शिल्पा शेट्टीलाई हलिउड अभिनेता रिचर्ड गेरेले […]
दीपिकाको ‘गहराइयाँ’को ‘डुबे’ गीत रिलिज
काठमाडौं, १३ माघ । बलिउड अभिनेत्री दीपिका पादुकोणको प्रमुख भूमिका रहेको चलचित्र ‘गहराइयाँ’को पहिलो गीत रिलिज गरिएको छ । सोनी म्युजिक इण्डियाले यो चलचित्रको ‘डुबे’ गीत सार्वजनिक गरेको हो । केही समय पहिले नै टिजर सार्वजनिक भइसकेको यो गीतमा दीपिका र अभिनेता सिद्धान्त चतुर्वेदी रोमान्टिक मुद्रामा देखिएका छन् । गीतमा उनीहरु प्रेममा डुबेको भाव देखाइएको […]
सुबानीको स्वरसँगै अभिनयमा ‘समय’
काठमाडौं, १३ माघ । गायिका सुबानी मोक्तानले नयाँ गीत सार्वजनिक गरेकी छन् । ‘नेपाल आइडल सिजन ४’को निर्णायक समेत रहेकी सुबानीले बुधबार ‘समय’ बोलको गीत सार्वजनिक गरेकी हुन् । सुबानीकै शब्द, संगीत र स्वर रहेको गीतको भिडियोमा उनी आफैंले अभिनय गरेकी छन् । गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका छन् । निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा […]
टेलिसिरियलले पाउन थाले युट्युबमा करोड भ्युज
काठमाडौं, १३ माघ । चलचित्र र म्युजिक भिडियो करोड क्लबमा प्रवेश गर्नु नौलो कुरा रहेन । थुप्रै नेपाली चलचित्र र म्युजिक भिडियोले युट्युबमा करोड भ्युज पार गरेका छन् । यसैबीच, पछिल्लो समय टेलिसिरियललाई समेत युट्युबमा करोड बढी हेर्न थालिएको छ । यसले युट्युबमा टेलिसिरियल हेर्ने दर्शकको क्रेज बढेको मूल्यांकन गर्न सकिन्छ । युट्युबमा टेलिसिरियल हेर्ने […]











