काठमाडौं, १२ भदौ । नेपालको सुदूरपश्चिमको संस्कृति निकै सम्मृद्ध छ । त्यसमध्ये सबैभन्दा चर्चित पर्व मानिन्छ गौरा पर्व । धार्मिक तथा सांस्कृतिक पर्वका रुपमा चिनिने ‘गौरा’ शनिबारदेखि सुरु भएको छ । सुदूरपश्चिमाञ्चलका ९ वटा जिल्लामा यसलाई विशेष प्राथमिकताका साथ मनाइन्छ ।
गौरा पर्वको पहिलो दिन महिलाहरुले व्रत बसी सगुना गाृँदै सफा तामाको भाँडोमा ‘बिरुडा’ अर्थात पाँच प्रकारका गेडागुडी भिजाएर राख्ने प्रचलन छ ।
धार्मिक आस्थाका आधारमा गौरा र शिवको पूजा गर्न अक्षता तथा प्रसादका रूपमा प्रयोग गरिने ‘बिरुडा’ भिजाएकै दिन गौरा पर्व सुरु भएको मानिन्छ ।
सुदूरपश्चिमका प्रत्येक गाउँ–टोलमा मनाइने गौरा पर्व, विभिन्न बोटबिरुवाबाट गौराको प्रतिमा तयार पारी धार्मिक अनुष्ठानका साथ गौराको प्रतिमालाई घरमा भि¥याइन्छ ।
गौरालाई घरमा भित्राएपछि व्रत बसेकी महिलाले गौरा र शिवको पूजाअर्चना गर्ने गर्दछन् । यो पर्वको पहिलो दिनदेखि अन्तिमसम्म महिला तथा पुरुषले छुट्टाछुट्टै गोलबन्द भई स्थानीय लोक भाषाका देउडा, चैत, घमारीलगायतका खेल खेलेर रमाइलो गर्ने गर्छन् ।
कञ्चनपुर लगायत सुदूरका विभिन्न स्थानमा देउडा खेल्ने उत्सवको आयोजना गरिएको छ । यसरी देउडा, चैत, धमारी खेल खेल्दा देवीदेवताका गाथासम्बन्धी गीतका साथै सामाजिक विकृति विसङ्गतिविरुद्ध पनि देउडाका माध्यमले तिखो व्यङ्ग्य गर्ने प्रचलन छ ।
यसैबीच ऋर्षि पञ्चमीको अवसरमा महाकाली नदीमा महिला श्रद्धालुले पुजा गरेका छन् । तिजको अन्तिम दिन हिन्दु महिलाले महाकाली नदी किनारमा सप्तऋषिको पूजा गरे ।
महेन्द्रनगरका व्रतालु महिला त्रिपुरेश्वरी विष्टले बिहानैदेखि नजिकैको नदी, तलाउ, धारा, पोखरी, आदि जलाशयमा गएर नुवाई धुवाई गरेको बताए । उनका अनुसार, महिला रजस्वला भएका ग्लत् िकमजोरी नदीमा गएर पखाल्ने धार्मिक विश्वासका साथ महिलाले नदी जलासयमा गरेर पुजा आराधानाका साथै नुहाउने चलन छ ।
उनका अनुसार, नदी किनारमै पुजा अर्चना गरेको एक वर्षको प्रतीकका रुपमा ३६५ वटा दतिवनले दाँत माँझी, माटो, तिल र अमलाको पिनाले स्नान गरी चोखो वस्त्र पहिरेर मध्याह्नपख अरुन्धती सहित सप्तऋषिको पूजा गर्दछन् ।
अरुणन्धतीसहित सप्तऋषि काष्यप, अत्री, भारद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वामित्रको पूजा आराधना गरी तीज व्रत समापन गर्ने प्रचलन छ । गौराको अवसरमा सुदूरका विभिन्न चोक चौतारामा देउडा खेलीरहेका छन् ।