करेन्ट लागेर सैनिक जवानको मृत्यु

मेलम्ची, १२ भदौ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं १ भोटेचौरमा करेन्ट लागेर नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । अछाम जिल्लाको दुर्गा बक्स गणमा कार्यरत ३० वर्षीय शिवराम चौलागार्इंको आइतबार आफ्नै घरमा विद्युत् चुहिएर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए । प्रहरी निरीक्षक ढुंगानाले भने, “चौलागाईंको […]

गैँडाकोट इङ्ग्लिस स्कुललाई अन्तर्राष्ट्रिय स्कूल अवार्ड

नवलपरासी, १२ भदौ । नवलपरासीको गैँडाकोट इङ्ग्लिस स्कुल (विद्यालय)ले अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त गरेको छ । ब्रिटिस काउन्सिलले शुरु गरेको अन्तर्राष्ट्रिय स्कुल अवार्ड परियोजनामा गैँडाकोट इङ्ग्लिस स्कुल देशैभरका २६ विद्यालयमध्ये उत्कृष्ट बन्न सफल भएको हो । परियोजनाअन्तर्गत देशैभरका २६ विद्यालयले गत वर्षदेखि अन्तर्राष्ट्रियस्तरको शैक्षिक पद्धति र शिक्षण क्रियाकलाप सञ्चालन गरेका थिए । आइतबार ब्रिटिस काउन्सिल, […]

हेपाटाइटिस ‘सी’विरुद्धको औषधि नेपालमै बन्याे

काठमाडौं । नेपालमा पहिलोपटक हेपाटाइटिस ‘सी’विरुद्धको औषधि उत्पादन सुरु भएको छ । म्याग्नस फर्माले पहिलोपटक हेपाटाइटिस ‘सी’ भएका बिरामीको उपचारमा प्रयोग हुने ‘सोफोसबिभिर’ औषधि ‘सोफुभिर’ नामबाट बजारमा ल्याएको जनाएको हो । म्याग्नसका बजार निर्देशक सुधीरप्रकाश मास्केले हेपाटाइटिस ‘सी’विरुद्धको औषधि नेपालमा बनाउनु ठूलो उपलब्धि र चुनौती भएको बताए । उनले भने, ‘हामीले हेपाटाइटिस ‘सी’विरुद्धको औषधि उत्पादन […]

रोल्पाका जिशिअ चिरञ्जीवी पाैडेललाई नेकपाले दल्यो कालोमोसो

रोल्पा, १२ भदौ । रोल्पाको शैक्षिक क्षेत्रमा ठूलो भष्टाचार गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी रोल्पाले जिल्ला शिक्षा अधिकारीलाई कालोमोसो दलेको छ । जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेललाई नेकपाका कार्यकर्ताले आज कालोमोसो दलेका हुन् । नेकपाका रोल्पा जिल्ला सेक्रेटरी जागृतिले जिशिअ पौडेलले विभिन्न विद्यालयको ब्लक निर्माण, शिक्षक नियुक्ति लगायतका काममा ठूलो भ्रष्टाचार गरेका कारण जनताले कारवाही […]

डोकलामबाट सेना फिर्ता गर्ने चीनसँग समझदारी भएको भारतको दावी

नयाँ दिल्ली, ११ भदौ । भारत चीनबीच रहेकोे हिमालय क्षेत्रको डोकलामबाट आफ्ना फौजहरू फिर्ता गर्न चीनसँग समझदारी गरेको भारत सरकारले जनाएको छ । महिनौँ लामो विवादपछि दुई देशबीचको कूटनीतिक पहलमा विवाद समाधान गरिएको भारतीय पक्षले जनाएको छ । भारतीय विदेशमन्त्रालयले हप्तौँदेखि जारी वार्ताका आधारमा यस्तो समझदारी बनेको सोमबार भारतीय विदेश मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा जनाइएको […]

सङ्घीय संरचनामा बदलियो नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरी केन्द्रिय संरचनाबाट सङ्घीय संरचनामा रूपान्तरण भएको छ । सङ्घीय संरचना अनुसार क्षेत्रीय प्रहरी कार्यालयलाई सङ्घीय प्रहरी कार्यालय र अञ्चल प्रहरी कार्यालयलाई सङ्घीय प्रहरी एकाइमा रूपान्तरण गरिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुष्कर कार्कीले पाँचवटा प्रदेशका क्षेत्रीय प्रहरी कार्यालयलाई सङ्घीय प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी कार्यालय नभएको प्रदेश […]

भ्रष्ट भएर जेल बसेकालार्इ चुनाव लड्न दिनुपर्ने भन्दै कांग्रेसले लियो कडा अडान

काठमाडाैं, १२ भदाै । संविधानसभाका लागि भएका दुवै निर्वाचनमा भ्रष्टाचारीलाई उम्मेद्वार बन्न बर्जित गरिएको थियो । तर, त्यही कानुन अनुसार निर्वाचित (संविधानसभाबाट रुपान्तरित) संसदको एक समिति भने भ्रष्टाचारीलाई सांसद बन्न बाटो खोल्ने प्रस्तावले तरंगित छ । सबै उम्मेद्वार अस्वीकार गर्न सक्ने (नो भोट) व्यवस्था नगर्न प्रमुख राजनीतिक शक्तिहरु सहमति भए पनि अदालतबाटै प्रमाणित भ्रष्टाचारीबारे भने […]

मन्त्रीकोभन्दा सचिवको तलब दोब्बर बढी बनाउने तयारी

  काठमाडाैं, १२ भदाै । बरियताका हिसाबले सचिवभन्दा मन्त्री माथि हुन्छन् । छाेटाे छाेटाे अवधिका लागि मात्र रहने गरेकाे भए पनि अहिलेसम्म नेपालका मन्त्रीहरुले सचिवहरु खेलाउँदै अाएका छन् । तर, अब मन्त्रीभन्दा सचिवहरु प्रभावशाली हुने भएका छन् । सेवा सुविधाका हिसाबले पनि मन्त्रीभन्दा सचिवहरु बलिया हुने भएका छन् । संसद सचिवालयको एक समूहले संसदको महासचिव […]

रियल मड्रिडले मेस्सीलाई स्वागत गर्दै भिडियाे पाेस्ट गर्याे

काठमाडौं । स्थानीय समानुसार बिहान साढे ५ बजे रियल मड्रिडको आधिकारिक ट्विटर एकाउन्टमा बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीले रियल मड्रिड विरुद्ध गोल गरेको भिडियो पोष्ट गर्दै लेखियो– ‘मेस्सीलाई स्वागत छ।’ आधिकारिक ट्विटर एकाउन्टबाट मेस्सीलाई स्वागत गरिएको पोष्ट देखेपछि मड्रिडका समर्थकहरु अकमक्क परे। कतिपय समर्थकहरुले त मेस्सी रियलमा आएको भन्दै खुसी पनि भए। लेखिएको ४५ मिनेटमै उक्त […]

अन्डर १५ फुटबलमा भारतसँग नेपाल पराजित

काठमाडौँ, ११ भदौ । भारतले नेपाललाई पराजित गर्दै साफ पन्ध्र वर्षमुनिको च्याम्पियनसिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको फाइनल खेलमा भारतले नेपाललाई दुई–एक गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । यसअघि समूह चरणमा पनि नेपाललाई भारतले समान दुई–एक गोल अन्तरले नै पराजित गरेको थियो । खेलमा पहिलो अग्रता नेपालले लिएको थियो […]