काठमाडौं । बार्सिलोनाका फरवार्ड नेयमार विश्वको सबैभन्दा मूल्यवान खेलाडी घोषित भएका छन् । सिईआईएस फुटबल अबर्जभेटरीले गरेको अध्ययनले २५ वर्षीय ब्राजिलियन खेलाडी विश्वकै मूल्यवान खेलाडी रहेको देखाएको हो । अध्ययनले नेयमारको वास्तविक मूल्य १८.५ करोड पाउण्ड रहेको बताएको छ । खेलाडीको मूल्य तय गर्दा अबर्जभेटरीले प्रदर्शन, खेल्ने क्लब, अन्तर्राष्ट्रिय स्थिति, करार, उमेर, खेल्ने स्थान र […]
Author: Nonstop Khabar
नेविसंघको विवाद चरमचुलीमा । त्रिविमा ४ छुट्टाछुट्टै समानान्तर समिति
काठमाडाैं, १५ साउन । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको विवाद फेरि चरम चुलीमा पुगेको छ । नेविसंघमा यसअघि दुईवटा मात्र गुट बाहिर देखिने गरेको भए पनि पछिल्लो समय भने धेरै गुट देखा परेका छन् । यतिसम्म कि त्रिभुवन विश्व विद्यालय केन्द्रीय क्याम्पसमा नेविसंघका ४ वटा समानान्तर कमिटि गठन भएका छन् । कांग्रेस सभापति […]
फेवातालको दबदबे लेदोमा जीप खस्यो । १ को मृत्यु ५ घाइते
पोखरा , १५ साउन । पोखरा लेखनाथ महानगरपालिका–१८, सेदीरातमाटे डाँडामा शनिबार राति जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । पोखराको पामेबाट लेकसाइडतर्फ आउँदै गरेको ग१ञ ८७९ को जिप सडकबाट लगभग ४० मिटर फेवातालको किनारास्थित दलदले हिलोमा खस्दा भोजपुर दमना गाउँपालिका–९ बस्ने ३० वर्षीय रामप्रसाद राईको मृत्यु भएको जिल्ला प्रहरी […]
चीन र भारतका कुटनीतिज्ञ किन एकाएक लुम्बिनीमा ओइरिए ?
रुपन्देही, १५ साउन । चीन र भारतबीच सीमा विवाद चर्किरहँदा यता नेपालमा भने दुबै देशका कुटनीतिज्ञ एकाएक लुम्बिनीतिर ओइरिन थालेका छन् । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दुबै देशका कुटनीतिज्ञहरुदेखि दुबै देशका माथिल्लो ओहोदाका अधिकारीहरुले निरन्तर लुम्बिनी पुग्दै फर्कदै गर्ने गरेका छन् । यसैबीच फेरि चीन र भारतका उच्च तहका कुटनीतिज्ञहरु लुम्बिनीमा देखा परेका छन् । […]
गोकर्ण भए सौराहा रेस्टुरेन्ट एण्ड बार एशोसिएसनको अध्यक्ष
चितवन, १५ साउन । चितवनको रत्ननगरस्थित रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान), चितवनको ११औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनले गोकर्ण गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार साँझ रत्ननगरको सौराहामा भएको अधिवेशनबाट दुई वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको नवनिर्वाचित द्वितीय उपाध्यक्ष अर्जुन चौधरीले जानकारी दिए । अधिवेशनले प्रथम उपाध्यक्षमा […]
कडा रुघाखोकी फैलिएपछि रगत तथा घाँटीको नमूना संकलन
वालिङ, १५ साउन । स्यांजाको वालिङबाट कडा खालको सिजनल रुघाखोकी फैलिएको आशंकामा यहाँका केही व्यक्तिको रगत तथा घाँटीको नमूना संकलन गरिएको छ । गत सोमबार वालिङ–१४ पेखुका खुमप्रकाश अर्यालको मृत्यु भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेको नेतृत्वमा आएको टोलीले वालिङ आसपासका विभिन्न क्षेत्रका १९ जनाको रगतको नमूना र २० जनाको […]
चर्चित पर्यटकीयस्थल पाँचपोखरी जाने सडक अवरुद्ध
मेलम्ची, १५ साउन । सिन्धुपाल्चोक जिल्लाको मुख्य पर्यटकीयस्थल पाँचपोखरी जाने सडक अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण जिल्लाको पश्चिम मेलम्ची बजारबाट तिपेनी हुँदै भोताङ जाने सडक पहिरो गएपछि अवरुद्ध भएको हो । जिल्लाको लाङ्टाङ हिमाली क्षेत्रमा पर्ने प्रसिद्ध तीर्थस्थल पाँचपोखरी मेला शुरु हुनै लाग्दा पाँचपोखरी जानका लागि प्रयोग हुने मेलम्ची–भोेताङ सडकखण्डको विभिन्न ठाउँमा गएको […]
मधेशको कला संस्कृतिलार्इ जोगाउनुपर्रने खाँचो
काठमाडौं, १५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले तराई–मधेशको कला–संस्कृतिको उत्थानका लागि आफ्नो मन्त्रालयले विशेष योजना तथा कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । मैथिली सिने संसार पत्रिकाले मधेश मिडिया हाउसमा आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री देवले तराई–मधेशका कला–संस्कृतिलाई राज्यले सम्मान गर्नुपर्ने बताए । उनले तराई–मधेशको कला–संस्कृतिलाई उजागर गर्ने खालको योजना […]
उपन्यास ‘धर्मकन्या’बजारमा
काठमाडौँ, १४ साउन । लेखिका रवीना रोकायले लेखेको ‘धर्मकन्या’ नामक उपन्यास बजारमा आएको छ । सामान्य परिवारभित्र दिदीभाइको मित्रताले परिवारमा ल्याएको खुशी र त्यसपछि उनीहरूमा देखिएको बेमेल तथा असमझदारी विषयवस्तु कृतिमा समेटिएको छ । शिवपुरी साहित्य समाजद्वारा यहाँ आज आयोजित कार्यक्रममा सिँचाइमन्त्री सञ्जय गौतमले कृतिको विमोचन गर्दै मुलुकमा सामाजिक सद्भाव तथा एकता कायम गर्न सो […]
पत्रकार नेपालको ‘नागबेली’ सार्वजनिक
काठमाडौँ, १४ साउन । पत्रकार चक्रपाणि नेपालले लेख्नुभएको ‘नागबेली’ नामक पुस्तक बजारमा आएको छ । राजधानीमा एक कार्यक्रामको आयोजना गरी उक्त पुस्तक सार्वजनिक गरिएको हो । वरिष्ठ पत्रकार भैरव रिसालले उक्त पुस्तकको लोकार्पण गरेका हुन् । सो अवसरमा उनले उक्त पुस्तकबाट युवाहरू लाभान्वित हुने बताउँदै विदेशी सञ्चार तथा टेलिभिजनको आगमनबाट युवाहरूमा पुस्तक पढ्ने बानी हट्दै […]







