गोकर्ण भए सौराहा रेस्टुरेन्ट एण्ड बार एशोसिएसनको अध्यक्ष

चितवन, १५ साउन । चितवनको रत्ननगरस्थित रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान), चितवनको ११औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनले गोकर्ण गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार साँझ रत्ननगरको सौराहामा भएको अधिवेशनबाट दुई वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको नवनिर्वाचित द्वितीय उपाध्यक्ष अर्जुन चौधरीले जानकारी दिए । अधिवेशनले प्रथम उपाध्यक्षमा […]

कडा रुघाखोकी फैलिएपछि रगत तथा घाँटीको नमूना संकलन

वालिङ, १५ साउन । स्यांजाको वालिङबाट कडा खालको सिजनल रुघाखोकी फैलिएको आशंकामा यहाँका केही व्यक्तिको रगत तथा घाँटीको नमूना संकलन गरिएको छ । गत सोमबार वालिङ–१४ पेखुका खुमप्रकाश अर्यालको मृत्यु भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेको नेतृत्वमा आएको टोलीले वालिङ आसपासका विभिन्न क्षेत्रका १९ जनाको रगतको नमूना र २० जनाको […]

चर्चित पर्यटकीयस्थल पाँचपोखरी जाने सडक अवरुद्ध

मेलम्ची, १५ साउन । सिन्धुपाल्चोक जिल्लाको मुख्य पर्यटकीयस्थल पाँचपोखरी जाने सडक अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण जिल्लाको पश्चिम मेलम्ची बजारबाट तिपेनी हुँदै भोताङ जाने सडक पहिरो गएपछि अवरुद्ध भएको हो । जिल्लाको लाङ्टाङ हिमाली क्षेत्रमा पर्ने प्रसिद्ध तीर्थस्थल पाँचपोखरी मेला शुरु हुनै लाग्दा पाँचपोखरी जानका लागि प्रयोग हुने मेलम्ची–भोेताङ सडकखण्डको विभिन्न ठाउँमा गएको […]

मधेशको कला संस्कृतिलार्इ जोगाउनुपर्रने खाँचो

काठमाडौं, १५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले तराई–मधेशको कला–संस्कृतिको उत्थानका लागि आफ्नो मन्त्रालयले विशेष योजना तथा कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । मैथिली सिने संसार पत्रिकाले मधेश मिडिया हाउसमा आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री देवले तराई–मधेशका कला–संस्कृतिलाई राज्यले सम्मान गर्नुपर्ने बताए । उनले तराई–मधेशको कला–संस्कृतिलाई उजागर गर्ने खालको योजना […]

उपन्यास ‘धर्मकन्या’बजारमा

काठमाडौँ, १४ साउन । लेखिका रवीना रोकायले लेखेको ‘धर्मकन्या’ नामक उपन्यास बजारमा आएको छ । सामान्य परिवारभित्र दिदीभाइको मित्रताले परिवारमा ल्याएको खुशी र त्यसपछि उनीहरूमा देखिएको बेमेल तथा असमझदारी विषयवस्तु कृतिमा समेटिएको छ । शिवपुरी साहित्य समाजद्वारा यहाँ आज आयोजित कार्यक्रममा सिँचाइमन्त्री सञ्जय गौतमले कृतिको विमोचन गर्दै मुलुकमा सामाजिक सद्भाव तथा एकता कायम गर्न सो […]

पत्रकार नेपालको ‘नागबेली’ सार्वजनिक

काठमाडौँ, १४ साउन । पत्रकार चक्रपाणि नेपालले लेख्नुभएको ‘नागबेली’ नामक पुस्तक बजारमा आएको छ । राजधानीमा एक कार्यक्रामको आयोजना गरी उक्त पुस्तक सार्वजनिक गरिएको हो । वरिष्ठ पत्रकार भैरव रिसालले उक्त पुस्तकको लोकार्पण गरेका हुन् । सो अवसरमा उनले उक्त पुस्तकबाट युवाहरू लाभान्वित हुने बताउँदै विदेशी सञ्चार तथा टेलिभिजनको आगमनबाट युवाहरूमा पुस्तक पढ्ने बानी हट्दै […]

साथीलाई अपहरण गरी भारत पुर्याएर पैसा बार्गेनिङ गर्ने शिक्षक पक्राउ

महोत्तरी, १५ साउन । जिल्ला मालपोत कार्यालय, महोत्तरीमा कार्यरत नायब सुब्बा रामजी राय सकुशल अपहरणमुक्त भएका छन् । बिहीबार कार्यालयबाट घर सर्लाहीको वेल्हीतर्फ जानेक्रममा बाटोबाट अपहरणमा परेका नायबसुब्बा राय भारतको विहार सितामढी जिल्लाअन्तर्गत सोनवर्षा ग्राम पञ्चायतबाट अपहरणमुक्त भएका हुन । अपहरणकारीले रायलाई सोनवर्षास्थित मन्जुर शेखको घरमा राखी घरपरिवारसँग २८ लाख माग गरेको र सो दिन […]

बच्चा जन्माउन नसकेर महिलाको मृत्यु

कालीकोट, १४ साउन । जिल्लाको रास्कोट नगरपालिका–६ निवासी एक महिलाले बच्चा जन्माउन नसक्दा मृत्यु भएको छ । सुत्केरी गराउन जिल्ला अस्पताल कालीकोटमा ल्याइएकी गोरीकला फर्सालको उपचारका क्रममा जुम्ला लैजाने क्रममा मृत्यु भएको छ । जिल्ला अस्पताल कालीकोटमा उपचार गर्न नसकिने बताएपछि कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको श्रीमान् रामबहादुर फर्साललाई […]

बाघ र मानिसको द्वन्द्व घटाउने चुनौती

काठमाडौँ, १४ साउन । स्वस्थ्य पर्यावरणका लागि बाघको संरक्षण हुनुपर्नेमा द्विविधा छैन, तर सुरक्षित व्यवस्थापन नभएमा मानिसको ज्यानकै खतरा सँगसँगै उत्पन्न हुँदै आएको छ । सरकारी आँकडाअनुसार नेपालमा बाघको संख्या उल्लेख्य वृद्धि भई १९८ पुगेको छ भने वर्षमा बाघकै आक्रमणका कारण ३० देखि ३५ जनासम्मको मृत्यु हुने गरेको छ । वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले […]

न्यायाधिश माथि महाअभियोग लगाउन अस्थायी शिक्षकको माग

काठमाडौं । अस्थायी शिक्षकहरुले तथ्य लुकाइ, विपक्षीबाट पेश भएको प्रमाणलाई टेकेर अन्तरिम आदेश नदिइ हजारौं अस्थायी शिक्षकहरुको रोजगारी खोसेको आरोप लगाउँदै न्यायधिश माथि महाअभियोग लगाउन सभामुख समक्ष निवेदन दर्ता गराएका छन् । शनिवार शान्तिवाटीकामा सार्वजनिक जानकारी कार्यक्रम गर्दै अस्थायी शिक्षकहरुले देशभरका पाँचजना अस्थायी शिक्षकहरुले व्यवस्थापिक संसदमा पुगी सभामुख समक्ष निवेदन दर्ता गराएको जानकारी गराए । […]