चितवन, ४ बैशाख २०८० ।राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका गाडी चालक ३९ वर्षीय शम्भु भनिने दिलबहादुर थापा गम्भीर घाइते भएका छन् । घरको छतबाट खसेको अवस्थामा उनलाई उद्धार गरी अस्पताल पुर्याइएको छ । सोमबार विहान करिब ४ बजे भरतपुर-११ स्थित लामिछाने बस्ने ३ तले घरको छतबाट खसेर गम्भीर घाइते भएका चालक थापाको पुरानो मेडिकल […]
Author: Nonstop Khabar
लेखकहरू गुणस्तरभन्दा गोटास्तरमा बढी केन्द्रित देखिन्छन् : दाहाल
काठमाडौं, ३ बैशाख २०८० । ऐतिहासिक जिल्ला सिन्धुलीको भीमस्थानमा कृष्णप्रसाद दाहाल र टंककुमारी दाहालको कोखबाट जन्मिनुभएका रमेश दाहाल विगत एक दशकदेखि सम्पादन कार्यमा तल्लिन हुनुहुन्छ । उहाँले धेरै कथासंग्रह, निबन्ध, उपन्यास, संस्मरण, कविता, गजल मुक्तकलगायत विधाका कृति सम्पादन गर्नुभएको छ । गीत, कवितामा कलम चलाउनुहुने दाहालका दुईवटा गजलसंग्रह प्रकाशित छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज […]
मध्यपुर थिमीमा २७ वर्षीय सुजनको जिब्रो छेडेर जात्रा मनाइयो
भक्तपुर, २ बैशाख २०८० । भक्तपुरको मध्यपुर थिमीस्थित बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ । प्रत्येक नयाँ वर्षको दोश्रो दिन बोडेमा हुँदै आएको यो जात्रा शनिवार भव्यरुपले सम्पन्न भएको हो । परापूर्व कालमा एउटा राक्षसले यो क्षेत्रमा निकै दुःख दिएपछि त्यसलाई सबै मिलेर लखेटेको सङ्केतको रूपमा जिब्रो छेड्ने जात्राको शुरुवात भएको बिश्वास गरिन्छ । जात्राको […]
सिन्दुरमय बन्यो मध्यपुर थिमि
भक्तपुरको ऐतिहासिक बिस्का: जात्राको अवसरमा मध्यपुर थिमिमा हुँदै आएको सुथसिया अर्थात सिन्दुर जात्रा सम्पन्न भएको छ । आ–आफ्ना टोलका ईष्ट देवी देवताका खटसहित जम्मा भएका हजारौं स्थानीयले एक आपसमा सिन्दुर छरेर जात्रा मनाएका हुन् । ३२ खट्को जात्रा पनि भनिने यो जात्रामा मध्यपुर थिमि क्षेत्रका विभिन्न स्थानीय इष्ट देवी देवताका ३२ खट् बालकुमारी परिसरमा भेला […]
पूर्व मन्त्री पुन निवासमा गोली चल्दा पुनको आमा घाइते
ललितपुर, २ बैशाख २०८० । गोली लागि पूर्व मन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनकी ७४ वर्षीया आमा तीर्थमाली पुन घाइते हुनुभएको छ । शुक्रवार राति प्रहरीको गोली पड्केर उहाँ घाइते हुनुभएको हो । नेपाल प्रहरीका हवल्दार प्रकाश पुन मगरले बोकेको पेस्तोलबाट अचानक गोली निस्केर उहाँको खुट्टामा लागेको र उहाँको ट्रमा सेन्टरमा […]
माओवादीका मन्त्रीहरुले हप्तामा २ घण्टा जनतासंग अन्तरक्रिया गर्नैपर्ने नयाँ कार्यतालिका तय
काठमाडौं, १ बैशाख २०८० । राजकीय जिम्मेवारीमा रहँदा पार्टी संग जनता जोडिन नसकेको निष्कर्ष सहित नेकपा (माओवादी केन्द्र)ले अब जनतासँग नियमित भेटघाट तथा अन्तरक्रिया शुरु गरेको छ । नयाँ वर्षको अवसर पारेर माओवादी केन्द्रले जनता संग जोडिने नयाँ कार्ययोजना शुक्रबर बाट कार्यान्वयनमा ल्याएको हो । कार्ययोजनाको पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुरुआत […]
आज फेरिएकोछ दिन, वर्ष अनि दशक
निराजन सिलवाल । भक्तपुर, १ बैशाख २०८० । केवल दिन मात्र फेरिएको हुदो हो त भित्तेपात्रोमा साल मात्र फेरिएको भए नि क्यै थिएन, तर, आज फेरिएको छ दिन, वर्ष अनि दशक । अलबिदा ७०! समय र भविष्य (प्रथम प्रहर) समयको त्यो प्रहरमा, नव जोश,नव उमंग लिएर जब तिमी आयौ साथमा हौसला र हिम्मत थप्दै गयौं […]
नयाँ वर्ष २०८० शुरु
काठमाडौं, १ बैशाख २०८० । विक्रमादित्यले प्रचलनमा ल्याएको बिक्रम सम्बतले आज बाट अर्को वर्ष प्रवेश गरेको छ । आज बाट नयाँ वर्ष २०८० शुरु भएको हो । बिक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको भएपनि यसलाई नेपालमा सबैले स्वीकार गर्दै आएका छन् । नेपालमा औपचारिक कामकाजको पात्रोको रुपमा रहेको बिक्रम सम्बतको नयाँ वर्ष २०८० […]
नेपाल उद्योग वाणिज्य महासङ्घ अध्यक्षको जिम्मेवारीमा चन्द्रप्रसाद ढकाल
काठमाडौं, १ बैशाख २०८० । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित हुनुभएको छ । महासङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार आजसम्पन्न ५७ औँ साधारणसभामार्फत महासङ्घको २०औँ अध्यक्षमा उहाँ निर्वाचित हुनुभएको हो । अध्यक्ष शेखर गोल्छामार्फत् पद तथा गोपनीयताको शपथ लिएर उहाँले महासङ्घको अध्यक्षको जिम्मेवारीको यात्रा सुरु गर्नुभएको हो । सपथपछि […]
ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न प्रधानमन्त्री प्रचण्डको आग्रह
काठमाडौं, १ बैशाख २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न आग्रह गर्नुभएको छ । लगानी बोर्ड नेपालको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “दीगो विकासको लक्ष्यलाई समयमै प्राप्त गरी उच्च मध्यम आयको मुलुकमा स्तरोन्नति हुन हामीलाई ठूलो लगानीको आवश्यकता छ ।” उहाँले वैदेशिक पुँजी तथा प्रविधि भित्र्याएर स्वदेशमै […]











