६ देशमा श्रम सहचारी नियुक्त

काठमाडौँ, ११ भदौ । श्रम तथा रोजगार मन्त्रालयले छ देशमा श्रम सहचारी नियुक्त गरेको छ । दक्षिण कोरियाको काउन्सेलरमा डिल्लीराम बास्तोला, मलेसियाको काउन्सेलरमा बद्रीकुमार कार्की, संयुक्त अरब इमिरेट्स (युयई)को श्रम सहचारीमा मोतिराम भुसाल, ओमनको सहचारीमा कृष्णाकुमारी गौली, कुवेतको सहचारीमा ज्ञानेन्द्र शर्मा र साउदी अरबको जेद्दामा राजु कुँवर सहचारीका रुपमा नियुक्त भएका छन् । काउन्सेलरमा नेपाल […]

३ हजार मेगावाट क्षमताको आयोजना अध्ययनमा

काठमाडौँ, ११ भदौ । मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि सरकारले स्थापना गरेको विद्युत् उत्पादन कम्पनीले करिब तीन हजार मेगावाट क्षमताका आयोजनाको अध्ययन शुरु गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनराज पन्तले कम्पनीले फुकोट कर्णाली ४२६ मेगावाट, जगदुल्ला ३०७ मेगावाट, किमाथांका अरुण ४५० मेगावाट, भेरी एक जलाशय ६१७ मेगावाट, बेतन कर्णाली ६८८ मेगावाट र नलगाड […]

हिमाल आरोहणका क्रममा दुर्घटना हुँदा पाँचको मृत्यु

भियना, ११ भदौ । अष्ट्रियामा हिमाल आरोहणमा गएको एक समूह हिमाल चढ्ने क्रममा आइतबार दुर्घटनामा परेका अष्ट्रियाली समाचार संस्था एपीएले जनाएको छ । घटनामा एक जना घाएते भएका छन् । साल्सवर्गको जेल एम सीमा हिमाल चढ्ने क्रममा लडेर उनीहरूको मृत्यु भएको थियो ।

पाकिस्तानको पञ्जाबले गर्यो ६९ जना आतंकवादीको सूची सार्वजनिक

पाकिस्तान, ११ भदौ । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबले आइतबार विभिन्न ६९ जनालाई आतंककारीको अति वाञ्छित (मोस्ट वान्टेड) सूचीमा राख्दै पाकिस्तानको उत्तरपश्चिमी खाइवर पाखथुख्वा (केपीके) प्रान्त सरकारलाई पक्राउ गर्न सहयोगका लागि जानकारी गराएको छ । प्रति व्यक्ति ५०० देखि एक लाख अमेरिकी डलरसम्मको टाउकाको मूल्य तोकी आतंककारीलाई पक्राउ गर्न आग्रह गरेको स्थानीय उर्दू सञ्चारमाध्यमहरूले जनाएका छन् […]

जुवाकाे खालबाट २० लाखसहित ८२ जना गिरफ्तार

पोखरा, ११ भदौ । जिल्ला प्रहरी कार्यालय कास्कीले दुई हप्ताको अवधिमा अवैध जुवा खेलिरहेको अवस्थामा विभिन्न एघार स्थानबाट १३ जना महिलासहित ८२ जनालाई पक्राउ गरेको छ । जिप्रकामा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पोखराको रत्नचोक, महेन्द्रपुल, फूलबारी, शिवचोक, चाउथेचोक, विरौटा, शीतलादेवी, घलेचोक, कालीगण्डकीचोक, भद्रकाली र बेगनासबाट जुवाडे पक्राउ गरिएको हो । जिप्रका कास्कीका प्रमुख […]

देशको आन्तरिक मामलामा देउवाले बाह्यपक्षलार्इ निम्त्याएको भन्दै एमालेले जनायो कडा आपत्ती

काठमाठौं, ११ भदाै । भारत भ्रमणका क्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले दिएकाे अभिव्यक्तिले देशले शिर झुकाउनु परेकाे भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अापत्ती जनाएकाे छ । प्रम देउवाले संविधान संशोधनको विषयमा दिएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेकाे एमालेले जनाएकाे छ । एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको आन्तरिक मामलामा वाह्य पक्षलाई सङ्लग्न गराउने हानीकारक काम गरेकाे […]

एनअारएनद्वारा ४ हजार ५ सय बाढीपीडितलाई राहत वितरण

सप्तरी, ११ भदाै । गैरआवासीय नेपाली संघले २ साता अघि आएको बाढीबाट प्रभावित करिव ४ हजार ५ सय परिवारलाई राहत वितरण गरेकाे छ । गृहमन्त्रालयकाे समन्वयमा एनअारएनएले आपतकालीन राहत सामग्री वितरण गरेको हाे । बाढीबाट सबैभन्दा बढी प्रभावित भएकाे जिल्ला सप्तरीमा पुगेर एनअारएनएकाे टिमले राहत वितरण गरेकाे हाे । सप्तरीको बोदेबसाईन, तिरहुत, तिलाठी, कोहिलारी बसाईन […]

भ्रष्टाचार मुद्दा लागेपछि ९ वर्ष फरार भएका अभियुक्त बल्ल पक्राउ

मेलम्ची, ११ भदौ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–२ भोटेचौरबाट भ्रष्टाचार र अन्य मुद्दाका अभियुक्तलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । मेलम्ची नपा–२ भोटेचौर बस्ने ५८ वर्षीय श्रीराम खतिवडालाई इलाका प्रहरी कार्यालय मेलम्चीको टोलीले पक्राउ गरी आज सिन्धुपाल्चोक जिल्ला अदालतमा बुझाउन लगिएको इलाका कार्यालयका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिए । विसं २०६५ साउन २२ गते […]

सुदूरपश्चिमकाे गौरा गीतको मौलिकता हराउँदै

कञ्चनपुर, ११ भदौ । सुदूरपश्चिमको महान् पर्व गौराका परम्परागत गीतको मौलिकता हराउँदै जान थालेको छ । गौरा पर्वमा गाइने गीतमा आधुनिकता थपिँदै जान थालेपछि मौलिकता हराउँदै जान थालेको हो । नयाँ पुस्ताका युवाले पुरानो संस्कार र परम्परालाई जोगाउनुपर्छ भन्ने चेतनाको अभावमा पुराना गीतलाई छाड्दै पश्चिमा संस्कृतिका गीतको मिश्रण गरेर आधुनिकतालाई प्रश्रय दिन थालेपछि गीतको मौलिकतामा […]

विभिन्न भावना र परिवेश रङमा ‘समाहित’ हुँदा

काठमाडौँ, ११ भदौ । रङ र रेखाका माध्यमबाट आफ्ना भावना अमूर्त रुपमा पोखेर कलाकार नवेन्द्र लिम्बूले कला पारखीहरुलाई आफूतिर आकर्षण गर्न खोज्नुभएको छ । मुहारचित्र र दृश्यचित्र बनाउने आफ्नो सीपलाई उहाँले चटक्कै छाडिसक्नुभएको भने छैन । आफ्ना हजुरबाले ताप्लेजुङ, ढुङ्गेसाँघुमा रहेको मदन भण्डारीको घरका झ्याल–ढोकामा बुट्टा भरेको सम्झने लिम्बूमा कलाको सीपको हस्तान्तरण त्यति नै बेलादेखि […]