अक्षय कुमारले मुम्बईमा किने नयाँ आलीशान अपार्टमेन्ट

मुम्बई, ११ माघ । बलिउड अभिनेता अक्षय कुमारले हालै मुम्बईमा नयाँ आलीशान अपार्टमेन्ट खरिद गरेका छन्।

उनले समुन्द्री किनारमा रहेको जोय लेजेन्ड भवनको १९ औं तलामा १८७८ वर्ग मिटरमा फैलिएको आलीशान फ्लाट खरिद गरेका हुन्।

उनका यो अपार्टमेन्ट ‘प्राइम बीच’ बिल्डिङमा छ। जो समुद्र किनारमा रहेको छ। उनको फ्लाटबाट समुद्रको सुन्दरता देख्न पाइन्छ। आफ्नो नयाँ फ्लाइटको बारेमा ट्विङ्कल खन्नाले भनिन्,‘ समुद्रको आसपास जति पनि सुन्दरता हुन्छ त्यसको सबै मजा घरको रेलिङबाट सूर्यस्तसम्म लिन पाइन्छ।’

कोइमोईको रिपोर्ट अनुसार अक्षय कुमारले उक्त नयाँ फ्लाट ७.८ करोड भारतीय रूपैयाँमा जनवरी पहिलो साता खरिद गरेका हुन्।

उनले खरिद गरेको फ्लाटमा चार वटा अत्याधुनिक लक्जरी कोठा छन्। चार वटा कार पार्किङ गर्न मिल्ने ठाउँ छ।

नयाँ खरिद गरेको घरमा उनी आफ्नी पत्नी ट्विङ्कल खन्ना, छोरी नितारा र छोरा आरवसँगै बस्नेछन्।

अक्षय कुमारले खरिद गरेको यो दोस्रो घर हो।

यसअघि आफूलाई फोटो खिच्न नदिएर सुरक्षा गार्डले हप्काएर निकालेको घर नै उनले खरिद गरेका थिए।

उनी त्यो बेला बलिउडमा आइसकेकै थिएनन्। उनी त्यो बेला एक चिरपरिचित फोटोग्राफरका ‘असिस्टेन्ट’ थिए।

उनी ती फोटोग्राफरसँग उनको हाल घर भएको ठाउँ (जुहु बिच) मा फोटा खिच्ने काममा सघाइरहेका थिए। अक्षयलाई यो कामका लागि पैसाको साटो यहीँ फोटो सुट गर्न पाए हुन्थ्यो भन्ने लागेको थियो।

‘काम थालेको चार(पाँच महिनापछि मैले फोटोग्राफरलाई तिमी अन्यथा सोच्दैनौं भने मलाई कामको पैसा नदेऊ, बरू यहाँ मेरो फोटो सुट गरिदेऊ भनेँ,’ अक्षयका भनाइ उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ।

अक्षयका अनुसार उनीहरू दुई जना जुहु बिच गए र त्यहाँ एउटा पुरानो ठूलो घर देखे।

‘म तुरून्तै त्यो घरको बरन्डाजस्तो भागमा बसेँ र उनले मेरा फोटा खिच्न थाले,’ अक्षयले भनेका छन्, ‘तर त्यो घरका सुरक्षा गार्डले हामीलाई देखे र हामीतिर आए। उनले हामीलाई हप्काउँदै बाहिर निकाले।’

उनका अनुसार त्यति बेलासम्म उनीहरूले तीन–चार वटा फोटा खिचिसकेका थिए।

यो घटनापछि मेरो कुनै योजना त थिएन। तर आज म जुन घरमा बसिरहेको, जहाँ बसेर यो भिडिओ बनाइरहेको छु, म त्यसरी निकालिएको घर यहीँ ठाउँमा थियो, उनले भिडिओमा पहिले त्यहीँ खिचेको फोटो देखाउँदै भनेका छन्।

अक्षयका अनुसार पछि त्यो पुरानो भवन भएको ठाउँमा नयाँ घर बन्यो र अक्षयले त्यो नयाँ घर किनेका थिए।

Loading...