रास्वपा अध्यक्ष रविका चालक गम्भीर घाइते

चितवन, ४ बैशाख २०८० ।राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका गाडी चालक ३९ वर्षीय शम्भु भनिने  दिलबहादुर थापा गम्भीर घाइते भएका छन् । घरको छतबाट खसेको अवस्थामा उनलाई उद्धार गरी अस्पताल पुर्याइएको छ ।

सोमबार विहान करिब ४ बजे भरतपुर-११ स्थित लामिछाने बस्ने ३ तले घरको छतबाट खसेर गम्भीर घाइते भएका चालक थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनको भनाइ छ ।

चुनाव प्रचार सकेर राती अबेर लामिछानेलाई लिएर घर आइपुगेका चालक थापा सुत्न छतमा गएका तर बिहान उनी भुइमा बजारिएको अवस्थामा भेटिएका बताइएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

Loading...