क्याथोलिक बाल भजनमण्डलीमा शारीरिक दुव्र्यवहारको भएको पुष्टि

बर्लिन, ४ साउन । जर्मनीमा रहेको विश्व प्रसिद्ध रोगन्सबर्गर डोम्सपाट्जेन बालक गायन समूहमा ५४७ बालकलाई यौन तथा शारीरिक दुव्र्यवहार गरेको पुष्टि भएको मङ्गलबार सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ ।

यसलाई जर्मनीको इतिहासमा क्याथोलिकको दुव्र्यवहारसम्बन्धी सबैभन्दा ठूलो प्रकरण भएको बताइएको छ ।

त्यहाँ केही दशकदेखि ‘डरको भरमा काम लिने प्रणाली’ अर्थात् शारीरिक तथा यौनहिंसाले प्रोत्साहन पाउने गरेको प्रतिवेदनमा जनाइएको छ । उक्त विषयमा मुद्दा परेपछि गत दुई वर्षयता सन् १९४५ देखि नब्बेको दशकसम्मको विवादमाथि अध्ययन गरिएको थियो ।

पहिलो मुद्दा सार्वजनिक भएको सात वर्षपछि शारीरिक यातनाका ५०० र यौन दुव्र्यवहारका ६७ घटनाको अध्ययन गरेको थियो । रोमन क्याथोलिकको धार्मिक क्षेत्र रेगन्सबर्ग र बालगायन समूहमाथिकोे आरोपपछि उक्त प्रकरणमा छानबिन गर्न जर्मन वकिल अलरिच वेवरलाई जिम्मेवारी तोकिएको थियो ।

पीडितमध्ये केहीले बालभजनमण्डलीमा सदस्यता लिनु आफ्नो जीवनको अति खराब समय भएको बताउदै आफ्नो अनुभवलाई जेल, नरक र सुधारगृहको जस्तो कष्टकर जीवनसँग तुलना गरे ।

Loading...