अनेसासद्वारा पूर्व केन्द्रीय सचिव हरि मानन्धरलाई आर्थिक सहयोग प्रदान

पुस २७, २०८० ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व सचिव हरि मानन्धरलाई अनेसासले २ हजार अमेरिकी डलर आर्थिक सहयोग गरेको छ ।
 
विगत तीन वर्षदेखि किड्नीमा समस्या आई डाइलासिस गराइरहेका मानन्धरलाई अनेसासले दाताहरूबाट संकलित रकम सहयोग गरेको हो ।
विभिन्न देश विदेशमा रहनुभएका अनेसासका पदाधिकारी, सदस्यहरू, च्याप्टर अध्यक्ष एवं अन्य पदाधिकारी एवं सदस्यलगायतका साहित्यानुरागीहरूबाट संकलित २००० डलर प्रदान गरिएको हो । अनेसासको स्थापना दिवसको आरम्भ वर्षको अवसरमा अनेसासका केन्द्रीय महासचिव विमला निरौला, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी र अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहालको टोलीले मानन्धरको निवासस्थानमा गई हस्तान्तरण गरेको थियो ।
अनेसासका अध्यक्ष गोवर्द्धन पूजा तथा महासचिव विमला निरौला हस्ताक्षरित स्वास्थ्यलाभको कामनाको पत्रसहित सहयोग हस्तान्तरण गरिनुका साथै महासचिव निरौलाद्वारा सहयोगी दाताहरुको नाम पढेर सुनाइएको थियो ।
 
यसैगरी अनेसासले साहित्यकार स्वास्थ्य उपचारकोष स्थापनार्थ रकम संकलनको कार्य आरम्भ गरेको छ । हाललाई ५ हजार डलरको लक्ष्य राखेर पहिलो चरणको संकलन अभियान सुरु गरिसकिएको अध्यक्ष पूजाले बताएका छन्। ‘ हालसम्म ३३ सय डलरको वचन वद्धता प्राप्त गरिसकिएको र बाँकी बाँकी रकमको लागि कुनै माध्यमबाट संकलन गरिने उनले बताए । ‘ अनेसासका अध्यक्षको प्रत्यक्ष निगरानीमा रहने उक्त कोषका सदस्यमा नेपाल च्याप्टर अध्यक्ष र नेपालबाट एकजना वरिष्ठ साहित्यकार छनोट गरि समिति बनाइने छ । उनले भने , यो एउटा आरम्भ बिन्दू हुनेछ, यसबाट विशेषतः नेपालमा रहेका सामान्य आर्थिक अवस्था भएका साहित्यकारलाई सहयोग पुग्ने छ ।
यसपटकका दाताहरूलाई हार्दिक धन्यवाद !!!
बल श्रेष्ठ – २५.००
मोहन सिटौला – ५०.००
रेवती सीता अधिकारी – ५१.००
किशनसिह धामी – ५०.००
रोहिणी शर्मा- १००.००
मोदनाथ सादा – १७.००
अवि गजुरेल (बैकुण्ठ) – २१.००
गंगा अभिलाषी – ३०.००
खगेन्द्र दाहाल -५०.००
हरि न्यौपाने-२५.००
अम्बिका गुरूड-२०.००
नीलकण्ठ सुवेदी – २५.००
धन लामा -३१.००
सतिश त्रिपाठी – ३०.००
गीता खत्री -राम खत्री – ५०.००
जानुका वस्ती -३०.००
केशवराज ज्ञवाली-२०.००
आविष्कार भारती, विस्कन्सन, अमेरिका-४१.००
शेष बराल-२५.००.
प्रेमप्रसीद पौडेल-२५.००
कृष्ण कुसुम -२०.००
रिजा प्रधान, पर्थ, अष्ट्रेलिया – ५५.००
लक्ष्मी श्रेष्ठ , न्यूयोर्क , अमेरिका – ५१.००
विरोचन नेपाल, बोस्टन अमेरिका – ५१.००
रश्मी भट्ट, न्यूयोर्क , अमेरिका-३०.००
पुनम शाक्य – १०.००
सन्तोष लामिछाने, विस्कन्सन, अमेरिका -२५.००
राजेन्द्र श्रेष्ठ- ४०.००
विजय शर्मा – २५.००
राजेन्द्र वाग्ले-३१.००
शकुन ज्ञवाली- २५.००
सुदीपभद्र खनाल-१७.००
मोहन ‌‌- विमला निरौला – ५०.००
दीप पाठक ( नाम नखुलेको) – २५.००
विजय भूषाल- ५१.००
पवन लामिछाने-२०.००
सेनु तिवारी- २५.००
भूपेन्द्र महत- ५१.००
गीता बजगाईं-२५.००
सर्वज्ञ वाग्ले- ५१.००
धर्मराज कोइराला- २५.००
तारा अधिकारी – २१.००
तीर्थराज अधिकारी – ५१.००
पुरु सुवेदी – अमेरिका – ५०.००
मीरा कोईराला, अमेरिका – ५०.००
राजु सिटौला – ५० .००
गोवर्ध्दन पूजा – ५०.००
दीपा राई – ५०.००
ईश्वरी भट्ट- ५१.००
कुसुम ज्ञवाली (नाम नखुलेको) – २५.००
जगन्नाथ पौडेल- २५.००
प्रकाश नेपाल – ५०.००
कमला न्यौपाने – २०.००
नारायण अधिकारी – ३०.००
प्रकाश पौडेल- अष्ट्रेलिया – २५.००
नेत्रबन्धु पोखरेल- २५.००
पदम विश्वकर्मा – ५०.००
Loading...