धेरै सहकारी फरार भएको बेला सर्लाहीमा महिला सहकारीको यस्तो सफलता

sahakari sarlahi

प्रेमनाथ पौडेल, सर्लाही । देशका कतिपय सहकारीले ताला झुण्ड्याएर बचतकर्तालाई रुवाइरहेका छन् । सर्लाहीको एक सहकारी संस्थाले भने बचतकर्तालाई ढुक्क मात्र बनाएको छैन, आफ्ना ४० जेष्ठ शेयर सदस्य आमाहरुलाई मिष्ठान भोजनसहित सम्मान गरेर खुशी समेत गराइरहेको छ । आमा प्रति श्रद्धा, भक्ति र प्रेमका साथ छोराछोरीले मनाउने मातातिर्थ औसीको पूर्व सन्ध्या पारेर लालबन्दी-१नवलपुर स्थित नन्देश्वर […]

सिपाडोल बृहत खानेपानीमा पुन: लाखेमरुकै नेतृत्व

भक्तपुर । भक्तपुरको सिपाडोल बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समिति उपसमिति १ जगाती भक्तपुरको अध्यक्षमा पुनः तुल्सीनारायण लाखेमरु चुनिएका छन् । शनिबार भएको उपसमितिको १४ औ साधारणसभा तथा दोश्रो अधिवेशनबाट लाखेमरुकै अध्यक्षतामा १३ सदस्यीय नयाँं कार्यसमिति निर्वाचित भएको हो । लाखेमरु यसअघि पनि अध्यक्ष नै थिए । निर्वाचित नयाँं कार्यसमितिको उपाध्यक्षमा सिद्धिराम त्यात, सचिवमा शिवनारायण […]

सोमबार बागमतीमा सार्वजनिक बिदा

बागमती प्रदेशभरी सोमबार सार्वजनिक बिदा दिइने भएको छ । बागमती प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरी बैशाख २४ गते सोमबार बिदा दिने घोषणा गरेको हो । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिदाबारे जानकारी समेत गराएको छ । प्रदेश सरकारले नेपाली भाषाका अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषाको रुपमा लागू […]

भारतले हटायो प्याजको प्रतिबन्ध

काठमाडौँ । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ । प्याजको उत्पादन बढेपछि भारत सरकारले यस्तो निर्णय गरेको हो । भारतले आजबाट प्याज निकासीमा लगाइएको सबै प्रतिबन्ध हटाइएको वाणिज्य मन्त्रालयले जानकारी दिएको छ । यो वर्ष भारतमा प्याज उत्पादन बढेको र अझै बढी उत्पादन हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ । सरकारी अनुमान अनुसार २०२४ […]

भक्तपुरका पत्रकार खड्कालाई प्रेस स्वतन्त्रता सेनानी सम्मान

बाबुराम दाहाल, भक्तपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका संस्थापक अध्यक्ष एवं धरहरा टाइम्स साप्ताहिकका सम्पादक रमेश खड्का ‘प्रेस स्वतन्त्रता सेनानी’ सम्मानबाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघले २७ औं महाधिवेशनका अवसरमा उनलाई सम्मान गरेको छ । शुक्रवार राष्ट्रिय सभा गृहमा सम्पन्न महासंघको महाधिवेशनमा प्रमुख अतिथि रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार खड्कालाई […]

झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ । मध्यपुर थिमि- ८ बोडे स्थित फुर्सेलमा खगेन्द्र पराजुलीको निर्माणधीन साढे ३ तल्ला पक्की घरको दोस्रो तल्लाको बाहिरी वालमा झ्याल हाल्ने क्रममा लडी मजदुरको ज्यान गएको हो । ज्यान गुमाउनेमा बारा महागढी नगरपालिका वडा नं. ७ घर भई हाल भक्तपुरको कौशलटार […]

नेतृत्वको आलोचना गर्न पाइने तर, व्यवस्थाको रक्षाका लागि पनि पत्रकारले भूमिका निर्वाह गर्नुपर्ने

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी छन् । सञ्चार जगत सत्ताको प्रतिपक्षी हुनुपर्छ भन्ने मान्यता सही नभएको र यसले व्यवस्थालाई बलियो बनाउन नसक्ने उनले बताएकी हुन् । बुधवार पत्रकार तथा सञ्चार सम्बद्ध पेशागत तथा समावेशी संगठनका प्रमुखहरुसंगको अन्तक्रियामा बोल्दै मन्त्री शर्माले सत्ता पक्ष र विपक्ष भन्ने […]

भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई मजदुरको ज्यान गएको हो । चाँगुनारायण -४ खनालचोक स्थित सेतोमाइक्रो पार्क नजिकै दिउँसो करिब साढे १ बजे उक्त दुर्घटना भएको थियो । ज्यान गुमाउनेमा सो स्थानमा २ वर्ष देखि टहरा बनाई बस्दै आएका मजदुर २८ वर्षीय सन्देश सुनुवार र उनका […]

भीम धिताल र जिशु कोइरालाको सहकार्यमा “एउटा खुशी” सार्वजनिक

क्यानडामा हुर्के बढेकी जिशु कोइराला अभिनित एउटा खुशी म्युजिक भिडियो वैशाख १७ गतेबाट नेपाली रंग दुनियामा सार्वजनिक भएको छ । उनी चिकित्सा शास्त्रमा एमविविएस (MBBS) अध्ययन गर्न नेपाल आएकी हुन् ।  बहुचर्चित मोडेल बिक्रम बुढाथोकीसँग  मोडेल जिसु कोइरालाले अभिनय गरेकी छिन् । भिडियोमा दुवै मोडेलको दमदार अभिनय देख्न सकिन्छ । भिडियोलाई राजिब समर र भिम […]

न्याय सम्पादन गर्दा मातृभाषाकाे प्रयोग हुनुपर्छ : मन्त्री श्रेष्ठ

सिन्धुपाल्चोक , १७ बैशाख २०८१ बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले न्यायिक समितिले सङ्घीयताको ब्यबहारिक अभ्यास गरिरहेको बताएका छन् । साेमबार सिन्धुपाल्चोककाे चाैतारामा आयोजित स्थानीय तहका पदाधिकारी तथा कर्मचारीको लागि कानुन निर्माण, मेलमिलाप तथा राजपत्र सम्बन्धी अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले न्यायिक समितिले सङ्घीयताको ब्यबहारिक अभ्यास गरिरहेको बताएका हुन् । […]