प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार घिमिरेलाई

नेपाल प्रज्ञा प्रतिष्ठानले नीजि क्षेत्रबाट प्रकाशित भइरहेका र साहित्यिक पत्रकारितामा ईतिहास बनाएका नेपाली भाषाको साहित्यिक द्वैमासिक पत्रिकाका सम्पादक रोचक घिमिरेलाई ‘प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार’प्रदान गर्ने निर्णय गरेको छ ।

त्यसैगरी ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार”थौंकन्हे’ साहित्यिक मासिकमा २०४५ सालदेखि सम्पादनमा सम्बध्द रुक्मिनी श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ

पुरस्कारको निर्णयपछि बैठकलाई सम्बोधन गर्दै प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले भने, ‘साहित्यिक पत्रकारिता भनेको सम्पूर्ण भाषा सेवी र स्रष्टाहरूको बौद्धिक उत्पादन शाला भएको र सबै तह तप्काको प्राज्ञिक खुराक हो ।”

यी दुवै पुरस्कारको राशी ५० हजार रहेको तथा यी दुवै पुरस्कार पहिलोपल्ट स्थापना गरी प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।

स्मरणीय छ, विसं २०६२ देखि प्रतिष्ठानमा साहित्यिक पत्रिकाहरुलाई साहित्यिक पत्रकार सहयोग कोष स्थापना गरी सहयोग प्रदान गरिंदै आएको छ । सोही सहयोग हालै मात्र ३९ साहित्यिक पत्रिकालाई ९ हजारका दरले, १९ पत्रिकालाई ७ हजारका दरले तथा ३ पत्रिकालाई ५ हजारका दरले गरी जम्मा ४ लाख ९९ हजार प्रदान गर्ने निर्णय भएको छ ।

समाचार स्रोत ः विश्व परिक्रमा

Loading...