काठमाडौं, ४ साउन । स्थानीय निर्वाचनमा नराम्रो पराजय व्यहोरेपछि सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) समीक्षामा छ । पार्टीको विभिन्न तहको बैठक बसालेर सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनाव हार्नुका कारण खोतलिरहेका छन् । यसैबीच प्रचण्डलाई तल्ला तहका नेताहरुले पार्टीको चुनाव चिन्ह फेर्न माग गरेका छन् । अधिकांश जिल्ला इन्चार्जहरुले अहिले प्रयोग गरिरहेको पार्टीको चुनाव […]
Author: Nonstop Khabar
मलेसियामा नेपाली सुरक्षागार्डले देखाएको बहादुरीप्रति संसारभर यस्तो प्रशंसा (भिडियो)
काठमाडौं । मेलेसियामा कार्यरत नेपालीहरुले गरेको कामप्रति अहिले विश्वभरका नेपालीहरुमाझ निकै चर्चा भइरहेको छ । मलेसियाको सुवाङजया भन्ने ठाउँको एक अपार्टमेन्टमा कार्यरत नेपालीहरुले जवरजस्त अपार्टमेन्टमा छिर्न खोज्ने एक व्यक्तिलाई बहादुरीपूर्वक कब्जामा लिएको भिडियो दृष्यले विश्वभर चर्चा पाएको हो । एकजना मार्सल आर्टका खेलाडीलाई नेपाली सुरक्षागार्डले नियन्त्रणमा लिएर झ्याइकुटी पार्दै लगेको दृष्य सामाजिक सञ्जालमा भाइरल बनेको […]
चिकित्सकमाथि अाक्रमण भएपछि भेरी अञ्चल अस्पताल बन्द
नेपालगन्ज, ३ साउन । भेरी अंचल अस्पतालका चिकित्सकले आन्दोलनसँगै अनिश्चितकालका लागि ओपीडी सेवा बन्द गरेका छन्। नेपाल चिकित्सक संघ भेरीको आह्वानमा मंगलबारदेखि अस्पतालको आपतकालिन सेवा बाहेक सबै सेवा बन्द गरिएको छ। नेपालगन्जका मेडिकल कलेज, निजी अस्पताल र मेडिकलसमेत बन्द गरिएका छन्। संघका आजीवन सदस्य एवं भेरी अञ्चल अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ट डा. श्याम सुन्दर यादवमाथि […]
रोजर फेडेररले आठौ पटक जिते बिम्वल्डन उपाधि
एजेन्सी । किर्तिमानी ग्रान्ड स्लाम संख्या १९ पुर्याउने क्रममा रोजर फेडेररले आठौं पटक बिम्बल्डन ओपन जितेका छन्। फाइनलमा मारिन किलिकलाई हराउँदै आठ पटक उपाधि जित्ने किर्तिमान समेत राखे। ३५ वर्षका फेडेरर टेनिस इतिहासकै सबैभन्दा सफल पुरुष खेलाडी हुन्। यस उपाधिपछि उनले आफ्नो कद अझै बढाएका छन्। उनले फाइनलमा क्रोयशियाका मारिन किलिकलाई ६–३, ६–१ र ६–४ […]
नेपालमा कम्युनिस्ट पार्टीका जन्मदाता पुष्पलाल : संशोधनवादका दुश्मन
“सजीवता विनाको पार्टी संगठन त केवल अस्थिपञ्जर मात्र हो ।”–पुष्पलाल श्रेष्ठ । मानिस मरेर गए पनि त्यस्ता मानिसहरूको स्मरण र चर्चा भइरहन्छ जसले मानिसद्वारा मानिसको शोषणको अन्त गर्न आफ्नो जीवन धरौटी राखेका हुन्छन् । पुष्पलाल श्रेष्ठ त्यस्तै व्यक्ति हुनुहुन्थ्यो जसले शोषित–उत्पीडित जनताको मुक्तिका लागि आफ्ना व्यक्तिगत स्वार्थहरूलाई त्यागेर लड्दै जादा अल्पायुमै मृत्युवरण गर्नुभएको थियो […]
उत्तर काेरियाले दक्षिणकाे वार्ता प्रस्तावकाे अझै जवाफ दिएन
सोल, ३ साउन । दक्षिण कोरियाले उत्तर कोरियासँग राखेको सैन्य वार्ताको प्रस्तावप्रति उत्तर कोरियाले कुनै जवाफ पठाएको छैन । दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँग रक्षा र सैनिक सम्बन्धमा वार्ताका लागि सोमबार मात्र वार्ताको प्रस्ताव गरेको हो । तर मङ्गलबारसम्म यस विषयमा कुनै सहमति वा असहमतिबारेको प्रतिक्रिया उत्तरले दिएको छैन । दक्षिण कोरियाको रक्षा मन्त्रालयका प्रवक्ता […]
यसपटक वर्षे विदामा पनि विद्यालय सञ्चालन गरिने
जाजरकोट, ३ साउन । शिक्षण सिकाइ लक्ष्यमा पु¥याउन र पाठ्यक्रम पूरा गर्न भन्दै यहाँका १६ विद्यालयले बर्खे बिदामा पनि विद्यालय सञ्चालनमा ल्याएका छन् । चुनाव तथा विभिन्न पर्वका कारण पढाइ प्रभावित भएको भन्दै जिल्लाका १६ विद्यालयले विद्यालय सञ्चालनमा ल्याएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले जानकारी दिए । पट्यारलाग्दो एक महिना लामो बिदामा विद्यार्थी पढाइभन्दा अन्य […]
सिङ्गापुरमा नेपाली यु-१९ टीमले मलेसियालार्इ पनि हरायाे
काठमाडौँ, ३ साउन । कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै नेपालले यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । सिङ्गापुरमा भइहरेको आईसीसी एसिया यू–१९ विश्वकप छनोटमा नेपालले दोस्रो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको हो । सिङ्गापुर क्रिकेट क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । सन्दिपको कसिलो बलिङका कारण मलेसियाले २५ […]
जलविरेमा सुख्खा पहिरो जान थालेपछि मुग्लिन सडक अवरुद्ध
चितवन, ३ साउन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलविरेमा खसेको पहिरोका कारण यातायात अवरुद्ध भएको छ । बिहान ४ बजे खसेको सुख्खा पहिरोका कारण यहाँ गाडी चल्न सकेको छैन । अहिले पहिरो पन्छाउने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने जलविरेमा यो वर्षा लागेपछि पहिलोपटक पहिरो […]
ज्वरो र टाइफाइडका बिरामी बढे
दमौली, ३ साउन । केही दिनयतादेखि तनहूँको दमौली अस्पतालमा ज्वरो र टाइफाइडका बिरामी बढेका छन् । ज्वरो, भाइरल फिवर, दम, झाडापखाला, टाइफाइडजस्ता रोगका बिरामीको संख्या बढेको दमौली अस्पतालका डा सिर्जना शर्माले जानकारी दिए । एकसय छ डिग्री सेल्सियससम्म उच्च ज्वरोका बिरामीसमेत उपचारका लागि आउने गरेको दाबी उनले गरे । जटिल किसिमका विरामीलाई पोखरा सिफारिस गरी […]










