कपिल एक्कासी ढलेपछि साहरुखसहितका सबै कलाकार सुटिङ नगरी फर्किए

एजेन्सी । कपिल शर्मा भारतका चर्चित कमेडी कलाकार हुन् । उनकाे शाे भारतका धेरै कलाकार पुग्ने गरेका छन् । अाफ्ना फिल्महरुकाे प्रवर्द्धन गर्न पनि कपिलकाे शाे वलिउड कलाकारका लागि गन्तव्य बन्दै अाएकाे छ ।

यसैक्रममा अाफ्नाे चलचित्र प्रचार गर्नकै लागि कपिलकाे शाेमा पुगेका वलिउडका चर्चित नायक सलमान खानसहितका कलाकारहरु सुटिङ नगरेरै फर्किनु परेकाे छ । साहरुख कलर्स टेलिभिजनबाट प्रशारण हुने ‘कपिल शर्मा शो’मा फिल्म ‘जब ह्यारी मेट सेजल’को प्रमोसनका पुगेका थिए । नायिका अनुष्का शर्मासँगै कपिलकाे कार्यक्रममा पुगेका साहरुख अरु कारणले फर्किनु परेकाे भने हाेइन । कपिल स्वयम् कार्यक्रमकाे सुटिङ हुनै लाग्दा एकाएक भुर्इमा ढलेपछि उनीहरु फिर्ता हुनु परेकाे हाे ।

सुगर लाे भएका कारण कपिल एकाएक भुइमा ढलेका थिए । कपिललार्इ तत्कालै उनका सहयाेगीले अस्पताल पुर्याएका थिए ।

यसअघि पनि परेश रावल, कार्तिक आर्यान र कृतिका खरबन्दा उनको शोमा पुग्दा यसैगरी फर्किएका थिए। कपिल शर्मा सुगरको मात्रा कम भएर अस्पताल भर्ना भएपछि उनीहरु फर्किएका थिए। शाहरुख र अनुष्का फिल्म प्रमोसनमा आउने समयअघि देखि नै कपिल तनावमा देखिएका थिए।

Loading...