राष्ट्रिय सभामा जाने उम्मेदवार माओवादीले लगायो टुङ्गो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभामा पार्टीका तर्फबाट पठाइने उम्मेदवारहरुको टुंगो लगाएको छ । आइतबार बसेको पदाधिकारी बैठकले ६ जनाको नाम तय गरेको हो ।

माओवादी केन्द्रले कोशीबाट चम्पादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरुपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सत्ता गठबन्धनमा भएको भागबण्डा अनुसार राष्ट्रियसभामा चुनावबाट चयन हुने १९ मध्ये ६ सिट माओवादीले पाएको छ । राष्ट्रिय सभामा रिक्त हुने २० मध्ये १९ पदमा सोमबार मनोनयन दर्ता हुँदैछ । ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि २३ पुसमा मनोनयन दर्ताको कार्यतालिका छ ।

Loading...