नयाँ वर्ष २०८० शुरु

 काठमाडौं, १ बैशाख २०८० । विक्रमादित्यले प्रचलनमा ल्याएको बिक्रम सम्बतले आज बाट अर्को वर्ष प्रवेश गरेको छ । आज बाट नयाँ वर्ष २०८० शुरु भएको हो ।

बिक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको भएपनि यसलाई नेपालमा सबैले स्वीकार गर्दै आएका छन् । नेपालमा औपचारिक कामकाजको पात्रोको रुपमा रहेको बिक्रम सम्बतको नयाँ वर्ष २०८० लाई स्वागत गर्न पाउँदा नेपालीहरु दङ्ग देखिन्छन ।

नयाँ वर्षमा सार्वजनिक बिदा दिने प्रचलन छ भने यो दिन राम्रो लाउने र मीठो खाने मात्र नभई सपरिवार आनन्द लिने, शुभ कामना आदान प्रदान गर्ने र नयाँ संकल्पहरु समेत लिने गरिन्छ ।

२०७९ बिबिध सुख दु;ख सहित विदा भएको छ । नयाँ वर्ष २०८० को स्वागत गर्दै गत वर्षको समीक्षाबाट सिकेर यो वर्षको योजना गर्नहुनेमा हामी बिस्वस्त छौं ।

ननस्टप खबरको तर्फबाट हामी हाम्रा पाठक, दर्शक, विज्ञापनदाता र शुभचिन्तक सहित समस्त नेपालीमा नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा सुख, शान्ति, समृद्धि र उत्तरोतर सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

Loading...