पार्टी आरनबाट निस्किएको फलामजस्तो खरो भएको छ

केही आँतमरेका अवसरवादीहरू, केही पैसा कमाउनका लागि समाचार बेच्ने सूचना बेचुवाहरू, केही प्रतिक्रियावादीहरूका चाटुकारहरू र केही आउँदो क्रान्तिबाट त्रसित दलालहरूले चुनाव खारेजबारे काल्पनिक, भ्रामक र हानिकारक सूचना छाप्ने र प्रचार गर्ने गरेको पाइयो । उनीहरूले खारेजीको समयमा चुनावका पक्षमा वकालत गरे, कारबाहीहरूलाई आतङ्कसँग जोड्न खोजे, चुनावपछि खारेज प्रभावकारी नभएको कुरा गरे । यतिबेला खारेजपछि निराशा […]

मनिस्कर्ट लेडीको यो भिडियो भाइरल बन्यो संसारभर (हेर्नुहोस भिडियो)

साउदी अरबका अधिकारीहरू एक महिलासित सोधपुछ गरिरहेका छन्, जसले मिनीस्कर्ट र छोटो टप्स लगाएको आफ्नो एक भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । खुलुद नामकी यी मोडलले एक चिरपरिचित ऐतिहासिक उसायकिर किल्लामा घुम्दै गर्दाको आफ्नो भिडियो पोस्ट गरेकी थिइन् । सामाजिक सञ्जालमा यो भिडियो चर्को चर्चाको विषय बनेको छ । केही मानिसले यसलाई रुढिवादी देशमा […]

तत्काल सेना फिर्ता गर्न भारतलाई चिनको चेतावनी

काठमाडौं, ४ साउन । भारत र चीनका बीचमा बढ्दै गएको विवाद अझै कम भएको छैन । भारतले सिक्किम सीमा क्षेत्रमा आफ्नो सेना चिनियाँ भूभागमा प्रवेश गराएपछि निरन्तर त्यस क्षेत्रमा दुई देशका सेनाबीच झडपका घटना बढ्दै गएका छन् । यसैबीच चिनले आफ्नो भूमीबाट सेना फिर्ता गर्न भारतलाई चेतावनी दिएको छ । भारतले चिनियाँ भूभागमा सैनिक राखेको […]

क्याथोलिक बाल भजनमण्डलीमा शारीरिक दुव्र्यवहारको भएको पुष्टि

बर्लिन, ४ साउन । जर्मनीमा रहेको विश्व प्रसिद्ध रोगन्सबर्गर डोम्सपाट्जेन बालक गायन समूहमा ५४७ बालकलाई यौन तथा शारीरिक दुव्र्यवहार गरेको पुष्टि भएको मङ्गलबार सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ । यसलाई जर्मनीको इतिहासमा क्याथोलिकको दुव्र्यवहारसम्बन्धी सबैभन्दा ठूलो प्रकरण भएको बताइएको छ । त्यहाँ केही दशकदेखि ‘डरको भरमा काम लिने प्रणाली’ अर्थात् शारीरिक तथा यौनहिंसाले प्रोत्साहन पाउने […]

एक वर्षमा ५० हजार विद्यार्थी विदेश पलायन

काठमाडौं, ४ साउन । एक वर्षमा ५० हजारभन्दा बढी नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ लिएका छन्। अध्ययनका लागि भिसा आवेदन गर्दा आर्थिक वर्ष ०७३/७४ मा मात्र डेढ अर्बभन्दा बढी रकम बिदेसिएको छ। गत वर्ष ३२ हजार चार सय ८९ विद्यार्थीले आवेदन दिएकोमा यस वर्ष त्योभन्दा १८ हजार एक सय ७० […]

एकाएक मुटुमा समस्या आएपछि पूर्वराजा ज्ञानेन्द्र नर्भिकमा भर्ना

काठमाडौँ, ४ साउन । पूर्वराजा ज्ञानेन्द्र शाह स्वास्थ्य उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि उपचारका लागि पूर्वराजा शाह आज बिहान अस्पताल पुगेको उनका स्वकीय सचिव फणिराज पाठकले बताएका छन् । प्राडा यादव भट्ट नेतृत्वको चिकित्सक टोलीले पूर्वराजा शाहको उपचार गरिरहेको अस्पताल स्रोतले जनाएको छ ।

पिउने पानीमा दिसामा पाइने किटाणु अत्यधिक आएपछि अस्पतालमा बिरामी बढे

नुवाकोट, ४ साउन । वर्षायाम लागेसँगै पछिल्ला केही दिनयतादेखि नुवाकोटका अस्पतालमा ज्वरो र टाइफाइडका बिरामी बढेका छन् । ज्वरो, भाइरल फिवर, रुघाखोकीको ज्वरो, दम, टाइफाइडजस्ता रोगका बिरामीको संख्या बढेको त्रिशूली जिल्ला अस्पतालका डा राजेन्द्र लामाले बताए । बर्खाको समयमा विशेषगरी पिउने पानीमा हुने प्रदूषणका कारण बिरामीको संख्यामा वृद्धि भएको अस्पतालले जनाएको छ । अस्पतालमा १०५ […]

सनसनीपूर्ण खुलासा : नेपाल आइडलमा फिक्सिङ ! पैसाको ठूलो चलखेल

काठमाडौं । चर्तित रियालिटी शो नेपाल आइडलमा ठूलो पैसाको चलखेल हुन थालेको रहस्य खुलेको छ । नयाँ पुस्तामाझ निकै लोकप्रिय बनेको यो रियालिटी शो भित्र पैसाको चलखेल हुनथालेपछि अहिले सर्वत्र आक्रोश पोखिन थालेका छन् । नेपाल आइडलका दर्शक र यस शोका प्रतियोगीहरुका फ्यानहरुले नेपाल आइडलका सञ्चालकले गरेको यस्तो चलखेलप्रति सामाजिक सञ्जालमा कडा टिप्पणी गर्न सुरु […]