सनसनीपूर्ण खुलासा : नेपाल आइडलमा फिक्सिङ ! पैसाको ठूलो चलखेल

काठमाडौं । चर्तित रियालिटी शो नेपाल आइडलमा ठूलो पैसाको चलखेल हुन थालेको रहस्य खुलेको छ । नयाँ पुस्तामाझ निकै लोकप्रिय बनेको यो रियालिटी शो भित्र पैसाको चलखेल हुनथालेपछि अहिले सर्वत्र आक्रोश पोखिन थालेका छन् ।

नेपाल आइडलका दर्शक र यस शोका प्रतियोगीहरुका फ्यानहरुले नेपाल आइडलका सञ्चालकले गरेको यस्तो चलखेलप्रति सामाजिक सञ्जालमा कडा टिप्पणी गर्न सुरु गरेका छन् । उनीहरुले यस शोका सञ्चालकलाई पक्राउ गर्नुपर्नेदेखि कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग पनि गरेका छन् । यसका सञ्चालकले जोसँग पैसा छ उसले मात्र प्रतियोगिता जित्नेगरी चलखेल गरेको भन्दै प्रतियोगीका फ्यानहरुले यस्तो गाली दिन थालेका हुन् ।

नेपाल अाइडलकाे व्यवस्थापनले अाफ्नाे फेसबुक पेजमा जारी गरेकाे सूचना

नेपाल आइडलमा अन्तिममा १० जना प्रतियोगी बाँकी छन् । अब उनीहरु मध्येबाट जसले धेरै भोटिङ पाउँछ उसैले प्रतियोगिता जित्नेछ । यसअघिका प्राय सबै यस्ता प्रतियोगितामा एउटा सिमकार्डबाट एउटा मात्र भोट हाल्न मिल्ने अभ्यास भए पनि त्यसलाई तोड्दै नेपाल आइडलका सञ्चालकले यसपटक एउटा सिमकार्डबाट ५०० भोट हाल्न मिल्ने व्यवस्था मिलाएको छ ।

यसरी एउटा सिमबाट पाँच सयवटा भोट हाल्न मिल्ने भएपछि जजसले ठूलो पैसा परिचालन गरेर बढीभन्दा बढी पैसा लगानी गर्छ उसैले प्रतियोगिता जित्ने निश्चित छ । जुन प्रतियोगीका परिवारले धेरै पैसा लगाएर पाँच पाँच सयका दरले धेरै मान्छेलाई भोट गर्न लगाउछन त्यही प्रतियोगीले जित्ने निश्चित बनेको छ । तर, पैसा लगाउन नसक्ने र धेरै सिमकार्ड नपाउने प्रतियोगीले भने क्षमता भए पनि हार्ने निश्चित भएको छ । व्यवस्थापनले यस्तो नीति लिएपछि धेरैले नेपाल आइडल क्षमताको पहिचान गर्नेभन्दा व्यापारमा लागेको आरोप लगाएका छन् ।

व्यवस्थापनले भोटिङ नीतिमा परिवर्तन ल्याएपछि यसअघि सम्भावित विजेताका रुपमा हेरिएकी मेनुका पौडेल प्रतियोगिताबाट बाहिरिएकी छन् । नेपाल आइडलमा सबैभन्दा कम भोट पाएका मेनुका भोटिङ राउन्डबाट बाहिरिएको जानकारी व्यवस्थापनले गराएको थियो । यो नयाँ नीतिपछि दर्शकले नेपाल आइडलमा क्षमताको कुनै मुल्य नहुने घोषणा गर्न थालेका छन् ।

नयाँ व्यवस्थाबाट नेपाल आइडल जित्ने विजेताको पनि त्यति महत्व नहुने भएको छ । यसबाट यस शो को व्यवस्थापनले विजेताकै अपमान गरेको आरोप पनि सुरु भएको छ । अब जसले नेपाल आइडल जित्छ उसले आफ्नो क्षमताले भन्दा पैसाले गर्दा जितेको हो भन्ने यसबाट देखिने पक्का छ । त्यसैले अबको विजेताको महत्व त्यति नहुने दर्शकको टिप्पणी छ ।

केही दर्शकले नेपाल आइडलमा फिक्सिङको आरोप पनि लगाएका छन् । व्यवस्थापनले यसरी खुल्लमखुल्ला पैसाको चलखेल गर्न थालेपछि प्रतियोगितामा फिक्सिङ पनि भएको हुन सक्ने भन्दै दर्शकले सामाजिक सञ्जालमा टिप्पणी गर्न थालेका हुन् ।

सामाजिक सञ्जालमा अाएका केही प्रतिक्रिया यस्ता छन् : 

 

Loading...