वैदेशिक रोजगारीको लागि साउथ अफ्रिका पठाइदिन्छु भन्दै १७ लाख रूपैयाँ ठगी गरेको अभियोगमा १८ वर्षीय किसोर पक्राउ परेका छन् । झापा बिर्तामोड नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-७ गौरीघाट बस्ने किसोर पक्राउ परेका हुन् । किसोरले २ जनालाई वैदेशिक रोजगारीको लागि साउथ अफ्रिका पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै […]
Author: Nonstop Khabar
उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।आइतबार उनी डिस्चार्ज भएका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसवारी, काठमाडौंमा भर्ना भई उपचाररत थिए । मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरी अस्पतालमै स्वास्थ्य लाभ गरिरहेका उनलाई चिकित्सकको सल्लाह र सिफारिसमा अस्पतालबाट डिस्चार्ज गरिएको उनका प्रेस सल्लाहकार […]
जनतालाई चमत्कार चाहिएको छ : अनन्त
पूर्व मन्त्री समेत रहेका नेकपा(माओवादी केन्द्र) का उप महासचिव वर्षमान पुन अनन्तले जनतालाई चमत्कार चाहिएको तर, त्यसो हुन नसक्दा निराशा बढेको समेत बताएका छन् ।शनिबार भक्तपुरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले सोकुरा प्रष्ट पारेका हुन् । जनताले कुनै हिरो वा हिरोइन आएर देश सम्पन्न बनाउने सपना देख्दा लोकप्रियताबादले प्रश्रय पाएको र यसले जनतामा […]
एनसेलको शेयर खरिद बिक्री छानविन गर्न उच्चस्तरीय समिति
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गर्न सरकारले एक समिति गठन गरेको छ । बिहीवार बसेको मन्त्रीपरिषद बैठकले उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गरेको हो । पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गरिएको सरकारकी प्रवक्ता रहेकी मन्त्री रेखा शर्माले जनाएकी हुन् । उक्त […]
समाजवाद उन्मुख भक्तपुर : किसानलाई नि:शुल्क कम्पोष्ट मल, आलुको बिउँमा आधा अनुदान
भक्तपुर । भक्तपुर नगरपालिकाले स्थानीय किसानलाई निशुल्क कम्पोष्ट मल वितरण गर्ने भएको छ । नगरपालिकाले नगर भित्रका सबै किसानहरुलाई कम्पोष्ट मल निशुल्क वितरण गर्ने भएको हो । नगरपालिकाले आफैले उत्पादन गरेको कम्पोष्ट मल नि शुल्क वितरण गर्न लागिएको नगर प्रमुख सुनिल प्रजापतिले बताएका हुन् । सबै किसानलाई १ बोरा कम्पोष्ट मल नि शुल्क उपलब्ध गराइने […]
खानेपानी समस्या समाधानमा संघ, प्रदेश र स्थानीय तहले साझा दायित्व लिनुपर्ने
खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको छ । खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र आयोजना कार्यान्वयन निर्देशनालयको पुनर्संरचनासम्बन्धी र मेलम्ची आयोजनाको दिगो समाधानका विषयमा पृष्ठपोषण संकलनको लागि काठमाडौं उपत्यकाका सांसद तथा नगर प्रमुखहरुबीच सिंहदरवारमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै खानेपानी मन्त्री […]
भूकम्प पीडित पत्रकारलाई प्रेस सेन्टर ललितपुरको न्यानाे ज्याकेट
ललितपुर । प्रेस सेन्टर ललितपुरले भूकम्प पीडित पत्रकारहरुलाई न्यानाे ज्याकेट उपलब्ध गराउने भएको छ । भूकम्पबाट पालमुनि बास बस्न बाध्य पत्रकारलाई चिसो बाट बचाउन प्रेस सेन्टर ललितपुरले न्यानाे ज्याकेट उपलब्ध गराउने भएको हो । प्रेस सेन्टर ललितपुर शाखाको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित पत्रकारहरुलाई तीन लाख रुपैयाँ बराबरको १ सय थान ज्याकेट उपलब्ध […]
भरतपुर महानगरमा समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम, घर घरमै पुगेर स्वास्थ्य सेवा शुरु
भरतपुर । भरतपुरका घर घरमै पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने कार्यक्रम शुरु भएको छ । महानगरमा ‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’अन्तर्गत सो सेवा शुरु भएको हो । बुधबार भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सो सेवा शुभारम्भ भएको घोषणा गरेकी हुन् । उनले स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेकी […]
सिडिओ छोडेर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत
निजामती सेवाका उपसचिव बसन्त भट्टराई सिडिओ छोडेर स्थानीय सरकारको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका छन् । सोलुखुम्बु जिल्लाको सिडिओ रहेका उनी मन्त्रालय नै परिवर्तन गरी भक्तपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भई आएका हुन् । प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई एक कार्यक्रमका बीच नगर प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका छन् । उनको स्वागतमा आयोजित परिचयात्मक कार्यक्रमलाई […]
उपचाररत उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई भेट्न नपाइने
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बुधवार बिहानै अस्पताल पुगेर उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । प्रधानमन्त्री पछि अन्य भेटघाट भने बन्द गरिएको बताइएको छ । उपचारमा संलग्न चिकिसकको सल्लाहमा अन्य भेटघाट बन्द गराइएको मन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी गराएका छन् । […]











