पूर्व मन्त्री पुन निवासमा गोली चल्दा पुनको आमा घाइते

ललितपुर, २ बैशाख २०८० । गोली लागि पूर्व मन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनकी ७४ वर्षीया आमा तीर्थमाली पुन घाइते हुनुभएको छ । शुक्रवार राति प्रहरीको गोली पड्केर उहाँ घाइते हुनुभएको हो  ।

नेपाल प्रहरीका हवल्दार प्रकाश पुन मगरले बोकेको पेस्तोलबाट अचानक गोली निस्केर उहाँको खुट्टामा लागेको र उहाँको ट्रमा सेन्टरमा उपचार भइरहेको बताइएको छ ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी दीपेन्द्र जिसीले गोली अञ्जानमा पड्किएको प्रारम्भिक रिपोर्ट प्राप्त भएको प्रतिक्रिया दिनुभएको छ । नातेदार रहेका प्रहरी हवल्दार नयाँ वर्ष मनाउन पुन निवास पुग्नुभएको र उहाँको साथमा रहेको पेस्तोल बाट अन्जानमै गोली पड्केको प्रहरीको भनाइ छ । घटनाको थप अनुसन्धान भै रहेको बताइएको छ ।

Loading...