भक्ती रिजाल, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ५ समाज सुधारतर्फ अग्रसर भएको छ । आफ्नो टोल आफैले बनाउनु पर्छ भन्ने सोचका साथ वडावासीहरु एकजुट भएर लागेका छन् । वडामा रहेका टोल बिकास संस्थाले समग्र वडाको हितलाई आत्मसाथ गरि काम गर्ने गरेकाले पनि सिंगो वडा नम्बर पाँचको मुहार फेरिएको स्थानीय जनताको भनाइ छ । […]
Author: Nonstop Khabar
प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट
काठमाडौँ २०८१ असार ०३। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोस्टसेन्बर्गले शिष्टाचार भेट गरेका छन् । बालुवाटारमा आज साँझ भएको भेटमा उनीहरूबीच नेपालको विकास र विश्व बैंकले नेपाल पुर्याउँदै आएको सहयोगलगायत विविध विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले स्थिर विकास साझेदार विश्व बैंकले विगत छ दशकभन्दा […]
सहमति पछि पेट्रोलियम पदार्थको ढुवानी आजैदेखि हुने
काठमाडौँ, २०८१असार ०३ । आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकले आन्दोलन स्थगित गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार नेपाल आयल निगमसहित भएको छलफलमा चालकका मागको बारेमा अध्ययन गर्न एक समिति बनाउने निर्णय भए पछि आन्दोलन स्थगित भएको हो । चालकले सोमबारबाटै पेट्रोलियम पदार्थको ढुवानी सुरु गर्ने नेपाल आयल निगमका कार्यकारी […]
मंगलवार चीनका ३१ विश्वविद्यालय काठमाडौंमा भेटिने
काठमाडौं । छिमेकी मित्रराष्ट्र चीनका ३१ विश्वविद्यालय र कलेजले काठमाडौंमा शैक्षिक प्रदर्शनी गर्ने भएका छन् । नेपाल-चीन साँस्कृतिक तथा शैक्षिक परिषदको आयोजनामा सो प्रदर्शनी हुने भएको हो । आइतवार राजधानीमा एक पत्रकार सम्मेलन मार्फत परिषद्का अध्यक्ष डा हरिश्चन्द्र साहले विश्वमै अब्बल ठहरिएका ३१ चिनियाँ विश्वविद्यालयको स्टल रहने गरी शैक्षिक प्रदर्शनी गर्न लागिएको जानकारी गराएका हुन् […]
पहाडी र मधेसीको एकतामा राजेन्द्र महतोको जोड
प्रेमनाथ पौडेल, सर्लाही । पूर्व उप प्रधानमन्त्री राजेन्द्र महतोले पहाडी र मधेसीको एकतामा जोड दिएका छन् । मधेसबादी नेताको पहिचान बनाएका महतोले सर्लाहीको लालबन्दीमा एक सभालाई सम्बोधन गर्दै पहाडी र मधेसीको एकतामा जोड दिएका हुन् । नेपाल सद्भावना पार्टीबाट पहिलोपटक सांसद बनेका महतो बिभिन्न दल हुँदै हाल राष्ट्रिय मुक्ति क्रान्तीका संयोजक रहेका छन् । शनिवार […]
जेन्स पार्लरमा जमेका पूर्वसेना सुनिल
भक्ती रिजाल, सर्लाही । नेपाली सेनाको जागिरबाट अवकास पाएपछि सुनिल कुमार ठाकुर हजाम केही समय सम्म घुमफिर र आफन्त संगको भेटघाटमा रुमलिए । जागीरको लामो अबधि सम्म नजिकबाट आफन्त भेट्न नपाएका उनी इस्ट मित्रसंग उठबैठमा ब्यस्त भए । सेनाको जागीरबाट पेन्सन पाकी हाल्यो, अब के गर्छौ ? भनेर कसैले सोधिहाले सुनिलसंग प्रस्ट उत्तर थियो, पुर्खाले […]
भरत ताल बनाएका मेयरको गुनासो- राम्रो काम गर्नु अभिशाप भयो (९ तथ्य सहित)
सर्लाही । सर्लाहीको बागमती नगरपालिकास्थित भरत तालबारे नसुन्ने कमै होलान । मानव निर्मित दक्षीण एसियाकै ठूलो ताल मानिने सर्लाहीको भरत ताल सर्लाहीकै पहिचानको रुपमा चर्चित रहेको छ । पर्यटकीय गन्तब्यस्थलको रुपमा भरत ताल लोकप्रिय बन्दै जाँदा यसका निर्मातालाई भने यतिबेला यहीँ ताल टाउको दुखाइको विषय बन्न पुगेको देखिन्छ । काम नहुँदा नेतालाई सत्तोसराप गर्ने र […]
रगतको सही प्रयोगले अभाव कम गराउन सकिन्छ
डा विपिन नेपाल । रगत अभावको बारेमा हामीले बेलाबेलामा विभिन्न सञ्चार माध्याममा पढ्ने रसुन्नेगरेका छौँ।नेपालमा दैनिक हजारौँ व्यक्तिले रक्तदान गरेपनि बेलाबेलामा रगतको अभाव भएको खबरसुन्छौँ । रगतलाई सही प्रयोग गरेको खण्डमा रगतको अभाव केही हदसम्म कम गराउन सकिन्छ। नेपालमा हाल वार्षिक ३ लाख ५०हजार देखि ४लाख पिन्ट रगत आवश्यक हुने गरेको छ । एकातर्फ रक्तदान […]
पत्रकार महासंघ सर्लाहीको रक्तदानमा ७५ सहभागी, सिंहले गरे ५०औं पटक रक्तदान
प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको हरिवनमा नेपाल पत्रकार महासंघ सर्लाही शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा १३ जना पत्रकार सहित ७५ जनाले रक्तदान गरेका छन् । २०औं विश्व रक्तदाता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ सर्लाही शाखाले बिहीवार रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । हरिवन नगरपालिकाको आर्थिक तथा रक्तसंचार सेवा केन्द्र धनुषा र भैरवी दल गण […]
आलोचनामा सट्टा प्रशंसाको संस्कार बसाल्न एमाले अध्यक्ष ओलीको निर्देशन
पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई आलोचनामा रमाउनुको सट्टा प्रशंसाको संस्कार बसाल्न निर्देशन दिएका छन् । एक अर्काको कुरा काट्ने र नराम्रो मात्र देख्ने बानी बदल्नुपर्ने र राम्रो पक्षको खोजीगरी प्रशंसा गर्नुपर्ने उनको सुझाव छ । बिहीवार नवनिर्वाचित भक्तपुर जिल्ला कमिटीको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले […]











