काठमाडौं, १४ माघ । डेढ वर्षयता अभिनेता पल शाह र मोडल दुर्गेश थापाको सम्बन्ध एकदमै निकट देखियो । पलले दुर्गेशकै ‘आलुजस्तो गायक’, ‘बीच्च बीच्चमा ५’, ‘बहिष्कार’ लगायतका गीतको भिडियोमा अभिनय गरे । ‘हे माया’, ‘भिटामिन यू’, ‘तामा पित्तल’ जस्ता यी दुईको सहकार्य रहेका एकपछि अर्को म्युजिक भिडियो समेत सार्वजनिक भए । कतिपय ठाउँमा राहत सामग्री […]
Author: Nonstop Khabar
फेसबुकबाट महिलालाई धम्की दिने युवक पक्राउ
काठमाडौं, १४ माघ। नेपाल प्रहरीको साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनअन्तर्गत फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की रुपा गाउँपालिका-७ सिस्नेरी बस्ने ३१ वर्षीय मुक्ति खनाल रहेका छन् । उनलाई वैदेशिक रोजगारबाट फर्कने क्रममा शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । उनले वैदेशिक […]
युक्रेनसँग युद्ध चाहन्नौं : रुसी विदेश मन्त्री
काठमाडौं, १४ माघ । रुसका विदेशमन्त्री सर्गेइ ल्याभरोभले आफूहरू युक्रेनसँग युद्ध गर्न नचाहेको बताएका छन् । शुक्रबार रुसी रेडियोसँग कुरा गर्दै विदेशमन्त्री ल्याभरोभले रुसले युक्रेनसँग युद्ध गर्न नचाहेको बताएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना रुसले युक्रेनमा हमला गर्न सक्ने बताएलगत्तै ल्याभरोभको यस्तो प्रतिक्रिया आएको हो । बिहीबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भएको […]
एकैदिन १० जनाको मृत्यु, थप ६,८२७ जनामा कोरोना संक्रमण
काठमाडौं, १४ माघ । पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना […]
१८ वर्षमाथिका ७० प्रतिशतले पाए कोरोनाको पूर्ण खोप, ३ लाखलाई बुस्टर डोज
काठमाडौं, १४ माघ । सरकारले नेपालमा १८ वर्षभन्दा माथि उमेर समूहका ७० प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्णमात्रा खोप पाएको दावी गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले विज्ञप्ति जारी गरी १८ वर्षमाथिका ७० प्रतिशतले पूर्ण र ८३ प्रतिशत नागरिकले कम्तीमा एक मात्रा खोप लगाएको बताएका छन् । त्यस्तै, १२ वर्षदेखि १७ वर्षसम्मका १८ […]
विद्यालय सञ्चालन गर्न दिन प्याब्सनको माग
बुटवल, १४ माघ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) रुपन्देहीले विद्यालय सञ्चालनको वातावरण बनाइदिन सम्बन्धित निकायसँग माग गरेको छ । प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अन्य सबै क्षेत्र खुला रहेको भन्दै विद्यालय पनि खुल्न दिएर भौतिकरुपमै पठनपाठन हुने व्यवस्थाका लागि सरोकारवालासँग माग गरेका हुन् । ‘एसईई र वार्षिक परीक्षा नजिकै […]
न्याय सेवा आयोगको बैठक बोलाइयो
काठमाडौं, १४ माघ । शुक्रबार २ बजेका लागि न्याय सेवा आयोगको बैठक बोलाइएको छ । जिल्ला न्यायाधीशको परीक्षाको नतिजाबारे छलफल गर्न बैठक बोलाइएको स्रोतको भनाइ छ । आयोगमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी […]
वर्ल्डलिङ्कको इन्टरनेट रिफर गर्ने र पाउने दुवैलाई नेटटिभी सहित १ महिनाको इन्टरनेट निःशुल्क
काठमाडौं, माघ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आकर्षक इन्टरनेट अफर सार्वजनिक गरेको छ । कम्पनीले रिफर गर्ने र पाउने दुवैलाई आईपीटिभी सहित निःशुल्क एक महिनाको इन्टरनेट प्याकेज दिने गरी यो अफर ल्याएको हो । बुधबारदेखि सुरु भएको यो अफरमा वर्ल्डलिङ्कका जुनसुकै विद्यमान ग्राहकले कम्पनीको इन्टरनेट जडान गर्नका लागि आफ्ना साथीभाइ […]
निर्मातालाई दिएको धम्कीका कारण कार्तिक आर्यन विवादमा
काठमाडौं, १३ माघ । बलिउड अभिनेता कार्तिक आर्यन पुनः विवादमा तानिएका छन्। चलचित्र छोड्ने धम्कीका कारण पछिल्लो पटक उनी विवादमा तानिएका हुन्। उनले साउथ स्टार अल्लु अर्जुनको ‘अला वैकुण्ठपुरमलो’मा काम नगर्ने धम्की दिएपछि विवादित बनेका हुन्। कार्तिक केही समयअघि निर्माता करण जोहरसँगको विवादका कारण चर्चामा आएका थिए। यही विवादका कारण करणले कार्तिकसँग काम नगर्ने निर्णय […]
युक्रेन संकटमा एक्लो भयो अमेरिका, चीन पनि रुसकै समर्थनमा
काठमाडौं, १३ माघ । युक्रेन संकटमा अमेरिका अब एक्लो भएको छ । अमेरिकालाई चीनको साथ मिल्ने आशा अब समाप्त भएको छ । चीन अब रुसको पक्षमा खडा भएको छ । रुसको समर्थन गर्ने चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘उचित सुरक्षा चिन्तालाई गम्भीरतापूर्ण रुपमा लिन आवश्यक छ र समस्याको समाधान निकाल्न आवश्यक छ ।’ अमेरिकी विदेश […]











