प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।बुधवार बिहानै अस्पताल पुगेर उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । स्वास्थ्यमा समस्या भएपछि मंगलवार साँझ उनलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसवारीमा भर्ना गरि उपचार भैरहेको छ । डा. अरुण मास्के सहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरेका छन् । मन्त्री […]
Author: Nonstop Khabar
आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य
भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ । मूल्य घट्दा उपभोक्तलाई राहत मिलेको छ । नेपाल आयल निगमले आजै मध्यरातिदेखि लागू हुने गरी मूल्य घटाएको हो । मध्यरातदेखि लागु हुने गरि डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर ४ रुपैयाँ र पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँ घटाइएको […]
इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
काठमाडौं, इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना भइरहेको इन्टरपोलको ९१औं महासभाको पहिलो दिन उक्त प्रतियोगितामा सहभागी इन्टरपोलका १९५ सदस्य राष्ट्रहरूमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको हो । नेपाललाई प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका प्रहरी निरीक्षक नारायण थापा र प्रहरी निरीक्षक उमेश […]
बिदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने व्यवस्था मिलाइने
युएई । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास बारे विश्व समुदायलाई जानकारी गराउने बताएका छन् । कोप-२८ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुबई पुगेका प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण नेपाल जस्ता देशहरुले भोग्नु परेको असरका बारेमा पनि विश्व समुदायलाई ध्यानाकर्षण गराउने जानकारी दिएका हुन् । प्रधानमन्त्री […]
पतिपत्नी सवार मोटरसाइकल पल्टदा पछाडीको बसले ठक्कर दिँदा पत्नीको गयो ज्यान
काभ्रे । काभ्रेको रोशि ११ डालाबेशि स्थित बि.पि.राजमार्ग सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । मोटरसाइकल पल्टदा पछाडी बाट आइरहेको बसले किचेपछि मोटरसाइकलमा सवार रहेकी काठमाडौको का.म.न.पा.११ की ६१ वर्षीया बिन्दा गिरीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जनाए अनुसार बिहीवार बिहान करिब १० बजेको समयमा सिन्धुली […]
भू–माफियाको चंगुलमा परेर सडकमा पुगेको भन्दै न्यायको लागि अवाले परिवारको अपिल
काठमाडौं । मिनभवनस्थित गणेश अवालेको झण्डै साढे १ अरब बराबरको घर–जग्गा भू–माफियाहरुकोे चंगुलमा परेसँगै अवाले परिवार सडकमा आएको छ । बिहिबार संवाद डबलीमा अवाले परिवारले पत्रकार सम्मेलन गरि अदालतले पनि भूमाफियाहरुकै पक्षमा फैसला गरेको आरोप लगाउँदै सामाजिक न्यायको निम्ति अपिलसमेत गरेको छ । न्यायको अन्तिम आशाको किरणकारुपमा रहेको सर्बोच्च अदालतले गत भदौ १५मा पीडित विरोधी […]
आफन्तको विवाहमा आएका मोहनको कुटपिटबाट मृत्यु
कैलालीको घोडाघोडी नगरपालिका-२ बस्ने २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट गएराति मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा लम्कीचुहा नगरपालिका-९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुल समेत ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लम्कीचुहा नगरपालिका-९ घोराघाटस्थित आफन्तको विवाहमा आएका मोहनलाई विवेक लगायतका व्यक्तिहरूले कुटपिट गर्दा गम्भीर घाइते भई उपचारको लागि लालरत्न अस्पताल हुँदै टिकापुर […]
काठमाडौंमा नक्कली नोट
काठमाडौंको शंखमुलबाट नक्कली नोट सहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-४ घर भई शंखमुल बस्ने २३ वर्षीय सन्तोष चेपाङ रहेका छन । १ हजार दरको नोट ५ थान र ५ सय दरको नोट १ थान गरी जम्मा ६ थान नक्कली जस्तो देखिने नोटसहित मंगलबार राति प्रहरीले उनलाई पक्राउ गरेको हो। […]
देशभरीका कारागारमा विपश्यना ध्यान शिविर चलाइने
देशभरीका कारागारमा विपश्यना ध्यान शिविर संचालन हुने भएको छ। योग र ध्यानमा रुची राख्ने उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनपछि देशैभरीका कारागारमा कैदीबन्दीका लागि विपश्यना ध्यान शिविर संचालन हुने भएको हो । मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियान अन्तर्गत नै देशैभरका कारागारमा विपश्यना ध्यान शिविर […]
स्पा सेन्टरका संचालक पौडेल पक्राउ
रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तीमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका-९ रातोपुलस्थित नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरका संचालक पक्राउ परेका छन् । संखुवासभा चिचिला गाउँपालिका-१ घर भएका ४३ वर्षीय दिनेश पौडेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । संचालक पौडेल संगै प्रहरीले सेन्टरबाट २ नाबालिका र १ युवतीलाई समेत उद्दार गरिएको जानेको छ । उक्त स्पा सेन्टरमा काम […]










