७ अभिनेत्री, जो विवाहपछि अभिनयबाट भए टाढा

काठमाडौ, १३ माघ । बलिउडमा केही अभिनेत्री विवाहपछि पनि अभिनयमा सक्रिय छन् । कोही भने विवाहपछि अभिनय टाढा रहेका छन् । विवाहपछि अभिनयमा टाढा रहने बलिउड यी हुन् ७ अभिनेत्री ।

सायरा बानो
८० को दशककी सबैभन्दा चर्चित अभिनेत्री थिइन् सायरा बानो । अभिनेता दीलिप कुमारसँग विवाह गरेपछि भने उनी अभिनयबाट टाढा रहिन् ।​

भाग्यश्री
अभिनेता सलमान खानसँग फिल्म ‘मैने प्यार किया’ मा काम गरेर भाग्यश्री रातारात चर्चामा शिखरमा छाएकी थिइन् । तर अभिनेता हिमालय दासानीसँग विवाह गरेपछि भने उनले अभिनयबाट बिदा लिइन् ।

नीतु कपुर
अभिनेत्री नीतु कपुरले बलिउडमा कयौ सुपरहिट फिल्म दिएकी छन् । अभिनेता ऋषि कपुरसँग विवाह गरेपछि नीतुले अभिनयबाट ब्रेक लिएकी हुन् ।

सोनाली बेन्द्रे
सोनाली बेन्द्रे एक समय बलिउडकी टप अभिनेत्रीमा पर्दथिन् । २००४ मा विवाह बन्धनमा बाँधिएपछि उनी अभिनयबाट टाढा भइन् । विवाह पछि उनले अभिनय भन्दा फ्यामिली महत्वपुर्ण ठानेकी छन् ।

असिन
अभिनेत्री असिनले थोरै समयमा बलिउडमा राम्रो नाम कमाएकी थिइन् । २०१६ मा राहुल शर्मासँग विवाह गरेपछि भने उनी बलिउडबाट टाढा भइन् ।

मीनाक्षी शेषाद्र्री
बलिउड अभिनेत्री मीनाक्षी शेषाद्री एक समयकी टप अभिनेत्री हुन् । चर्चाको शिखर चुमेपछि भने उनले विवाह गरेर अभिनय छाडिन् ।

Loading...