अनेसास स्थापना दिवस, आरम्भ वर्ष २०२४ भव्य रुपले सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासले अनेसास स्थापना दिवस, आरम्भ वर्ष २०२४ भव्य रुपले मनाएको छ ।

जनवरी ११ लाई अनेसास स्थापना दिवसको रुपमा मनाउने निर्णय भएअनुसार अनेसासले स्थापना दिवस आरम्भ वर्षको रुपमा मनाएको हो ।

मंगलवाचनद्वारा सुरुवात गरिएको यस समारोहको अवसरमा अनेसासले  संस्थापक अध्यक्ष होमनाथ सुवेदी, उपाध्यक्ष, शिव सत्याल पीठ, महासचिव अच्युत श्रेष्ठ, सचिव राजु श्रेष्ठ, कोषाध्यक्ष ऋषिनाथ सुवेदी, संस्थापक सदस्य पुरुषोत्तम सुवेदी, भीमप्रसाद रेग्मी, डा. विष्णु पौडेल, डा. अमर गिरी, डा. हरिहरप्रसाद भट्टराई, राम मालाकार, डिबी तामाङ, लव गाउँले, पुरु घिमिरे, भाष्कर गिरी, प्रकाश सुवेदी, धनमान थापा, कल्पना सत्याल, कल्पना सुवेदी, वासु सत्याल, नन्दादेवी सुवेदी गरी २२ जना संस्थापकहरुलाई सम्मान गरेको छ ।

अनेसासका अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा भएको उक्त दिवस समारोहमा विश्वभरका च्याप्टरका पदाधिकारी तथा सदस्य एवं आजीवन सदस्यहरुको उपस्थित रहेको थियो ।

महासचिव विमला निरौलाले सञ्चालन गरेको उक्त समारोहमा उपस्थित अनेसास बीओटीका सभापति पदम विश्वकर्मालगायत अन्य पदाधिकारी तथा सदस्य, अनेसासका सल्लाहकार पूर्व अध्यक्षहरु तथा अग्रजहरुले शुभकामना मन्तव्य दिएका थिए ।

आआफ्ना रचनावाचनसहित भएको उक्त भव्य समारोहमा उपस्थित नभएका पूर्व अध्यक्ष ज्ञानेन्द्र गदाल र वसन्त श्रेष्ठको शुभकामना सन्देश अध्यक्ष गोवर्द्धन पूजाले वाचन गरेर सुनाएका थिए भने पूजाले धन्यवाद मन्तव्यसहित समारोह विसर्जन गरेका थिए ।

कार्यक्रम जूम मार्फत भच्र्युअल भएको थियो ।

Loading...